Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको टीकापुर नगरपालिका उपपमुख खडकबहादुर शाहलाई निलम्बन गरिएको छ । टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरि जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले फागुन १८ गते निलम्बन गरेको हो। नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले उपमेयरलाई निलम्बन गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए । अख्तियारको पत्रमा स्वतः निलम्बन हुने लेखिएपछि कार्यपालिकाले निणर्य गरी पठाएको उनले बताए। यसअघि नै अख्तियारले टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। हालका…

Read More

धनगढी : दैलेखमा नेकपा एकीकृत समाजवादी नेकपा एमालेमा समायोजन भएको छ। एसका केन्द्रीय कमिटी सदस्य, कर्णाली प्रदेश कमिटी सदस्य जिल्ला कमिटी उपाध्यक्ष, जिल्ला सदस्य ,नगर कमिटी, गाउँ कमिटी र वडा कमिटीहरु समायोजन भएका छन् । आईतबार नेकपा एमाले दैलेखका अध्यक्ष सुर्य बहादुर शाहीको अध्यक्षमा र कर्णाली प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट को प्रमुख आतिथ्यमा दुल्लुमा भएको पार्टी आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी दैलेख जिल्लामा रित्तिएको छ । कार्यक्रममा दुई जना केन्द्रीय सदस्य सहित झण्डै २ सय १० जनाबढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । उनीहरूलाई नेकपा एमाले सचिव एवंम् कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्टले स्वागत गरेका थिए ।

Read More

कञ्चनपुर : बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ । ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ । चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्व राख्दछ । ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ । ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन् ।…

Read More

काठमाडौं : प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बेरोजगारीदेखि कालो धनको विषयवस्तुलाई उठान गरिएको छ। कालो धन लुकाउन नेताहरुले बेरोजगार युवाहरूलाई कसरी प्रयोग गर्छन् भन्ने कुरा ट्रेलरमा समेटिएको छ। कमेडी संवादहरुले ट्रेलरलाई रोचक बनाएको छ। यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, हरिवंश आचार्य, शिशिर बाङ्देल, दिव्य देव, रविन्द्र झा, राजाराम पौडेल लगायतको अभिनय छ। प्रदीपकै लेखन रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्म फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शन हुनेछ।

Read More

काठमाडौँ : कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा उनीहरुविरुद्ध बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । आयोगका अनुसार लेखापढी गर्ने पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएका थिए । आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा…

Read More

धनगढी: कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकास्थित वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह रानासहितका ६ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले उनीहरुलाई पक्राउ गरिएकोमा आज (आइतबार) अदालतबाट म्याद थपसमेत गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बेलडाँडीले मुद्दा चलाएको थियो। उनीहरूलाई बेलौरी नगरपालिका- ९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। वडाध्यक्षसँगै स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरिएको डीएसपी डाँगीले बताए। कार्तिक २४ गते झुन्डिएको अवस्थामा फेला परेका रानाका बुबाले कर्तव्य…

Read More

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो ।नेदरल्यान्ड्सका…

Read More

धनगढी : अछामको वैद्यनाथ धाममा आगलागी भएको विषयमा आयोजक समितिले मुख खोलेको छ। हिजो (शनिबार) वैद्यनाथ धाममा जारी कोटीहोम महाय‍ज्ञको हवनकुण्डमा आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले कुण्डमा जलाइएको आगोको झिल्कोले सल्किएर कुण्डमा आगलागी भई जलेर खरानी भएको महेन्द्रनगरपोष्टलाई बताएका थिए। उनका अनुसार व्यवस्थापनमा कमजोरी भएका कारण आगलागी भएको थियो। तर आयोजक समितिले भने कमजोरी स्वीकार्ने भन्दा स्वयं वैद्यनाथ बाबाले नै आगो लगाएकोजस्तो अभिव्यक्ति दिएका छन्। वैद्यनाथ कोटिहोम महायज्ञ, मुल आयोजक समितिका उपाध्यक्ष कुलबहादुर कुँवरले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले धाम र कोटिहोमको प्रचार नभएको अवस्थामा बाबा वैद्यनाथले नै आगोको झिल्को सल्काएर भाइरल बनाइदिने काम गरेको बताए।…

Read More

धनगढी : शनिबार राति ९ बजेतिर सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना मन्त्री नियुक्त भएको भन्दै बधाईको हल्ला फैलियो। रातभर बेलबहादुर मन्त्री भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा बधाई दिनेहरूको ओइरो नै लाग्यो। उनका आफन्त र कार्यकर्ताहरुबीच बधाई दिन प्रतिस्पर्धा चल्यो।बर्खाको भेलजस्तै बेलबहादुरलाई बधाईको खहरे खोला नै उर्लियो। भन्नेहरुले त उनको गाउँमा खसी नै ढालिएको पनि भनेका छन्। तर, उनलाई बधाई दिने पहिलो व्यक्ति थिए, गगनसिंह ठकुरी। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त भएको भन्दै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बेलबहादुर यतिबेलासम्म…

Read More

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। यसैबीच, प्रहरीले किटानी जाहेरीको आधारमा २ जनालाई पक्राउ नै गरेको जानकारी दिएको छ। आफन्तले केही व्यक्तिको नामसहित जाहेरी दिएकोमा अहिलेसम्म २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार पक्राउ पर्नेमा स्थानीय भरत चन्द र दिपकराज जोशी रहेका छन्। यस्तै प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट कुरिरहेको र थप अनुसन्धान भैरहेको जनाएको छ। पीडितका आफन्तले बिष्टको शव फेला परेपछि हत्याको आशंका गर्दै अनुसन्धानको माग गरेका थिए। एक…

Read More