Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन्। पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए। एसएसपी खड्काका अनुसार, अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको सशस्त्र प्रहरीको निष्कर्ष छ। त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी छन्।

Read More

तनहुँ : आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा बाख्राको पाठी दिइएको छ। छात्रवृत्तिका रूपमा नगद वा शैक्षिक सामग्री दिने चलन परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो। विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए। नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए। ‘विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरू गरिएको हो। पैसा दिँदा खर्च हुने र अर्को वर्ष पनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ।…

Read More

कैलाली: कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडी चोकबाट ३५० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन्। अस्थाई प्रहरी पोष्ट, चटकपुरको टोलीले शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडीका २२ वर्षीय सञ्जय राना र गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २३ वर्षीय मनोज रानालाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरीले बताएको छ।

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको छ । उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​ सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तरवार्ता हुनेछ। जस अनुसार कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, विश्वबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको पहिलो चरणमा अन्तरवार्ता हुनेछ। दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ। विज्ञ र छनोट समितिको सदस्यसँगै बसेर अन्तर्वार्ता लिन लागेको हो। अन्तरवार्ताको समय…

Read More

कैलाली : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आज(आइतबार)बाट कैलालीको सुखडमा सुरु हुँदै छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन्। अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने एमाले कैलालीले बताएको छ। जिल्लाको नेतृत्व लिन तीन पक्षबिच आन्तरिक सङ्घर्ष चलिरहेको छ। अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन्। ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन्। उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट,…

Read More

कैलाली : कैलालीको टीकापुरमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ शान्तिनगरकी एक वर्षीया आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो। सृतना चौधरीकी छोरी आरोहीको शनिवार बाल्टीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ।

Read More

कैलाली : कैलालीमा दुर्घटना हुँदा माेटरसाइकल चालक गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिकाकाे शंकरपुरमा गाैरीगंगा-८ बडैयापुर बस्ने ३८ काे गाेपी नेपालीले चलाएकाे से६प९३ काे माेटरसाइकल ना ५ख ९६४६ काे  राेकिएकाे बसमा ठोक्किएको थियो। त्यसपछि सडकमा पल्टिएकाे अवस्थामा उनलाई विपरीत दिशाबाट आइरहेकाे ना६ख७४४३ नम्बरको बसले किचेको हो। कञ्चनपुरकाे भीमदत्त नगरपालिका-९ बस्ने ४३ काे पुष्कर भट्टले चलाएको उक्त बसका कारण गाेपी गम्भीर घाइते छन्। उनकाे धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा ‘पेनलेस डेलिभरी’ सेवा सुरु भएको छ। उक्त प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ। बिहीबार पहिलोपटक परशुराम नगरपालिकाकी मिना गिरीले सोही प्रविधिबाट बच्चा जन्माएकी थिइन्। त्यस्तै शुक्रबार गन्यापधुरा गाउँपालिकाकी मनीषा बोहराले प्रसूति पीडाविनना नै सोही विधिबाटै बच्चा जन्माएकी छिन्। सोही प्रविधिबाट बोहराको बच्चालाई जन्म दिनका लागि डडेल्धुरा अस्पतालमा एनेस्थेसियोलोजिस्ट डा. रोमन कार्की र प्रसुती रोग विशेषज्ञ डा. स्मृति शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो। एपिड्युरल एनेस्थेसियामार्फत बच्चा जन्माउँदा निकै सहज हुने रहेछ,’ बोहराले भनिन्, ‘प्रसव पीडा नै नहुने रहेछ। अन्य महिलालाई पनि यो प्रविधि प्रयोग गर्न आग्रह गर्दछु।’  पेनलेस डेलिभरीबाट बच्चा जन्माउँदा आमाले सहनुपर्ने पीडा कम हने डडेल्धुरा अस्पतालका…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति…

Read More

धनगढी : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन भोलिदेखि घोडाघोडी नगरपालिकाको सुखडमा हुँदैछ । अधिवेशनको पूर्व प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भव्य समारोहकाबीच भोलि उद्घाटन गर्दैछन् । सहमतीमै नेतृत्व टुंग्याउने भन्दै एमाले कैलालीले ३ फागुनमा पदाधिकारीका आकांक्षीहरुबाट इच्छापत्र माग गरेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई गरेर पाँच पदका लागि ५३ जनाले इच्छापत्र दर्ता गरिसकेका छन् । अध्यक्षसहितका पदाधिकारीमा सहमती खोज्न एमालेका नेताहरु छलफलमा रहेको बताइन्छ । जिल्ला अध्यक्षका लागि भने कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले इच्छापत्र दर्ता गराएका छन् । उनीहरुबीचमै सहमती खोज्न प्रयासमा माथिल्लो कमिटिका…

Read More