काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।
Author: महेन्द्रनगर पोष्ट
बाजुराः बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका–९ गड्खेतबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। शनिवार गड्खेतका स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ३ लिटर अवैध मदिरा समेत बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं : नेपाल प्रहरीले गएराति राजधानीको तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा भएको चार जनाको हत्याको अनुसन्धान थालेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानबि समिति गठन गरेको जानकारी दिएको छ । समिति सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवास खड्का र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन् । एउटै परिवारका तीन जनासहित चार जनाको हत्या मध्यरातमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त घटनामा संलग्न भएको आशंकामा…
काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएकालाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाइरहेको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्टिच्युटले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन, २०८० मा ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा बाेल्दै उनले साे कुरा बताएका हुन् । उनले १६ औँ पञ्चवर्षीय योजना बनाइरहेको उल्लेख गर्दै उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताए । उपाध्यक्ष डा श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकाले कर्जा रोक्नुपरेको बताए । “सहुलियतपूर्ण कर्जा हामीले बाँड्यौँ । तर उत्पादन र रोजगारी बढेन । त्यसैले…
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बलेफी गाउँपालिकास्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।। मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका नवीन पाण्डे र पाँचपोखरी थाङपाल गाउँपालिकाका सुरज दोङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। मृतक पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र दोङ जिल्ला सदस्य हुन्। शनिवार दिउँसो १ बजे इन्धन बोक्ने ट्यांकरले बा प्र ०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङकर र चालक भीमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
भक्तपुर : दुई महिनाअघि घरबाट हराएकी एक महिलाको टाउको छिनेको अवस्थामा शनिबार शव फेला परेको छ। मध्यपुरथिमि नगरपालिका–४, तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए। दुई महिनाअघि हराएकी महिलाको शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए। पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो। ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,’ उनले भने। परमेश्वरीकी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन्।…
बैतडीः बैतडीमा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्रसिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिबार दिउँसो घरभित्रै मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
डडेल्धुराः राष्ट्रिय जनमोर्चा डडेल्धुराको शनिवार सम्पन्न भेलाले नयाँ कार्य समिति चयन गरेको छ। ‘राष्ट्रियता, गणतन्त्र र धर्म निर्पेक्षताको रक्षा गरौँ, वैदेशिक हस्तक्षेपको विरोध तथा संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ सुरू भएको दोस्रो भेलाले चन्द्रदेव विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समति चयन गरेको हो। समितिको उपाध्यक्षमा रामचन्द्र धिक्त, सचिवमा टंक अवस्थी, कोषाध्यक्षमा रगुविर कामी सह सचिवमा हरिष बिकलाई चयन गरिएको राष्ट्रिय जनमोर्चाका सचिव टंक अवस्थीले जानकारी दिए। उनका अनुसार सदस्यमा जोगराज ऐर, कमला अवस्थी, पवन विष्ट, कर्म जोशी, गणेश ऐर, हरिदत्त भट्टलाई चयन गरिएको छ। यस्तै तीन सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ। समितिको संयोजकमा उद्वसिह ऐर, सदस्यमा…
धनगढीः भारतको देहरादुनमा छोरीको हत्या भएपछि घर्तीपरिवार शोकमा डुबेको छ। गत शनिबारमात्रै श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका–६ चोकचिसापानी घर भएकी सुमित्रा घर्ती (खास नाम) को देहरादुनमा हत्या भएको थियो। त्यहाँका कर्नेलसँग प्रेम सम्बन्धमा रहेकी उनको कर्नेलले नै हत्या गरेका हुन्। ३० वर्षीया शर्मा पहिले सिलिगुरी र पछि देहरादुनमा बस्दै आएकी थिइन्। उनी डान्सबारमा नाच्ने डान्सर थिइन्। त्यहीँ पेशाका कारण उनको कर्नेलसँग प्रेमजाल बनेको थियो। तर, उनको प्रेमकै कारण हत्या भएको छ। सेनाका लेफ्टिनेन्ट कर्नेल ४२ वर्षीय रमेन्दु उपाध्यायले उनको हत्या गरेको प्रहरीले जनाएको छ। पहिले नै विवाहित र डेढ वर्षको छोरोसहित श्रीमती भएका उपाध्यायलाई विवाह गर्न दबाब दिएर…
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको हो। बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।