कञ्चनपुरः कञ्चनपुरको एक सहकारीबाट रुपैँया चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ का २६ वर्षीय अमृत सार्की र भीमदत्त नगरपालिका– १२ ऐरी गाउँका २३ वर्षीय सुन्दर टमटा रहेका छन्। इलाका प्रहरी कार्यालय दोधरा चाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होमप्रकाश चौधरीका अनुसार कार्तिक २२ गते राती दोधारा चाँदनी नगरपालिका–२ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी भएको थियो। सोही चोरीको आरोपमा दुवैजनालाई हिजो (शनिवार) भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० रुपैँया र तीन थान मोबाइल फेला परेको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : दीपावली अर्थात् तिहार बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिने भएको छ। बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो। सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्मका लागि न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ। सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ। कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुखले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलेको छ। डिआइजी अर्जुन चन्द ठकुरीले तिहार बिदा मनाउन बैंकक आउजाउ गर्ने भन्दै निगमसँग लिखित रुपमा चार वटा हवाई टिकट सित्तै मागेको खुलेको हो। डिआइजीको उक्त लिखित आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसम्म पुगेपछि खैलाबैला मच्चिएको छ। पर्यटन मन्त्री किरातीले निःशुल्क टिकट नदिन आदेश दिएका छन्। तर, मन्त्रीले उक्त जानकारी प्रधानमन्त्री समक्ष राखिदिएका छन्। मन्त्रीले प्रधानमन्त्रीलाई भनेका थिए, ‘यस्ता लोभीलाई विमानस्थलजस्तो संवेदनशील ठाउँमा राखेर के गर्नु सम्माननीयज्यू ? ५० हजारको टिकटमा त गति छाड्नेले अनि सुन, पान पराग, खैनी, म्यानपावरमा छ्याकन…
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ जोलजिवि क्षेत्रमा लाग्ने जोलजिवि व्यापार मेलाको तयारी थालिएको छ। मेला मंसिर १ गतेदेखि सञ्चालन हुनेछ। नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको–७ जोलजिवी र भारतको जौलजिवी बजारमा हरेक वर्ष मंसिर १ गतेदेखि मेला लाग्ने गर्छ। काली र गोरी नदीको संगम जोलजिवीमा नेपाल र भारत दुवैतर्फ यो मेला लाग्ने त्यहाँका स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए। स्थानीय सरकारले विगतका वर्षहरु जस्तै यसवर्ष पनि मेला व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको छ। जोलजिवी मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष छ लाख रुपैँया बजेट खर्च गर्ने जनाएको छ। मेला अवधिभर नेपाल भारत जोड्ने जोलजिवी पुल राति साढे १० बजेसम्म खुल्ला गर्ने दुवै देशका…
डोटी: डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन् । स्थानीय टेकबहादुर केसीको खाली घरमा श्रेष्ठ मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कैलाली: कैलालीको टीकापुरमा एक बेवारिस शव फेला परेको छ। प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ बनगाउँ बिच्का पुरुवा स्थित खेतमा अन्दाजी ६० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका हुन् । ती पुरुषको नाम, थर वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कञ्चनपुर: फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूल खेती गरिहरेका किसान निराश बनेका छन्। पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन्।’ बजारमा प्लास्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उनको भनाइ छ। ‘प्लास्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ’, उनले भने, ‘अब फूलले बजार पाउने आशा छ।’ कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता…
काठमाडौं: धादिङमा भूकम्प गएको छ। गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीयले बताएका छन्। धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।
काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश…
काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।