Author: महेन्द्रनगर पोष्ट

काठमाडौं । चर्चित गायिका एलिना चौहानको आज बिबाह हुदैँछ । परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ ।मंगलबार उनले मेहन्दी समारोह गरेको तस्विर तथा भिडियो सार्बजनिक भइसकेको छ भने बागलुङबाट जन्ती मंगलबार नै झापा पुगिसकेका छन । हाल अष्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन ।

Read More

काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज १ डलरको भाउ अर्थात बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जाएको छ । हिजो १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा थियो । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा हुन्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने डलरको भाउ बढेको बेला फाइदा हुन्छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि कमजोर बन्दै गएको छ ।…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिका आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ। महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा वैशाख महिनाभरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ। स्तन, पाठेघर मुखको क्यान्सर र प्रजनन रुग्णता ९अस्वस्थ्यता० सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्न लागिएको हो।

Read More

काठमाडौं । आज देश विदेशमा रामनवमी पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।

Read More

काठमाडौ । एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेयिबा सँग खेल्ने भएको छ ।ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने नेपाल र साउदी अरेबिया बिचको खेल बिहान ११ः४५ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यो खेल जितमा सेमिफाइनलमा पुग्ने छ । त्यस्तै आजै हङकङ र मलेसिया पनि खेल्दै छन । अहिले मलेसिया…

Read More

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम क्षेत्र न: २ का लागि एक लाख २८ हजार र बझाङ क्षेत्र नः १ प्रदेश सभा क का लागि ६८ हजार मतपत्र छापिएको छ ।इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन भने बझाङमा ६१ हजार ७४ मतदाता रहेका छन । इलाम क्षेत्र न:२ मा १९ र बझाङ क्षेत्र नः १ प्रदेश सभा क मा ११ उमेदवार छन ।

Read More

आज मिति २०८० साल वैशाख ५ गते बुधवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल नवमी तिथी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक…

Read More

धनगढी : दार्चुलाको अपी हिमाल गाउँपालिकामा चार दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढीको सीपि अस्पतालले दार्चुलाको दुर्गम गाउँपालिका अपि हिमालमा चार दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो। अस्पतालका अनुसार चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म ६ सय ९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा चार सय ६५ महिला र २ सय २९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन्। अस्पतालका अनुसार चैत ३० गते पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उत्त क्षेत्रका ६५ महिला र ४२ पुरुषले उपचार सेवा लिएका छन्। एक सय सात जनाले पहिलो दिनको शिविरमा स्वास्थ्य उपचार…

Read More

काठमाडौं : नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बनेको छ। सोमबार नै सेमिफाइनल पुगेको नेपालको मंगलबार समूह विजेता पक्का भएको हो। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। नेपालले बुधबार साउदी अरेबियासँग खेल्दैछ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २(२ अंक जोडेका छन्। समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ। १० टिम सहभागी कपको आयोजक ओमान…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध अदालत जाने बताएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका दुवै जनाको दाबी नपुगेको भन्दै प्रदेश प्रमुख मियाँले मंगलबार संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दुई दिनको समय दिएर पुनः आह्वान गरेका छन् । प्रदेश प्रमुखले आह्वान गरे लगत्तै कांग्रेस र नाउपाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै निर्णय सच्याउनुपर्ने माग गरेका छन् । कामचलाउ सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले चालेका…

Read More