धनगढी : बझाङको बुगंल नगरपालिकाले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
नगर प्रमुख जयबहादुर धामीले प्रतियोगितामा सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन्।
रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई जनही १० हजार, रजत पदक जित्नेलाई जनहि ५ हजार र कास्यँ पदक जित्नेलाई जनहि तीन हजारका दरले नगर पुरस्कार दिने घोषणा गरेका छन् ।
यस्तै नगरप्रमुख धामीले १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुगंलमा आयोजना गर्ने घोषणा गरेका छन् ।
पहिलोपटक बुगंलले १४औं राष्ट्रपति रनिङ शिल्डमा १३ स्वर्णसहित बुगंल नगरपालिकाले उपाधि जितेको थियो ।
Facebook Comments Box