Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी समेत दिएकी थिइन् । प्रहरी नियन्त्रणमा रहेका गायक ओड चाहिँ अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए ।

Read More

धनगढी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ कि ४० वर्षीया जयन्ती मडैको मृत्यु भएको हो। सोमवार करिब ९ बजे तिर रिसेडि भिरबाट खसेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। प्रवक्ता प्रहरी निरीषक पाण्डेयका अनुसार घास काट्न गएकि जयन्तीको रिसेडि भिरबाट घासको भारी बाद्ने क्रममा लडेर मृत्यु भएको हो। उनी भिरबाट करिब ६० मिटर तल तिमिले खोलामा खसेकी थिइन्।

Read More

काठमाडौं: सशस्त्र प्रहरी हेडक्वार्टरले शुक्रबार रूपन्देहीको २७ नम्बर गणका डिएसपी विश्वराम पाण्डेको सरुवा गरेको छ। उनलाई २४ घण्टाभित्रै झापामा हाजिर हुन जानेगरी बाटो तताउन आदेश दिइएको हो। पाण्डेले आचरणविपरीत कार्य गरेको र गणपति एसपी आनन्द थापालाई समेत साथ दिएको भन्दै काज सरुवा गरिएको हो। एसपी थापा केही साताअघि मात्रै सो गणमा सरुवा भई गएका थिए।अहिले डिएसपी पाण्डेलाई कमल तिम्सिनाको कमाण्डमा रहेको तालिम केन्द्रको सहायक बनाइएको छ।

Read More

धनगढीः कैलालीको जोशीपुर गाउँपालिकाले असार २१ गते एमबुलेन्स सञ्चालनका लागि एम्बुलेन्स चालक राख्न विज्ञापन खोल्यो। एक जना एम्बुलेन्स चालक पदपुर्ति गर्न विज्ञापन गरिएको हो। विज्ञापन अनुसार प्रारम्भिक वर्णानुक्रम अनुसार छोटो सूचिमा ७ जनाको नाम प्रकाशित गरिएको थियो। असार २८ गते पालिकाले उमेद्वारहरुको लिखित, प्रयोगात्मक र अन्तरवार्ताका लागि उत्तीर्ण भएको जानकारी गराउँदै अनिलकुमार चौधरी, प्रवेश चौधरी र भीमलाल चौधरी गरि ३ जनाको नाम प्रकाशित गरेको थियो। परीक्षामा उमेद्वारको प्रयोगात्मक, अन्तरवार्ता र लिखित परीक्षाको प्राप्ताङ्कको आधारमा योग्यता कायम हुन आएका तीन जनामध्ये प्रवेशकुमार चौधरी सिफारिस योग्यताक्रममा छनौट भएका थिए भने अनिलकुमार चौधरी बैकल्पिक योग्यताक्रममा छनौट भए। भीमलाल चौधरी भने छनौट हुन सकेनन्।…

Read More

धनगढी: कैलालीको धनगढीमा २ जना कमिसनखोर कर्मचारी समातिएका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयको टोलीले उनीहरूलाई समातेको हो। यसरी समातिनेमा दार्चुलाको शैल्यशिखर नगरपालिकाकाका कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी रहेका छन्। उनीहरूबाट ४ लाख १२ हजार रुपैयाँ र ४५ लाख बढीको चेक बरामद गरिएको बताइएको छ। उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो। स्रोतका अनुसार उनीहरुले पालिकाको कृषक समूहको १ करोड बढीको सामान खरिदको बिल भुक्तानीका क्रममा सो घुस रकम मागेका थिए।उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय लगिदैँछ।

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी नवीन कार्की खटिएका छन्। सल्यानमा कार्यरत कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरी प्रधानमन्त्रीको सुरक्षा अधिकृत बनाएको हो। सल्यानमा भने डीएसपी केशर न्यौपानेलाई पठाइएको छ। उनी पर्सामा कार्यरत थिए। कार्कीसँगै इन्स्पेक्टर माधव केसी पनि प्रधानमन्त्रीको सुरक्षा टिममा खटिएका छन्।

Read More

धनगढी : बझाङमा दुई बालिका करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । जिल्लाको जयपृथ्वी नगरपालिका-१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका हुन। बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका-७ का ५१ वर्षीया धनबहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए। रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए।

Read More

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै काम नगर्ने छुट नभएको बताएका छन् । सोमबार मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पदभार ग्रहण गर्दै आफूलाई काम नगर्ने छुट नभएको बताएका हुन् । मन्त्री भण्डारी तेस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भएका हुन् । यसअघि गत फागुनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका भण्डारी पुन सोही मन्त्रालयमा चौथोपटक मन्त्री भएका हुन् । मन्त्री भण्डारीले भने, ‘अब काम नगर्ने छुट छैन् । काम गर्नैपर्ने बाध्यता छ । मलाई फेरि उद्योग मन्त्रालयको जिम्मेवारी दिनुको कारण छ । मैले यस मन्त्रालयको महत्त्व र जिम्मेवारी बुझेको छु । त्यसैले मेरो…

Read More

धनगढी : बझाङको खप्तड छान्ना गाउँपालिकाका २० वर्षीय राजेन्द्र सार्की असार २४ गतेदेखि हराइरहेका छन्। उनलाई अन्तिम पटक बझाङबाट धनगढी तर्फ जाने बसमा देखिएको थियो। राजेन्द्रको मानसिक अवस्था कमजोर भएकाले उनको खोजी कार्यमा कठिनाई भइरहेको छ। परिवारजनले उनको सुरक्षित खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन्। राजेन्द्रलाई देखेमा वा सम्बन्धित कुनै जानकारी प्राप्त भएमा, निम्न सम्पर्क नम्बरमा तुरुन्तै जानकारी गर्न अनुरोध गरिएको छ । सम्पर्क नम्बर : ९७६९९६५७१५

Read More

धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयमा कार्यान्वयनमा सहयोग नगरेको गुनासो गरिएको छ । राजनीतिक समीकरण फेरिएसँगै नेकपा एमाले सरकारबाट बाहिरिएपछि अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पास हुन सकेको छैन । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको जारी बजेट अधिवेशन अन्त्य गरेको अध्यायदेशमार्फत बजेट ल्याउन खोजेका छन् । त्यसका लागि मन्त्रिपरिषद्बाट प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गराएर सोडारीले प्रदेश प्रमुख मियाँलाई पत्राचार गरेका छन् तर प्रदेश प्रमुख नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा सहभागी हुन काठमाडौँ हिडेपछि अधिवेशन…

Read More