Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकास्थित शैलेश्वरी खोलामा निर्माण भएको ट्रस पुल उद्धाटन गरिएको छ। नगरपालिकाको वडा नम्बर ७ मा रहेको सल्लागाउँस्थित शैलेश्वरी खोलामा निर्माण भएको पुलको उद्धाटन गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले पुलको सयुक्त रुपमा रिवन काटेर पुलको उद्धाटन गरेका छन। पुलको उद्धाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने पुलले आवतजावतमा निकै सहजता हुने अपेक्षा गरे। अमरगढी नगरपालिकाका मेयर जोशीले पुल निर्माण भएपछि अमरगढी नगरपालिका वडा नम्बर ७ संगै नवदुर्गा गाउँपालिकाका बासिन्दालाई पनि आउजाग गर्न सहज हुने बताए। ३७ लाखमा पुल निर्माणको कार्य सम्पन्न भएको अमरगढी…

Read More

काठमाडौं- आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। खेलम नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।  आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

Read More

काठमाडौं : कोरियामा बस्दै आएका एक युवकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पक्राउ परेका छन्। वीरगन्ज, पोखरिया शाखामा कार्यरत ३१ वर्षीय ओझा बैंकका कनिष्ट सहायक हुन्। ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकअनुसार बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी होबीन्द्र बोगटीले बताए ।  लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाएका थिए । त्यसका लागि उनले कनेक्ट आइपिएसको दुरुपयोग गरेका हुन्। उनले नागरिकताको फोटोकपीलगायत कागज बैंकबाटै निकालेर कनेक्ट आइपिएस अकाउन्ट बनाएका थिए।  सोही आधारमा नयाँ मोबाइल नम्बरबाट कनेक्ट आइपिएस चलाएर…

Read More

धनगढी : भारतको दुधुवा नेसनल पार्कमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ। धनगढीबाट पलिया जाने क्रममा दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर धनगढी उपमहानगरपालिका – १९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका – १९ कै २२ वर्षीय अनिलकुमार चौधरी घाइते भएका छन्। चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको पलियामा उपचार भइरहेको छ। हिजो धनगढीबाट पलिया जाँदै गरेको से ३ प २८१९ नम्बरको मोटरसाइकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिंदा दुर्घटना भएको थियो। भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले…

Read More

कञ्चनपुर : कञ्चनपुरमा विभिन्न प्रकारका लागुऔषधसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ खुल्ला मञ्च कम्पाउण्ड भित्रबाट प्रतिबन्धित लागूऔषध बुपरनेशन इन्जेक्सन आइपी २ एमएल एम्पुल–१० थान, फेनारगन एम्पुल–१० थान, लाइफलाइन सिरिन्ज ३ एमएल ५ थान, ५ एमएल १८ थानसहित सोही ठाउँ बस्ने २२ वर्षीय रमेश दमाईलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परका छन्। भीमदत्त नगरपालिका-९ ब्रह्मदेबस्थित वडा कार्यालय नजिक हाल नामथर, नखुलेको स्थानीयले शंकर भनि बोलाउने भारतीय नागरीक अन्दाजी ४० वर्षीय पुरुष शनिवार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

Read More

सप्तरी : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार निर्मूल आवश्यक भएको बताएका छन् ।  ​ हिजो एक खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे।  प्रहरी जनताको सेवाका निम्ति रहेकाले जनताको सुखदुःख र पीडामा उनीहरुलाई साथ दिनुपर्नेमा उनले जोड दिए।  गृहमन्त्री श्रेष्ठले भने, “प्रहरी प्रशासन जनताको सेवाका निम्ति हुनुपर्छ, हामीले कडाइपूर्वक निर्देशन दिएका छौँ। कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस्।” उनले सबै मिटरब्याजपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । “मिटरब्याजपीडितको समस्या समस्या समाधान…

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली  रही बाकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।  आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : कञ्चनपुरमा ५१ थान लागुऔषध यम्पुलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शनिबार जिल्लाको वेदकोट नगरपालिका बस्ने ३१ वर्षीय विजयराज पन्तलाई प्रतिबन्धित लागुऔषध यम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पन्तलाई वेदकोट नगरपालिकाको घोर्सुवाबाट पक्राउ गरेको जनाएको छ । विषेश सूचनाका आधारमा पक्राउ गरिएका पन्तलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी : सुर्खेतमा तरुण दलका नेतामाथि गोली प्रहार भएको छ । उद्योग वाणिज्य सुर्खेतमा काँग्रेसकै दुई पक्षबिच विवादका कारण गोली प्रहार गरिएको बताइएको छ । सुर्खेतमा १४ गतेबाट महोत्सव लाग्ने भनिएको थियो। तर विद्यालय नजिकै भएकाले महोत्सव नलगाउन अदालतले आदेश दिएको थियो। गोली प्रहार गराउने उद्योग वाणिज्य संघको महोत्सव लगाउन चाहनेले टोलीका रहेका छन् भने नचाहने पक्षका तरुण दलका नेता समेत रहेका अर्कालाई गोली हानिएको हो । उनीहरू बिच ठेक्काको विवाद थियो। तरुण दलका बिनोद गिरीलाई गोली प्रहार गर्न खोजेको तर नलागेको प्रहरी जानकारी दिएको छ । अहिले घटनाको अनुसन्धान भैरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआइजी लालमणी आचार्यले…

Read More