Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पाएकी उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ।

Read More

डोटी, डोटीमा आगोले जलेर घाइते एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिवार शिखर नगरपालिका वडा नम्बर ४ सेलपुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी जंगलमा लागेको आगोले जलेर गम्भिर घाइते भएकी थिइन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार दिउँसो करिब ४ बजेतिर पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्ने क्रममा उनी जलेर घाइते भएकी थिइन ।गम्भिर घाइते भण्डारीको राजपुर स्थित सुजङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा लगिएको र राति १ बजेतिर अस्पतालले भण्डारीको मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Read More

डोटी । बिहीबार सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन सुदूरपश्चिममा एक हजार २१ विद्यार्थी अनुपस्थित भएका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार नियमिततर्फ ८४३ र ग्रेड वृद्धितर्फ १७८ विद्यार्थी अनुपस्थित भएका हुन् । नियमितमा साधारणतर्फ ८३७ र प्राविधिकतर्फका ६ जना विद्यार्थी पहिलो दिनको परीक्षामा सहभागी भनन् । परीक्षामा अनुपस्थित हुनेमा छात्रा ५१० र छात्र ५११ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० विद्यार्थीले परीक्षा फाराम भरेका थिए । जसमा २७ हजार २४४ छात्र र २७ हजार ७६६ जना छात्रा थिए । अपाङ्गता भएका ११ परीक्षार्थीएसईईमा सहभागी विद्यार्थीमध्ये ११ जना अपाङ्गता भएका रहेको निर्देशनालयले…

Read More

कञ्चनपुरः कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा आज (बिहीवार) दिउँसो पक्राउ परेका परेका हुन्। बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

Read More

 धनगढी : सशस्त्र प्रहरी बल, नेपालले एकैपटक दुई हजार १५६ जवानको सरुवा गरेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको हो । सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ जवानहरुलाई चैत्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा राशन समेत पाउने गरी सरुवा गरिएको बताइएको छ । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आ-आफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक व्यहोरा जनाई दिनहुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ । सोर्स फोर्सको भरमा १० वर्षभन्दा बढी एकै ठाउँमा बसेका जवानहरुलाई पनि सरुवा गरिएको…

Read More

धनगढी : डिभिजन वन कार्यालय डडेल्धुरामा नवदुर्गा गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोगटी र उनका श्रीमान् समेत रहेका अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर बिष्ट र परिवारकै सदस्य दिनेश बिष्टको नाममा उजुरी परेको छ। उपाध्यक्ष बोगटी परिवारले नवदुर्गा गाउँपालिका– ४ गिल्लामा अवैध काठ काटेको उजुरी परेको हो। उपाध्यक्ष बोगटीले अवैध काट काटेको भन्दै उजुरी परेको डिभिजिन वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहले बताए। उनका अनुसार, डिभिजन वन कार्यालय डडेल्धुराले ४गोलीया चिरान काठ १ सय ४४ थान सल्लाको, गोलीया १ थान , चिरान १ सय ५५ थान सालको काठ बरामद समेत गरेको छ। सामुदायिक वन वा निजी वनमा रहेको काठ काट्न वन कार्यालयले…

Read More

काठमाडौं : नेपाल प्रहरीका १३०६ जना सहायक हवल्दारको बढुवा तथा पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयमा रहेको मानव स्रोत विकास विभागका अनुसार बिहिवार उक्त संख्यामा बढुवा तथा पदस्थापन गरिएको हो । सूची https://drive.google.com/file/d/1ldZbSyywyK–kmWA91sikgr0WbD3BVrC/view

Read More

धनगढीः बहुविबाह मुद्दाका धनगढीको फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका-१५ उर्माका ३५ वर्षीय कुबेर चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी-२ ट्राफिक चोकबाट पक्राउ गरेको जनाएको छ। फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालत समक्ष पेश गरेको छ।

Read More

धनगढी : सुदूरपश्चिममा माओवादीका केन्द्रीय सदस्यहरूले बिना मगरलाई सह-इन्चार्ज नमान्ने भन्दै बैठक बहिष्कार गरेका छन् । जुनियरलाई सह-ईन्चार्ज बनाएको विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् । नेताहरु धर्मराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् । फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सह-ईन्चार्जमा मगरलाई जिम्मेवारी तोकिएको थियो । प्रदेश इन्चार्ज पोख्रेल, सह-ईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनिअर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् । गत स्थायी समितिको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका दुई बिना विभागीय मन्त्रीले बिहीबार मन्त्रालयको जिम्मेवारी पाएका छन। लक्ष्मणकिशोर चौधरीले सामाजिक विकास मन्त्रालय र खुशीराम डङ्गौरा थारुले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन । दुवै जनाले बिहीबार पदभार ग्रहण गरेका छन। केही दिन अगाडि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरुलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए। नाउपाको हिजो टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्टै मुख्यमन्त्री शाहले सो पार्टीबाट बिना विभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन । नागरिक उन्मुक्ति पार्टीले यसअघि आर्थिक मामिला मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेको छ। प्रदेश सभामा…

Read More