धनगढीः भारतको देहरादुनमा छोरीको हत्या भएपछि घर्तीपरिवार शोकमा डुबेको छ। गत शनिबारमात्रै श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका–६ चोकचिसापानी घर भएकी सुमित्रा घर्ती (खास नाम) को देहरादुनमा हत्या भएको थियो।
त्यहाँका कर्नेलसँग प्रेम सम्बन्धमा रहेकी उनको कर्नेलले नै हत्या गरेका हुन्। ३० वर्षीया शर्मा पहिले सिलिगुरी र पछि देहरादुनमा बस्दै आएकी थिइन्। उनी डान्सबारमा नाच्ने डान्सर थिइन्। त्यहीँ पेशाका कारण उनको कर्नेलसँग प्रेमजाल बनेको थियो। तर, उनको प्रेमकै कारण हत्या भएको छ।
सेनाका लेफ्टिनेन्ट कर्नेल ४२ वर्षीय रमेन्दु उपाध्यायले उनको हत्या गरेको प्रहरीले जनाएको छ। पहिले नै विवाहित र डेढ वर्षको छोरोसहित श्रीमती भएका उपाध्यायलाई विवाह गर्न दबाब दिएर यौन सम्बन्ध राख्न भनेपछि शर्माको हत्या भएको प्रहरीको भनाइ छ। हत्या आरोपमा अहिले त्यहाँको प्रहरीले उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरेको छ।
कर्नेलले एकान्त जंगलमा लगेर हथौडा प्रहार गरि शर्माको हत्या गरेको बताइएको छ। हत्यापछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए। प्रहरीसँगको बयानमा उनले शर्मासँग आफ्नो विवाहइत्तर सम्बन्ध रहेको र उनले विवाह गर्न दबाब दिएकै आधारमा हत्या गरेको स्वीकार गरेका छन्।
कर्नेलको क्रोधको सिकार बनेकी ती युवतीको घरपरिवारमा कमाउने अरु कोही छैनन्। पाँच वर्षअघि बङ्गाल गएर बार डान्सर बनेकी उनी परिवारको एकमात्र कमाउने व्यक्ति थिइन्। उनको आमा र तीन दाजुभाइको जिम्मेवारी थियो।
परिवारमा जेठी भएकी उनले यस कुराको राम्रोसँग हेरचाह गरेकी थिइन् र हरेक महिना ३० देखि ३५ हजार भारु रुपैयाँ नेपाल पठाउने गर्दथिन्। उनको मृत्युपछि उनको परिवार शोकमा छ। श्रेयाकी बहिनी सिजनाले तीन दिनअघि देहरादुन प्रहरीलाई सम्पर्क गरेकी थिइन्।
सिजना बिहीबार नेपाल छाडेर पारिवारिक साथीसँग भारत गएकी थिइन्। उनी शुक्रबार पश्चिम बंगालको बागडुग्रा एयरपोर्ट पुगेकी थिइन्। त्यसपछि उनी राति दिल्ली पुगेकी छन्। त्यहाँबाट रेलमा शनिबार देहरादुन गएकी छन्।
उनी पुगेपछि मात्रै श्रेयाको शव दाहसंस्कार हुनेछ। सिजना भन्छिन्, ‘बुवाको पाँच वर्षअघि निधन भएको थियो।’ पाँच वर्षअघि श्रेयाले यो जिम्मेवारी आफ्नो काँधमा लिएकी थिइन्। श्रेया रोजगारीको खोजीमा भारत आएकी थिइन्। लेफ्टिनेन्ट कर्णेलसँग उनको सम्पर्क थियो वा थिएन परिवारका सदस्यहरूलाई थाहा थिएन।
श्रेयाको कान्छो भाइ नेपालको कलेजबाट इन्जिनियरिङ पढ्दै छन् भने कान्छी बहिनी १० कक्षामा पढ्छिन्। ‘श्रेयाको बिदाइले परिवारको मेरुदण्ड नै भाँचिएको जस्तो लाग्छ। श्रेयाको बिदाइको कारण आमा रोइरहेकी छिन् र हालत खराब छ,’ सिजनाले भनिन्।
यो पनि पढ्नुहोस् :
सेनाका कर्नेलले गरे नेपाली प्रेमीकाको हत्या, सेक्सको दबाबपछि भएको थियो विवाद ! https://mahendranagarpost.com/?p=88931