Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङको बुगंल नगरपालिकाले जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । बुगंलले पहिलोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । केदारस्युँ गाउँपालिका–९ झोतामा आइतबार सम्पन्न प्रतियोगितामा सर्वाधिक १३ स्वर्ण, २ रजतसहित बुगंलले शिल्ड उचालेको हो । प्रतियोगितामा विभिन्न खेलमा १३ स्वर्ण, २ रजतसहित जम्मा १५ पदक जितेको नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिए । स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय…

Read More

धनगढी : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला अदालत काठमाण्डौंका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा पर्ने भएका छन् । उनलाई न्याय परिषद्ले कारबाही गर्ने भएको हो । गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीशको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए । व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए । अनुसन्धान नसकिँदै रिहा…

Read More

धनगढी : कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकारद्वयलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराधको मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो । प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेशागत संगठनले विरोध जनाएका थिए ।

Read More

धनगढी : नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् । जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि जिल्ला कमिटी बैठकले अध्यक्ष पदमा भरत बहादुर थापालाई सर्वसम्मत निर्णय गरेको हो । उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा, सचिवमा कार्यालय सचिव काशी बहादुर विकलाई समेत सर्वसम्मतबाट जिल्ला कमिटीले निर्णय गरेको छ । भरत थापाको अध्यक्षमा बसेको बैठकले अगामी जिल्ला अधिवेशन चैत्र १६ र १७ मार्तडीमा गर्ने समेत निर्णय गरेको छ ।

Read More

धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेल सवारी दुर्घटनामा परेका छन् । पार्टी कामको सिलसिलामा दैलेख जानेक्रममा पोखरेलसहित एमाले नेताहरु सवार गाडी दुर्घटनामा परेको उपमहासचिव विष्णु रिमालले बताए । उनले भनेका छन्, एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना । महासचिव पोखरेलसहित एमाले नेताहरु पार्टीको जिल्ला कमिटी कार्यक्रमका लागि सुर्खेतबाट दैलेख जाँदै गर्दा उनीहरु सवार म १ च ३६९ नम्बरको स्कर्पियो गाडी डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परेका सबैको अवस्था सामान्य रहेको बुझिएको छ ।

Read More

डडेल्धुरा: परशुराम नगरपालिकाले डडेल्धुरा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ। परशुरामले लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्ड उचालेको हो। उसले गतवर्ष पनि उपाधि जितेको थियो। अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा सर्वाधिक २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड उचालेको हो। समापन कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले परशुरामलाई शिल्ड हस्तान्तरण गरे। प्रतियोगितामा अमरगढी नगरपालिका द्वितीय भएको छ। अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य प्राप्त गर्‍यो। अजयमेरु गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ। अजयमेरुले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको आयोजक जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए। उनका…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको प्रसादमा रङ नमिसाउन निर्देशन दिएको छ। उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो। ‘उपमहानगरपालिका अन्तरगत सञ्चालित केही विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा विभिन्न रङ र अखाद्य पदार्थहरु मिसावट गरिरहेको भन्ने जनगुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले  उक्त कार्य नगर्न नगराउनुहुन अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।  कार्यालयले खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएको भेटिए धनगढी उपमहानगरपालिकाको बजार व्यवस्थापन सम्बन्धी ऐन, २०७९ रप्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ।

Read More

काठमाडौं : हङकङमा भएको एक मैत्रीपूर्ण फूटबल खेलमा अमेरिकी क्लब इन्टर मायमीका कप्तान लियोनल मेसीले नखेलेपछि त्यसको असर चीनसम्म पुगेको छ। मेसी नखेल्ने सम्भावनालाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले उनको कप्तानीमा रहेको अर्जेन्टिनाले चीनमा खेल्ने तय भएका दुई मैत्रीपूर्ण खेल रद्द गरेका छन्। विश्वविजेता अर्जेन्टिनाले मार्च २० र २४ मा चीनमा दुई अफ्रिकी टोली आइभरी कोस्ट र नाइजेरियासँग खेल्ने तय भएको थियो। बेइजिङमा आइभरी कोस्टसँग र हाङझाउमा नाइजेरियासँग खेल्ने तालिका थियो। साविक विजेता अर्जेन्टिनाले जुनमा अमेरिकामा शुरू हुने कोपा अमेरिका फूटबल प्रतियोगिताको तयारीस्वरुप यी दुई खेल खेल्न लागेको थियो। चीनले दुई खेल रद्द गरेसँगै अब अर्जेन्टिनाले कोपा अमेरिका तयारी गर्न अरु…

Read More

काठमाडौँ : ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ। गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट एक करोड ५६ लाख ४५…

Read More

काठमाडौं : नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गरेकी छिन्। आज (आइतबार) प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले गुनासो गरेकी हुन्। आफन्तहरूसँग मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थल आएर सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा पाएको उल्लेख गरिन्। ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ। तर, नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ,’ उनले भनिन्। उनले सरकारको यस्ता घटनातर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन्।

Read More