Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजना युवाको ज्यान गएको घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका कारण हुन पुगेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ। बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा उक्त निष्कर्ष निकालेको हो। उक्त आयोगका एकजना सदस्यका अनुसार बालकुमारी क्षेत्रमा युवाहरूको प्रदर्शन भइरहेका बेला भौतिकमन्त्री सरकारी गाडीमा सवार भएर गएकै कारण दुईजना युवकको ज्यान जाने गरी घटना हुन पुगेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ। ‘उक्त घटना भौतिकमन्त्री ज्वाला युवाहरू आन्दोलित भएको क्षेत्र गएकै कारण भएको निष्कर्ष आयोगले निकालेको…

Read More

काठमाडौँ : कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै कँडेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका हुन् । कँडेलले दर्ता गराएको मुद्दामा शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाइएको छ । दर्ता भएको मुद्दामा…

Read More

धनगढी : दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको भेटिएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई निलम्बन गरिएको छ । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनलाई निलम्बन गरिएको कर्णाली…

Read More

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्। उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको थियो। उनलाई पनि अदालतले दोषी ठहर गर्दै तीन महिना कैदसहित ३० हजार रूपैयाँ भराउन र उनीबाट ३० हजार…

Read More

धनगढी : दक्षिण कोरियाका एक जना चर्चित पादरीलाई यौन शोषणको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । सोलस्थित उच्च अदालतले ६७ वर्षीय पादरी चुन कि-वनलाई दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको हो ।  उनीमाथि ६ जना बालिगलाई यौन शोषण गरेको आरोप थियो । त्यसमध्ये पाँच बालिगलाई यौन शोषण गरेको प्रमाण पाइएपछि अदालतले दोषी ठहर गरेको हो । उत्तर कोरियाबाट केहीलाई चोरेर दक्षिण कोरिया ल्याएका चुन देशकै प्रतिष्ठित र चर्चित पादरी मानिन्थे । उनलाई कतिपयले ‘हिरो पादरी’ समेत भन्थे । उनले ३० वर्ष यता हजारभन्दा बढी मानिसको उद्धार गरेको बताइन्छ । उनले विभिन्न शहरमा विद्यालय खोलेर विद्यार्थीहरुलाई निशुल्क शिक्षासमेत…

Read More

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले मुख्यमन्त्री कमलबहादुर शाहको काठमाडौं गएको रेकर्ड ब्रेक गरेका छन्। मन्त्री शाहीले ११ महिनामा २३ पटक काठमाडौंको उडेर मुख्यमन्त्री शाहको रेकर्ड ब्रेक गरेका हुन्। आर्थिक मन्त्री शाहीले २०७९ सालको फागुन २२ गते देखि २०८० सालको माघको ८ गतेसम्मको २१ पटकको काठमाडौंको यात्राबापत कूल ५ लाख ६७ हजार ६६६ रकम टिकट र भत्ता बुझेका छन्। मुख्यमन्त्री कमल बहादुर शाहलाई काठमाडौं बढी जाने गरेको आरोप लागिरहेका बेला आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीको पनि काठमाडौं भ्रमण सार्वजनिक भएको हो। आर्थिक मामिला मन्त्रालयले मन्त्री शाहीले २१ पटक मात्रै काठमाडौं गएको विवरण दिए पनि, उनको पिएसओहरुको भ्रमण भने…

Read More

धनगढी : कैलालीको धनगढीबाट एक युवक लागुऔषध ब्राउन सुगरसहित समातिएका छन्। धनगढी उपमहानगरपालिका ३ डोकेबजारबाट वडा नम्बर २ बस्ने २३ वर्षीय नरेशबहादुर बोहरा पक्राउ परेका हुन्। बोहरामाथि शंका लागि चेकजाँच गर्दा २.५ सय मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले समातेको हो।

Read More

धनगढी : कैलाली र कञ्चनपुरबाट अवैध कुखुरा बरामद गरिएको छ। कैलालीको भजनी नगरपालिका–७ दक्षीणपुराबाट भन्सार छलिका अन्दाजी ८ हजार ४ सय मुल्य बराबरको ३५ के.जि. बोईलर कुखुरा शुक्रवार दिउँसो प्रहरले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाँउबाट भन्सार छलिका अन्दाजी १५ हजार मुल्य बराबरको ५० के.जि. बोईलर कुखुरा आज (शुक्रवार) दिउँसो प्रहरीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको बोइलर कुखुरा नष्ट गरिएको छ।

Read More

काठमाण्डौ : एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग ४ पराजित भएको छ । मलेसियासँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ । नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर अन्तिम बलमा भेटायो । मलेसियाकी इस्ला हन्टरले नट आउट ६९ रन बनाइन् । नेपालकी सीता राना मगर र कविता जोशीले समान २ विकेट लिइन् । यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनायो । नेपालकी कप्तान इन्दु वर्माले २९, डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाकी…

Read More

बैतडीः बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ। शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो। घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए। उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Read More