Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।   कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

Read More

पाल्पा : पाल्पामा मंगलबारअपराह्न भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ। ​ ८ जनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो। तिनाउ गाउँपालिका–६ मस्यामका २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, ६० वर्षीया यनकुमारी पन्त र ६७ वर्षीय कृष्णबहादुर अस्लामीको मृत्यु भएको हो। यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र श्रीमती ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो। तिनाउ गाउँपालिका–२ खुर्सानेकी २० वर्षीया गीता सुनार, रूपन्देही देवदह नगरपालिका-५ की २९ वर्षीया दिलमाया जिसी, रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ६५ वर्षीया दिलकुमारी सुनार र ६६ वर्षीया विष्णुकला कामीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी…

Read More

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् ।  काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंहले राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा सन्तोष खड्कालाई पठाएको छन् । त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ । सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब–भत्ता नयाँ दरबन्दी…

Read More

धनगढीः कञ्चनपुरमा अवैध प्याजसहित मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो (मंगलबार) सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) र त्यहाँको स्थानीय प्रहरीले बेवारिसे अवैध सामान बरामद गरेको हो। प्रहरीका अनुसार लालझाडी गाउँपालिका १ मा ३ क्विन्टल प्याज र ३ बाइक बरामद गरिएको हो। अहिले सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धनगढीमा २९ औं जनयुद्ध दिवस मनाएको छ । क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पसद्वारा संयुक्तरुपमा धनगढीको पार्कमोडमा दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा अखिल क्रान्तिकारीका प्रदेश कमिटी अध्यक्ष दिपक डिसि, माओबादी केन्द्र प्रदेश कमिटी सदस्य निर्मल शाह, अखिलका प्रदेश कमिटि उपाध्यक्ष गोकुल बिसि, माओबादी केन्द्रका युवा नेता ललित खत्री लगायतको उपस्थिती रहेको थियो ।

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीलाई खुशी पार्न नगरपालिकाको सरकारी स्कुटर घरमा लगेका छन् । नगरपालिकाको सरकारी नम्बर प्लेट भएको सु.प. प्र.०१–००१ ब २०५९ नम्बरको स्कुटर आफ्नी श्रीमतीलाई दैनिक कामकाजमा सजिलो होस भन्ने उद्देश्यले नगरप्रमुख रावतले घर लगेका हुन । मंगलबार बिहान छोरालाई विद्यालय पुराउन स्कुटरमा जान लागेकी उनकी श्रीमती यमुना रावतलाई हामीले बुझ्दा ‘आफ्नो सजिलोका लागि नगरप्रमुखले घरमा स्कुटर ल्याइदिएको’ बताइन् । त्यस्तै छोराको उपचारका लागी भन्दै आइतबार सो स्कुटर चलाएर नगरप्रमुख रावतकी श्रीमती घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पताल पुगेकी थिइन । नगरप्रमुख रावतकी श्रीमती बिमा अभिकर्ता समेत भएका कारण बिमा पोलिसी खोज्न समेत…

Read More

धनगढी : धनगढीमा जनप्रतिनिधिबिच नै समन्वय नभएको उनीहरूले बताएका छन् । धनगढीमा मंगलबार एकाउण्टीबिलीटि ल्याब नेपालले गरेको निर्णायक तहमा सीमान्तकृत समुदायको पहुँच र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताए । अझै पनि कुनै पनि काम गर्दा जनप्रतिनिधि बिच नै समन्वय हुन नसक्दा सीमान्तकृत समुदायका समस्याहरू ज्यूका त्यू रहने गरेको कार्यक्रमका सहभागीले बताएका हुन् । धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य चक्र बहादुर नेपालीले अझै पनि निर्णायक तहमा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता नभएको बताएका छन् । २२ महिना २९ ओटा कार्यपालिका बैठक भएको बताउँदै उनले अहिले विकास भनेको धनगढीमा भौतिक संरचना मात्रै भएको बताएका छन् । वर्षमा २ वटा सभा हुन्छ धनगढी…

Read More

काठमाडौं : सत्तामा जोसुकै आएपनि सूचना प्रविधिकसम्बन्धि ठूला ठेक्का हात पार्दै आएका दुई व्यक्तिलाई अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई आयोगले बुधबार पक्राउ गरेको हो। दुवै जना आइटी माफियाका रुपले बदनाम छन्। यसअघि अख्तियारले नै उनीहरुविद्धर छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। उनीहरुले थप भ्रष्टाचारजन्य गतिविधि गरेको सूचनाका आधारमा आयोगले पक्राउ गरेको हो। उनीहरुले विदेशी मुद्राको अवैध कारोबार गरेको, विदेशको पिआर लिएको लगायतका अभियोग छ। आयोगले जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘ नेपाल टेलिकमका हाल निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका…

Read More

धनगढी : लोकसेवा आयोगको परीक्षा पास गरेर यहाँका एक दम्पती एकैपटक शाखा अधिकृतमा सिफारिस भएका छन् । धुर्कोट गाउँपालिका-६ का सुरेन्द्र पाण्डे र श्रीमती रमिता विष्टले एकैपटक लोकसेवा पास गरेर शाखा अधिकृत पदमा सिफारिस भएका हुन् । आयोगले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार सुरेन्द्र लेखापरिक्षण र रमिता सामान्य प्रशासन सेवामा सिफारिस भएका छन् । २०७४ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका सुरेन्द्र गत वर्ष नायब सुब्बामा बढुवा भएका थिए भने रमिता २०७६ मा खरिदारबाट निजामती सेवा प्रवेश गरी गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नासुमा सिफारिस भएकी थिइन् । उनीहरुसँगै यो वर्ष गुल्मीबाट एकैपटक १३ जनाले शाखा अधिकृतमा नाम निकालेका छन् । मंगलबार…

Read More

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ट्राफिक नियन्त्रण तालिम १५०औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । साथै उनले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउँदै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमताको कार्यान्वयनमा कटिवद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले…

Read More