Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम सरकारको विवाद पूर्ण इजलासले टुंग्याएको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, कुमार चूडाल र सुनीलकुमार पोखरेलको इजलासले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्तिविरूद्धको रिट खारेज गरिदिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए। यसअघि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल विवाद निहित रहेकाले पूर्ण इजलासबाट टुंगो लगाउनु उचित हुने भन्दै सुनुवाइका लागि अर्को दिन पेसी चढाउन आदेश गरेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले वैशाख १० गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

Read More

काठमाडौं : प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरे । कांग्रेस सांसदहरु गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गर्न थाले । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे । एमाले अध्यक्ष ओलीले नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङलाई केही भनेको भिडियोमा देखिन्छ…

Read More

काठमाडौँ : नेपाली सेनालाई ठेक्कापट्टा दिन नहुने भन्दै पेस भएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता लोकेन्द्र ओलीले सरकारविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको हो। ओलीले अनलाइनबाटै रिट दर्ताका लागि निवेदन पेस गरेका थिए। सर्वोच्चले गत मंगलबारबाट सुरु गरेको अनलाइन प्रणाली अन्तर्गत ओलीले दायर गरेको रिट पहिलो थियो। तर, सर्वोच्च अदालतका रजिस्ट्रार हरिराज कार्कीले कुन हक अधिकार हनन् भएको भन्नेबारे स्पष्ट उल्लेख नभएको भन्दै दरपीठ आदेश जारी गरिदिएका हुन्। सर्वोच्चले निवेदन पेस, दस्तुर बुझाउने, वकालतनामा पेस गर्ने र दरपीठ (दर्ता अस्वीकार गर्ने निर्णय) सम्मका काम अनलाइनबाटै गर्नेगरी व्यवस्था सुरु गरेको छ।

Read More

काठमाडौं : मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गरेको छ । त्यस्तै कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सिफारिस गरेको थियो । यस्तै कृषि तथा वन समूहबाट बढुवाका लागि सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रलाई सिफारिस गरिएको थियो । तेस्रो नम्बरमा सिफारिस भएपनि मिश्र सचिवमा बढुवा भएका छन् ।

Read More

काठमाडौं : सिंगापुरमा लौरेन्स वाङ श्युन साइलाई नयाँ प्रधानमन्त्री बनाइएको छ। उनले राष्ट्रपति षडमुगरत्नम् र प्रधान न्यायाधीश सुन्दरेश मेनन समक्ष आजै शपथ लिएका छन्। ५१ वर्षीय लौरेन्स ५९ वर्षको इतिहासमा सिंगापुरका चौथा प्रधानमन्त्री हुन्। सिंगापुरमा दक्षिणपन्थी परम्परावादी पिपुल्स एक्सन पार्टीले ५९ वर्षदेखि निरन्तर चुनाव जित्दै आएको छ। हाल सिंगापुरमा प्रधानमन्त्री र सभामुख चिनियाँ मूलका छन् भने राष्ट्रपति र प्रधानन्यायाधीश द्रवीड हिन्दु छन्। सिंगापुरका हाल सम्मका प्रधानमन्त्री ७२ वर्षीय ली हसिन लुङले २० वर्ष सेवा दिएपछि स्वच्छाले अवकाश लिएका छन्। उनलाई सम्मान स्वरुप मन्त्रीपरिषदमा वरिष्ठ मन्त्री बनाइएको छ।

Read More

धनगढी : डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ को चेल्फीस्थित भूमिदेव सामुदायिक वनमा चितुवा मृत फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार चितुवाको कम्मरमा घाउ रहेको छ। स्थानीयले चितुवा मृत फेला परेको जानकारी दिएपछि प्रहरी चौकी बेलापुरको टोली घटना स्थल पुगेको थियो। मृत चितुवालाई प्रहरीले डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ।

Read More

धनगढी : अछामका एक युवकले भारतमा आफ्नै श्रीमतीको योनिमा छेडेर ताला लगाएको घटना बाहिरिएको छ । भारत महाराष्ट्र पिंपरी चिन्चवाडमा बस्ने अछामको ढकारी गाउँपालिकाको वडा नम्बर–१ बाझकोटका उपेन्द्र हुड्केले श्रीमतीको योनि छेडेर ताला लगाएका हुन् । विभिन्न आरोप लगाउँदै आक्रोशित बनेका उपेन्द्रले श्रीमतीको गुप्ताङ्गमा ताला लगाएको खुलेको त्यहाँ रहेको नेपालीहरुले बताएका छन् । घटनाको १५ दिनपछि महिलाको पुरै शरीर सुन्निएपछि अस्पतालमा पुर्याउँदा घटना सार्वजनिक भएको हो । उपचारका लागि पुणेको पिंपरी चिन्चवड थेर गाउँ हस्पिटलमा लगिएपनि हष्पिटलले थप उपचारका लागि त्यहाँको अर्को आईसीएम हस्पिटलमा पठाएको छ। घटनापछि श्रीमान फरार रहेको अवस्थामा अखिल भारत नेपाली एकता मञ्च पिञ्परी चिन्चवड नगर समितिले…

Read More

धनगढी : बाजुरामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-६ सायल घर भई बडीमालिका नगरपालिका-८ मार्तडी बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको हो । बुधबार काफल टिप्न गएकी उनी राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा नेपाली सेनाको दुर्गा भञ्जन गुल्म व्यारेक नजिक रहेको तिलेचौरमा काफलको रुखबाट खसेर मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरको हुलाकी सडकमा बिस्फोट भएको छ । हुलाकी सडक अन्तरगत पुनर्वास नगरपालिका – १ ढक्कामा बिस्फोट भएको हो । बिस्फोटपछि सडकमा खाल्डो परेको छ । स्थानीयले बिस्फोट भएर धुवाको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बम विस्फोट भएको हो वा अन्य कुनै कारण हो भन्ने बारेमा अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेपाली सेनाका पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । नेपाली सेनाका अनुसार थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

Read More