Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा अख्तियार पसेको छ। माफियाको कब्जामा परेको महाकालीको ठेक्काबारे महेन्द्रनगरपोष्टले निरन्तर समाचार प्रकाशन गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरले छानबिन गर्ने भएको हो। अख्तियार स्रोतले छानबिन थालिएको र रोयल्टीको ठेक्का प्रक्रिया, मापदण्ड र राजस्व छली सबै कोणलाई अनुसन्धान गरिरहेको जनाएको छ। विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्का हत्याउने र ठेक्कामा भ्रष्टाचारी ठहरिएकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएको थियो। झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको थियो। निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले १० महिनाको अवधीमा १६ पटक संघीय राजधानी काठमाडौंको भ्रमण गरेका छन । भौतिक पुर्वाधार विकास मन्त्रालयले देउवाले मन्त्री भएपछि २०७९ सालको फागुन २१ गते देखि २०८० सालको पुसको ८ गतेसम्म १५ पटक काठमाडौंको भ्रमण गरेको तथ्यांक दिएपनि मन्त्री देउवा माघको १८ गते पनि काठमाडौं उडेका छन । ‘माघको महिना पनि मन्त्री ज्यु काठमाण्डौं जानु भएको छ । मन्त्रालयको विवरणमा त्यो छुट्यो होला’ मन्त्रालयका लेखा अधिकृत शिवराज ओझाले भने । उनले माघको १८ देखि २१ गतेसम्म मन्त्री देउवा काठमाडौं गएको स्वीकार गरे । मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको काठमाडौं भ्रमणको…

Read More

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले छ जना खेलाडीलाई मासिक एक लाख तलब दिने भएको छ । क्यानले पुरुष र महिला खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजनिक गर्दै तलब स्केल तोकिएको जनाएको छ । अस्ति र आज बसेको क्यानको बोर्ड बैठकले पाँच वटा ग्रेड निर्धारण गरेको छ । जस अन्तर्गत ‘ए’ ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् । उनीहरुले अबदेखि मासिक एक लाख रुपैयाँ तलब पाउनेछन् । त्यस्तै ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा परेका छन् । उनीहरुले मासिक ७० हजार रुपैयाँ तलब…

Read More

विराटनगर : मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले जिल्लामा सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने भएका छन् । विराटनगरमा आज संसारकर्मीहरूसँगको एक कार्यक्रममा उनले तत्काललाई सादा पोसाकका प्रहरी नराख्ने बताएका हुन् । सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको पाँच जना सादा पोसाकका प्रहरीलाई कार्कीले फिर्ता बोलाएर उनीहरूको दरबन्दी रहेको जिल्लामै सरुवा गरिदिएका छन् । फागुन ७ गते मोरङ प्रहरी प्रमुख भएर आएका कार्कीले कार्यभार सम्हाले लगत्तै सादा पोसाकमा खटिएका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवलदार सुदर्शन कालाखेती, प्रहरी जवानहरू चुँडामणि सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको सरुवा गरेका हुन् ।…

Read More

काठमाडौं : भजन शिरोमणि एवम् वरिष्ठ गायक भक्तराज आचार्यको निधन भएको छ । उनलाई उपचारका निम्ति ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको बताइएको छ । गायक आचार्यको शव भोलि अन्त्येष्टी गरिने जानकारी दिइएको छ । त्यसअघि भोलि बिहान स्वर्गीय आचार्यको शवलाई संगीत तथा नाट्य प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक स्रोतले बताएको छ । २०४६ सालमा आचार्यमाथि बौद्धमा आक्रमण भएपछि टाउकोमा गम्भीर चोट लागेको थियो । २०४९ सालमा उनको जिब्रोमा खटिरा देखियो र सोही कारण २०५० सालमा क्यान्सर पुष्टि भएपछि उनले गायनबाट विश्राम लिएका थिए । उनको ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देउ मायालु’, ‘सबै…

Read More

काठमाडौं : रेष्टुरेन्टमा महिलाको गोप्य तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलाशले डिएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए । एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्वीर तथा भिडियो खिचेका थिए। युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएका हुन् । पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर…

Read More

धनगढी : नेपाल क्रिकेट सघं (क्यान)ले चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ। क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक तोकेको छ। केन्द्रीय सदस्य घले तीन दशकदेखि क्रिकेटमा सक्रिय छन्। सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू-१९ प्रतियोगिताको संयोजक भएका घलेले त्यसयता विभिन्न प्रतियोगितामा नेपाली टिम र प्रतियोगिताको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए। क्यानले केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक तोकेको छ। कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन्। यस्तै पूर्व खेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र सावद विकास समितिको संयोजक तोकिएका छन्। धिरेन्द्रले सुवास शाहीसँग मिलेर १२ धनगढी क्रिकेट…

Read More

काठमाडौं : सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था…

Read More

काठमाडौं : टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए । कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ । एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिलालगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

Read More

काठमाडौं : निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।  इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १(१) मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ। सोमबार स्वीकृत कार्यतालिका अनुसार चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति…

Read More