Author: महेन्द्रनगर पोष्ट

धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिठाई बाँड्ने घोषणा गरेका छन्। पार्टीको मधेश प्रदेश समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले आफ्ना पूर्वसहकर्मीसमेत रहेका ओलीलाई व्यंग गर्दै त्यस्तो बतााएका हुन। अध्यक्ष नेपालले ओली सुध्रिने कुनै सम्भावना नरहेको पनि दाबी गरे। अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको उनको भनाइ थियो। ‘ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन। ओली सुध्रिए भने म मिठाई बाँड्छु,’ उनले भने।

Read More

धनगढीः कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्री भएपछि एक वर्षमा २२ पटक काठमाडौं आउजाउ गरेको खुलेको छ। मुख्यमन्त्री शाह कहिले त एक महिनामै ३ पटकसम्म संघीय राजधानी पुगेको पाइएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री शाहले काठमाडौँ आउजाउमा एक वर्षमा साढे ८ लाख रुपैयाँ खर्च गरेका छन्। २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा पदभार ग्रहण गरेका थिए। पदभार ग्रहण गरेको भोलिपल्ट २८ माघदेखि काठमाडौ आउजाउ थालेका मुख्यमन्त्री शाहले दैनिक भत्ता र हवाइजहाज भाडा शीर्षकमा ५ लाख ५६ हजार रुपैयाँ खर्च गरेका छन् भने उनको निजी सचिवालयमा कार्यरत कर्मचारीको भत्तामा २ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ। २०७९ मंसिरमा,…

Read More

धनगढी : काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन् । ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका दिपेश प्लम्बर हुन् । माघ २७ मा टोखा नगरपालिका–६ धापासीस्थित जस्ताको टहरोमा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा उनीसँगै काम गर्ने मजदुरले हत्या गरेको थाहा भएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । हत्यामा संलग्न आरोपी १८ वर्षका विकाश मृतककै गाउँले हुन् । प्लम्बर पेसामा आफूलाई सहयोग गर्नेगरी विकाशलाई उनले गाउँबाट ल्याएर सँगै राखे । महिनामा १५ हजार ‘तलब दिन्छु’…

Read More

धनगढी : बझाङको बुगंल नगरपालिकाले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। नगर प्रमुख जयबहादुर धामीले प्रतियोगितामा सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन्। रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई जनही १० हजार, रजत पदक जित्नेलाई जनहि ५ हजार र कास्यँ पदक जित्नेलाई जनहि तीन हजारका दरले नगर पुरस्कार दिने घोषणा गरेका छन् । यस्तै नगरप्रमुख धामीले १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुगंलमा आयोजना गर्ने घोषणा गरेका छन् । पहिलोपटक बुगंलले १४औं राष्ट्रपति रनिङ शिल्डमा १३ स्वर्णसहित बुगंल नगरपालिकाले उपाधि जितेको थियो…

Read More

डडेल्धुराः कञ्चनपुरमा प्रहरी संगठनभित्रको बेथितिबारे आवाज उठाएकै भरमा शनिबार दुई पत्रकार पक्राउ परे। सुरुमा प्रहरीले माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्टलाई पक्राउ ग¥यो। पहिले प्रहरीले उनी पक्राउ पर्नुको कारण खुलाएन। तर, केही समयपछि विद्युतीय कारोबार सम्बन्धी मुद्दा देखायो। त्यसको केही समयमै अर्की पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेको खबर आयो। आफ्नो फेसबुक पेज तथा म्यासेन्जर लगायत सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने विद्युतीय कारोबार ऐन अन्र्तगतको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको थियो। पत्रकार भट्ट र कुँवर कञ्चनपुरमा प्रहरी संगठनभित्रको बेथितिबारे आवाज उठाइरहेका थिए। तर, प्रहरी संगठनकै छवि धुमिल्याउने कर्मचारीको संरक्षण गरेर प्रहरी प्रशासन पत्रकारहरुसँग पैठेजोरी खेलिरहेको छ। के हो घटना ?करिब…

Read More

धनगढी : सर्वोच्च अदालतको आदेशपछि संघीय सरकारले जनयुद्ध दिवसु मा फागुन १ गते दिइँदै आइएको बिदा कायम नरहेको सूचना जारी गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्। संघीय सरकार नेकपा (माओवादी केन्द्र) कै नेतृत्वमा छ। मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन्। सर्वोच्च अदालतले पुस १३ गते अबदेखि जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो। सर्वोच्चको आदेशपछि संघीय सरकारले जनयुद्ध दिवसमा बिदा नदिएको…

Read More

धनगढी : गायक तथा मोडल दुर्गेश थापा बेला–बेलामा चर्चामा आइरहन्छन् । कहिले गीतमा भद्दा शब्द प्रयोग गरेर चर्चामा आएका थिए भने कहिले भिडियोमा उच्छृंखल दृश्य राखेर । यसपटक भने दुर्गेश चर्चामा आउनुको कारण नितान्त फरक छ । त्यो हो, जुत्ता प्रहार । अस्ति शनिबार दुर्गेश स्याङ्जा पुगेका थिए । त्यही साँझ उनको कन्सर्ट थियो वालिङ महोत्सवमा । आयोजक थियो, उद्योग वाणिज्य संघ । महोत्सवको अन्तिम दिन भएर होला, अस्ति अरु दिनभन्दा दर्शकहरुको उपस्थिति बाक्लो थियो । साँझ करिब ७ बजेतिर उनको प्रस्तुति सुरु भयो । त्यतिन्जेलसम्म सबै ठिकै थियो । तर स्टेजमा उक्लिएर प्रस्तुति सुरु गरेको आधा घण्टापछि अचानक दुर्गेशलाई…

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ। छात्रवृत्तिका लागि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका जेहेन्दार, गरिब र विपन्न परिवारका एमबिबिएस पढ्न इच्छुक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए। नगरपालिकाको एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८० को दफा ५ मा भएको व्यवस्थाअनुसारका कागजातसहित निवेदन दिन सार्वजनिक सूचनामार्फत आह्वान गरिएको उनले जानकारी दिए। आव २०८०/८१ को नगर सभाबाट स्वीकृत बजेटअनुसार एमबिबिएस पढ्ने विद्यार्थीका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको…

Read More

काठमाडौ : नेपालले क्यानडाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ। यसअघि सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो। नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे। अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन्।…

Read More

काठमाडौँ : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए। उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या १ देखि २९ सम्मको संशोधनहरु सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे। उनले भने,‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विधायन व्यवस्थापन…

Read More