Author: महेन्द्रनगर पोष्ट

धनगढी : सरकारले सुदूरपश्चिम, गण्डकी र मधेश प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ती प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपति कहाँ सिफारिस गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री लक्ष्मणकिशोर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका थिए । लगतै उनले सोमवार साँझ नै शपथ ग्रहण गरेका हुन् ।​ चौधरी विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन् ।

Read More

धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ती पार्टी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता टिकाउने रणनीति बनाएका छन् । ७ सासंद रहेका नागरिक उन्मुक्तीका ५ जनालाई मन्त्री बनाएर सत्ता टिकाउने रणनितिमा मुख्यमन्त्री शाह छन् । स्वतन्त्र सांसदलाई समेत मन्त्री बनाएर बहुमत पुगाउने दाउमा रहेका शाहले भ्याएसम्म राप्रपाकी सांसदलाई समेत सरकारमा सहभागी गराउने नभए उनको समर्थन लिएर सत्ता टिकाउने रणनीति बनाएका हुन् । केन्द्रमा काग्रेंस नेतृत्वको गठबन्धन भत्किएर माओवादी, एमाले र रास्वपासहितको सरकार बनेसंगै शाहले माओवादीका ३ र एकिकृत समाजवादीका १ मन्त्रीलाई बर्खास्त गरेका थिए । उनीहरुको बर्खास्ती संगै शाहले नागरिक उन्मुक्तीका नयाँ एक राज्यमन्त्री सहित ३ मन्त्री थपे…

Read More

धनगढी : सोमबार अपरान्ह्र ४ बजेतिर कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भीषण आगलागी भएको छ । पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ट्रकमा एक्कासी आगलागी भएपछि स्थानियले प्रहरीलाई खरब गरेका थिए । ट्रकमा आगलागी भएको खबर आएपछि प्रहरीले तुरुन्तै ट्रक चालक र सह-चालकको उद्धार गरेको इन्सपेक्टर हरिराम डाँगीले बताए । ट्रकले लाइटर बोकेको कारण आगो अझै नियन्त्रणमा नआइसकेको उनले जानकारी दिए । लम्कीचुहा नगरपालिकाको दमकलमा पानी सक्कीएको र बर्दीयाबाट अर्को दमकल आइरहेको छ । ट्रकबाट निस्केको आगोले पुलको पूर्वतर्फका ८ देखी १० वटा तारमा क्षती भएको छ । बिच पुलमा आगलागी भएको कारण आवतजावत…

Read More

धनगढी : कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गईरहेको बुझिएको छ । लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Read More

धनगढी : कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ। ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पाँच करोड विनियोजन गरिएको थियो। तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो। सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का…

Read More

धनगढी : धनगढीमा युवकको कुटपिटबाट मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए। अहिले रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ। मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी…

Read More

धनगढी : घुससहित महोत्तरीबाट प्रहरी सहायक निरीक्षक र वरिष्ठ हवलदार नै पक्राउ परेका छन्। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र सोही चौकीका वरिष्ठ हवलदार मन्जित कुमार झालाई २० हजार घुससहित पक्राउ गरेको हो। अदालतको फैसलाको कार्यान्वयन नगराई छलफलबाट मुद्दा मिलाई दिने भन्दै प्रहरीले सेवाग्राहीसँग घुस मागिरहेको जानकारी अख्तियारमा आएपछि बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित गैरीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन् । । नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने तय भएको स्रोतले बताएको छ । मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनुवा कक्षमा रहेका एक थुनुवा भागेर भारततिर पुगेकोमा अहिले नियन्त्रणमा लिइएको छ। आज (सोमबार) दिउँसो जिल्ला प्रहरी कार्यालय पछाडिबाट हाम फालेर महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भागेका थिए। उनी दार्चुलास्थित महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए। त्यसपछि महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ। तर, कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवान भिरबाट खसेका छन्। खसेर गम्भीर घाइते भएका कैलालीको कैलारी घर भएका जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको हो। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…

Read More