Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा…

Read More

काठमाडौं: भारतको सिक्किम सरकारले सरकारी सूचना र राजपत्रहरु नेपाली भाषामा पनि प्रकाशित गर्ने निर्णय गरेको छ। त्यहाँको गृह विभागले अबदेखि आधिकारिक सूचना र राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गरिने जानकारी दिएको हो।  विभागले आज सूचना जारी गर्दै सिक्किम आधिकारिक भाषा ऐन, १९७७ ले नेपाली भाषालाई आधिकारिक भाषाको रुपमा मान्यता दिएको जनाएको छ। भारतको संविधानले पनि नेपाली भाषालाई सूचिकृत गरेकाले त्यसको प्रयोगलाई अनिवार्य गरिएको विभागको भनाइ छ। सिक्किमे जनताको सांस्कृतिक सम्पदा र पहिचानमा नेपाली भाषाको महत्वलाई उचित रुपमा स्वीकार गर्दै सरकारी सूचना र सेवाहरुमा समान पहुँच सुनिश्चित गर्नका लागि सो निर्णय गरिएको सूचनामा उल्लेख छ।  ‘सिक्किमे जनताको सांस्कृतिक सम्पदा…

Read More

धनगढी : डोटीमा श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका-५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी बुधवार ४५ वर्षीय श्रीमती नरु साउदको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार मङ्गलवार दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जनाएका छन्। घटनामा संलग्न पदी साउदलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताएका छन्।

Read More

काठमाडौं: नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दिइएको छ। बुधबार प्रहरीका वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु ३० वर्षे सेवा अवधिका कारण यही १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन्। उमेर हद बाँकी नै रहँदा पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानुपर्ने भएपछि उनीहरु अदालत गएका हुन्। उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए। ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न र रिटको टुंगो…

Read More

धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कैलाली अध्यक्षमा तपेन्द्र शाह चयन भएका छन् । २१ औं जिल्ला सम्मेलनबाट शाह अध्यक्ष चयन भएका हुन । बुधबार सुखडमा सम्पन्न अधिवेशनले शाहको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षहरुमा राजु पुन मगर, सन्तोष राना क्षेत्री, बम बहादुर बि.क. र प्रिया गौतम चयन भएका छन् । यस्तै सचिवमा गोपाल रेग्मी, सहसचिवहरूमा सुनिता रोकाया, अर्जुन खत्री, नरेश जैशी, रोजि साउद र कोषाध्यक्षमा बिनिता चौधरी चयन भएका छन् । सम्मेलनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Read More

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीसहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मेयर धामीसहित उनका छोरा पुष्कर सिंह धामीसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गरिएको हो। अधिवक्ता बीरभद्र जोशीद्वारा दायर उक्त मुद्दामा तीन वर्ष कैद सजायको माग गरिएको छ। अदालतले उनीहरूलाई २१ दिनभित्र हाजिर हुन आदेश दिएको छ। मुद्दामा आरोपित अन्य व्यक्तिहरूमा शैल्यशिखर नगरपालिकाका सवारी चालक सुरेश बिष्ट र लेखा शाखामा कार्यरत रामसिंह धामीसमेत छन्। फराद-पत्र अनुसार, अधिवक्ता जोशीले आफ्नो मानहानी भएको भन्दै उक्त मुद्दा दर्ता गरेका हुन्।

Read More

काठ्माडौं : नेपाली सेनाको सैन्य पदमा लोकसेवा आयोगद्धारा लिइएको लिखित परीक्षामा अनियमितता गर्ने चार परीक्षार्थी निलम्बनमा परेका छन् । सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाअन्तर्गत परीक्षा सञ्चालन शाखाले उनीहरुको परीक्षा रद्द गरेको हो । परीक्षाको मर्यादाविपरीत गर्ने उनीहरुलाई एकदेखि दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नदिने निर्णय पनि भएको छ । आयोगका अनुसार बर्दियाका शैलेन्द्र यादव, जाजरकोटका कृष्णबहादुर थापा, सर्लाहीका जगदिशकुमार चौधरी र धनुषाका प्रवेज आलम शेष यस्तो कारबाहीमा परेका हुन् । शैलेन्द्रले परीक्षामा चिट चोरेको, कृष्णले प्रश्नपत्रसहित बाहिर गएर मोबाइलबाट उत्तर सारेको, जगदिशले मूल कापीको अन्तिम पाना रफ गर्न भनी च्यातेको र प्रवेजले क्यालकुलेटर प्रयोग…

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका हुन् । गृहमन्त्री लेखकले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भइसकेको बताए । उनले अब टुङ्गोमा पुर्याउन समितिलाई आग्रह गरे। विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी भएको गृहमन्त्री लेखकको तर्क छ । तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको उनले बताए ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूलाई चिन्दिन भनेको प्रसंगले अहिले चर्चा पाएको छ। हालै अस्ति साउन ३२ गते शुक्रबार बिहान १० बजे टिंकर सडक र मार्मा गाउँपालिकाका पहिरो विस्थापित परिवार पुनःस्थापनाको माग लिएर एक टोलीको साथमा बडू ओलीकोमा गएका थिए। सो टोलीमा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीका जनप्रतिनिधि र नेताहरू थिए। मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको संयोजनमा दार्चुलाको प्रतिनिधित्व गर्दै ३५ जना नेता र जनप्रतिनिधि बालुवाटार पुग्दा व्यवस्थापनले १० जनाले मात्रै प्रधानमन्त्रीलाई भेटेर माग राख्न सक्ने बताएपछि उनीहरू भित्र पसेका थिए। भित्र पसेका पूर्वमन्त्री एवं सांसद दिलेन्द्रप्रसाद बडू, एमाले नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, माओवादी केन्द्रका…

Read More

काठमाडौं : काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ । नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ । संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए ।

Read More