Author: महेन्द्रनगर पोष्ट

काठमाण्डाैं : आज सुनचाँदीकै भाउ घटेको छ। सुनको भाउ चार सय रुपैयाँले घटेको हो। सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ १५ रुपैयाँले घटेको छ। चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम बुझाउने म्याद थप गरेको छ। यसअघि माघ १५ गतेभित्र आवेदन फाराम बुझाई सक्नुपर्नेमा बोर्डले यही फागुन २१ गतेसम्म म्याद थप गरेको हो। बोर्डले विविध कारणले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई सम्बन्धित कार्यालयमा सम्पर्क राखी बुझाउन अनुरोध गरेको छ। सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८०-०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फारामहरु मिति २०८० माघ १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरिएकोमा उक्त समयभित्र विविध कारणले फाराम बुझाउन छुट भएका विद्यार्थीका लागि २०८० फागुन २१ गतेभित्र फाराम बुझ्रने-बुझाउने गरी म्याद थप गरिएकोले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई…

Read More

काठमाडौं : तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ। काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए। आशुतोषले २८ रन बनाए। उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए। अर्जुनले पनि टोलीको खातामा २७ रन थपे। उनले ५३ बलमा दुई चौका प्रहार गरे। कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए।चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८…

Read More

काठमाडौं : नेपाली कांग्रेसका ३९ जना केन्द्रीय सदस्यहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन्। कांग्रेसको जारी महासमिति बैठक सञ्चालन भइरहेको मूल गेटअगाडि सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको हस्ताक्षर बुथ राखिएको थियो। उक्त बुथमा पुगेर ३९ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको महाअभियानका सचिव दिवस ढुंगेलले जानकारी दिए। त्यसरी हस्ताक्षर गर्नेमा कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइला पनि हुन्। उक्त बुथमा पुगेर १ हजार २७ जना महासमिति सदस्यले पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सचिव ढुंगेलले जानकारी दिए। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको महाअभियानले हस्ताक्षर अभियान चलाएको हो।

Read More

काठमाडौं : नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ। एमाले सचेतक महेश बर्तौलाले अहिले केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए। उनका अनुसार, बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ र त्यसको विरोधका लागि समय माग गरिएको छ। फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन…

Read More

काठमाडौं : अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो। ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएकोछ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ । निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।

Read More

नयाँ दिल्ली : पञ्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)को योजना दुई दिनका लागि स्थगित गरेका छन् । वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरूबीचको झडपमा एक किसानको मृत्यु भएपछि यो निर्णय लिइएको हो । किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ । टाउकोमा गहिरो चोट लागेर बल्लो गाउँका चरणजित सिंहका छोरा शुभकरण सिंहको मृत्यु भएको छ भने खनौरी र शम्भु नाकाका दर्जनौं किसान घाइते भएका छन् । शुभ करण सिंहलाई लगिएको पटियालास्थित अस्पतालका डाक्टरले उनलाई गोली लागेको बताएका छन् । अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण…

Read More

कैलाली: कैलालीको सुखडमा जारी नेकपा एमालेको नवौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो तर मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण मतदान आजलाई सारिएको हो। प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार बिहान ८ बजेपछि मतदानको समय तय गरिएको छ। एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन्।

Read More

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव यहि फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ। उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिने भएको छ। यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको संघका कार्यबहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।

Read More

डडेल्धुरा : कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा आएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये अमरगढी नगरपालिका पहिलो बनेको हो। देशभर भने अमरगढी ११ औं स्थानमा रहेको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार अमरगढी नगरपालिकाले ४८ दशमलव ९९ प्रतिशत अङ्क प्राप्त गरेको छ। यस्तै डडेल्धुरा जिल्लामा भने गन्यापधुरा गाउँपालिका दोस्रो स्थानमा छ। उसले ४१.९१ अंक पाएको छ। यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाकाले ३४.६०. अजयमेरु गाउँपालिकाले २८.७४, भागेश्वर गाउँपालिकाले ३६.४८, परशुराम नगरपालिकाले ३८.२८, आलिताल गाउँपालिकाले २१.८३ प्रतिशत अंक पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ। कार्यसम्पादन मूल्याङ्कन गर्न…

Read More