Author: महेन्द्रनगर पोष्ट

जनकपुरधाम : भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी शुक्रबार भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रीत थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार हुने बोर्डर बन्द जस्ता विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए । उनका अनुसार सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण र नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी समेत भएको प्रजिअ पाण्डेको…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशमलाल चौधरीविरूद्ध उजुरी परेपछि निर्वाचन आयोगले जवाफ मागेको छ। गत पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टी महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो। चौधरी अध्यक्ष चयन भएको जानकारी अद्यावधिक गराउन पार्टीले माघ २९ गते निर्वाचन आयोगलाई निवेदन दिएको थियो। तर रेशम चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी भएर जन्मकैदको सजायको र राष्ट्रपतिले आममाफी दिएर छुटेको भन्दै आयोगमा दुई वटा उजुरी परेका थिए। आयोगमा पुस २९ गते र माघ ३ गते दुई छुट्टाछुट्टै उजुरी परेको थियो। त्यस उजुरीमा उल्लेख भएका विषयबारे आयोगले प्रक्रिया अघि बढाएको हो। आयोगले नाउपाको विवरणहरू अद्यावधिक गर्नुअघि बिहीबार रेशम…

Read More

कैलाली : नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको चुनावमा ५७८ जनाले मतदान गरेका छन् । आज बिहान ८ः३० बजे देखी सुरु भएको मतदान भर्खरै सकिएको हो । अहिले सम्म ५७८ जनाले गरे मतदान गरेका छन् । यहाँ ५९१ जना प्रतिनिधि रहेका छन् । आजै रातिबाट मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । उनले सुरुमा पदाधिकारीको मतगणना सक्ने र त्यसपछि सदस्यहरूको मत गणना गर्ने बताए । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षमा उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए । उपाध्यक्षमा गजेन्द्र स्वार,…

Read More

धनगढी : कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप लगाईन लागेको हो । स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला विरुद्धको खोप लगाउन आग्रह गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । कैलालीका १३ वटा पालिकामा २ लाख ५८ हजार १ सय ६५ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह गरेको छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा ९६४…

Read More

काठमाडौँ : अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छु, उनले भने, हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।

Read More

काठमाडौं : न्याय सेवा आयोगले सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको हो । जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा भएको छ । जसमा ७ सहसचिव र ४५ उपसचिव गरेर ५२ जना कर्मचारीको बढुवापछिको पदस्थापन भएको छ । सरुवा सूचीअनुसार कानून समूहका सहसचिव निर्मला अधिकारीको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव धर्मराज कुइँकेलको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा…

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन्। त्रिविले ०७१/७२ देखि व्यवस्थापन संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो। विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए। ‘बाहिरको शिक्षा प्रणालीअनुकूल बनाउने जनाउँदै चारवर्षे गरियो, तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ,’ उनले भने। अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले…

Read More

धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा स्वास्थ्य विभाग प्रमुख कमल जोशीमाथि कुटपिट भएको छ। अनेरास्ववियु क्याम्पस कमिटीद्वारा शुक्रबार अस्कल क्याम्पसमा आयोजित कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको टोलीले कुटपिट गरेर घाइते बनाएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए। ‘आक्रमणको अनेरास्ववियु निन्दा र भर्त्सना गर्दछ’ पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘तत्काल सीसीटीभी फुटेजको सहयोगमा दोषीलाई पक्राउ गरेर कारबाही अघि नबढाए प्रतिरोधमा उत्रिने चेतावनी दिन चाहान्छौँ।’ अस्कल क्याम्पसमा पटक पटक भइरहेको आपरधिक गतिविधिलाई अन्त्य नगरे निर्णायक लडाइँका लागि संगठन तयार रहेको उनले उल्लेख गरेका छन्। कुटपिटमा संलग्नलाई राज्यको संरक्षण मिलेको आरोप अनेरास्ववियुले जनाएको छ। क्रान्तिकारीलाई र…

Read More

धनगढी : गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनसम्बन्धी विधेयक छिट्टै संशोधन गरेर पास गर्ने बताएका छन् । शुक्रबार नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले प्रदेशमा प्रहरी समायोजनका लागि समिति बनाइसकिएको र अझैपनि केही कानुनी जटिलता रहेको भन्दै संशोधन पास गर्ने तयारी भइरहेको बताए । उनले त्यसकालागि केही दिनमै संशोधन प्रस्ताव विधेयक सदनमा पेश गरिने बताए । प्रहरी संगठनका हरेक योग्य कर्मचारी त्यसको उच्च नेतृत्वमा पुग्ने गरी समायोजन प्रक्रिया अगाडि बढाइएको गृहमन्त्री श्रेष्ठको भनाइ छ । उनले प्रदेशलाई अधिकारसम्पन्न बनाउन अब क्रमशः निजामती ऐन, शिक्षा ऐन र स्थानीय प्रशासन ऐन समेत संसद्मा अघि…

Read More

दार्चुलाः दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ परेका छन्। विहिबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जना पक्राउ परेका हुन्। नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए। कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहान मात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। एटीएम कक्षको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रवार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ…

Read More