Author: महेन्द्रनगर पोष्ट

धनगढी : गायक तथा मोडल दुर्गेश थापा बेला–बेलामा चर्चामा आइरहन्छन् । कहिले गीतमा भद्दा शब्द प्रयोग गरेर चर्चामा आएका थिए भने कहिले भिडियोमा उच्छृंखल दृश्य राखेर । यसपटक भने दुर्गेश चर्चामा आउनुको कारण नितान्त फरक छ । त्यो हो, जुत्ता प्रहार । अस्ति शनिबार दुर्गेश स्याङ्जा पुगेका थिए । त्यही साँझ उनको कन्सर्ट थियो वालिङ महोत्सवमा । आयोजक थियो, उद्योग वाणिज्य संघ । महोत्सवको अन्तिम दिन भएर होला, अस्ति अरु दिनभन्दा दर्शकहरुको उपस्थिति बाक्लो थियो । साँझ करिब ७ बजेतिर उनको प्रस्तुति सुरु भयो । त्यतिन्जेलसम्म सबै ठिकै थियो । तर स्टेजमा उक्लिएर प्रस्तुति सुरु गरेको आधा घण्टापछि अचानक दुर्गेशलाई…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ। छात्रवृत्तिका लागि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका जेहेन्दार, गरिब र विपन्न परिवारका एमबिबिएस पढ्न इच्छुक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए। नगरपालिकाको एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० को दफा ५ मा भएको व्यवस्थाअनुसारका कागजातसहित निवेदन दिन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको उनले जानकारी दिए। आव २०८०/८१ को नगर सभाबाट स्वीकृत बजेटअनुसार एमबिबिएस पढ्ने विद्यार्थीका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको…

Read More

काठमाडौ : नेपालले क्यानडाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ। यसअघि सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो। नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे। अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन्।…

Read More

काठमाडौँ : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए। उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे। उनले भने,‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन…

Read More

काठमाडौं : टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको भिडियोलाई लिएर अहिले निकै चर्चा परिचर्चा भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन्। उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन्। अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट भएको थियो। मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन्। यो भाइरल भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्नखाले टिप्पणी गरिरहेका छन्। एलिना चौहानका पूर्वप्रेमी समेत रहेका बिष्णु र पविको भिडियो भाइरल भएपछि उनलाई गाली गर्ने पनि उत्तिकै छन्। तर, यसबीच, मिस पबीले सोमबार फेसबुकबाट…

Read More

काठमाडौं : कञ्चनपुरको महेन्द्रनगर बजारमा माघ १० गते एक महिला हवल्दारले बीच सडकमै पार्किङ गरिएको गाडी(स्कोरपियो) लाई नियन्त्रणमा लिन खोजेकी थिइन्। तर, उक्त स्कोरपियोका मालिक तेजबहादुर चन्दले ‘एसपी’(कञ्चनपुरका प्रहरी प्रमुख कमल थापा) को गाडी हो भन्दै धम्काएका थिए। त्यति मात्रै होइन उनले महिला हवल्दारमाथि हातपात नै गरेको आरोप लागेको थियो। पछि त्यो बिएसी ६७२० नम्बरको स्कोरपियो रोकिएको प्रकरणमा प्रहरी अधिकृतहरुले आफूलाई हपारेको उनको गुनासो छ। १६ वर्षदेखि प्रहरीमा कार्यरत उनलाई केही समयअघि उत्कृष्ट प्रहरीको पुरस्कार दिएको थियो। तर, आफूमाथि अन्याय भएको बेला प्रहरी अधिकारीहरुले मुख मोडेको उनको गुनासो छ। उल्टै ‘बाहिर भने’ कारबाही गर्ने चेतावनीसहित उनलाई स्पष्टीकरण सोधिएको थियो। आफ्नो…

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा रहेको भीमदत्त बहुमुखी क्याम्पसमा सरसफाई गरिएको छ। भीमदत्त बहुमुखी क्यामपस र नेपाल विद्यार्थी संघ डडेल्धुराको संयुक्त आयोजनामा सरसफाई गरिएको हो। उक्त सरसफाई कार्यक्रममा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराको सहयोग रहेको थियो। सरसफाई कार्यक्रमअन्तर्गत भीमदत्त बहुमुखी क्याम्पस परिसर, कक्षा कोठा लगायत बजारदेखि भीमदत्त बहुमुखी क्याम्पससम्म जाने पैदल बाटो पनि सरसफाई गरिएको नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए। सरसफाई कार्यक्रममा भीमदत्त बहुमुखी क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी र नेपाल विद्यार्थी संघ डडेल्धुराका पदाधिकारीको उपस्थिति रहेको उनले बताए। ऐरकाअनुसार बागबजारस्थित फोहोर भीमदत्त बहुमुखी क्याम्पसतर्फ फाल्न लागिएकाले त्यसको दिगो व्यवस्थापनका लागि अमरगढी नगरपालिका र…

Read More

काठमाडौं : तेस्रो एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोड्यो। क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। नेपालका लागि एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका धामीले चोटका कारण यू-१९ गुमाएका थिए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका…

Read More

काठमाडौं : दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ। अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो। उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए। उनी चढेको कार पनि जलेको छ। कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ। मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए। उनको स्टाटस जस्ताको तस्तै- प्यारी श्रीमती तारा,धेरै धेरै माया!आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि…

Read More

धनगढीः धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) का प्राध्यापक डिल्लीराज भण्डारीविरुद्ध अनुसन्धान सुरु भएको छ। हिजो पीडित छात्राले जाहेरी दिएको र मुद्दा दर्ता भएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीला डीएसपी कुलदिप चन्दले जानकारी दिए। क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्ववहार गरेको पीडित छात्राले आरोप लगाएकी छन्। ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुर्ववहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो। र, यो पनि : धनगढीको एसपीएका प्राध्यापक भण्डारी पक्राउ, ‘टुर’मा दुर्व्यवहार गरेको आरोप

Read More