काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ।
प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम क्षेत्र न: २ का लागि एक लाख २८ हजार र बझाङ क्षेत्र नः १ प्रदेश सभा क का लागि ६८ हजार मतपत्र छापिएको छ ।
इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन भने बझाङमा ६१ हजार ७४ मतदाता रहेका छन । इलाम क्षेत्र न:२ मा १९ र बझाङ क्षेत्र नः १ प्रदेश सभा क मा ११ उमेदवार छन ।
Facebook Comments Box