Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली फिल्म निर्माता तथा अभिनेता प्रकाश कुँवर ग्ल्याम नेपाल इन्टरनेशनलका लागि नयाँ देश निर्देशक नियुक्त भएका छन्। फेसन, मोडलिङ, र डिजाइनिङ क्षेत्रका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन समर्पित यस प्रतिष्ठित फ्रन्चाइजले कुँवरको नियुक्तिसँगै आफ्नो गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरेको छ। दीपक ज्ञवालीद्वारा सन् २०१९ मा अस्ट्रेलियामा स्थापना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलले नेपालमा चौथो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। यस फ्रेन्चाइजले नेपाली फेसन, डिजाइन, मोडल, र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखेको छ। ग्ल्याम नेपाल इन्टरनेशनलले नेपालभित्रका प्रतिभाशाली डिजाइनर र मोडलहरूलाई छनोट गरी तिनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम बनाउने काम गर्दै आएको छ। प्रकाश कुँवरको नेतृत्वले यस अभियानलाई अझ सशक्त…

Read More

धनगढी: सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला र बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको हो। यो हिउँदमा दोस्रोपटक हिमपात भएको हो।  बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन्। यस्तै डोटीको गैरा, खप्तड क्षेत्र, डडेल्धुराको हगुल्टे र साहुखर्कमा पनि हिमपात भएको छ।  हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ। 

Read More

धनगढी: शनिबार बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झडै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ। बाजुरामा निजी र सरकारी गरी छ सय ८४ वटा संरचनामा क्षति पुगेको हो।  प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी छ सय ५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो। शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो।  जगन्नाथमा सबैभन्दा बढी दुई सय ८९ वटा घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ। यसै गरी बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक…

Read More

धनगढी: दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले  बताए।  चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए।सोमबार बेलुकी उनी दुर्घटनामा परेका थिए। उद्धार गरी लमही अस्पतालमा पुर्‍याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

Read More

काठमाडौं: ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ। च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो।  गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेल्धुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ। आपसी विवादका क्रममा एकाएक भट्टले चक्का प्रहार गरेको बताइएको छ।  घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ।मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए। 

Read More

धनगढी: कञ्चनपुरबाट १० जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका- १० सिसैयाका ३३ वर्षीय बिक्रम बोहराको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको अवस्थामा बोहरासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले नगद १८ हजार ४२२ सहित उनीहरूलाई पक्राउ गरेको हो। 

Read More

धनगढी: कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आठ वर्ष पहिले जडान गरेको एक्स-रे मेसिन प्रयोगविहीन भएको छ। विसं २०७४ मा भन्सार कार्यालयले भारतबाट आउने यात्रुले ल्याएका झोला तथा सामग्री जाँच गर्न जडान गरेको उक्त मेसिन प्रयोगमा नल्याइदै थन्किएको हो। कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताए। एक करोड रुपैयाँको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा उक्त मेसिन जडान गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका भन्सारमध्ये पहिलो पटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ। भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्स-रे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बन्दै जानुका साथै नाकामा…

Read More

काठमाडाैं: जंगलमा हराएका युवायुवतीको इन्सपेक्टर अस्मिता कपालीको टोलीले उद्धार गरेको छ। आज सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र १३ जना हराएका थिए। उनीहरू हराएपछि प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति टोली खटिएको थियो। त्यसपछि प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो। सोमबार बेलुकी उनीहरू जंगलभित्र हराएपछि आफैंले प्रहरी कन्ट्रोल रुममा खबर गरेका थिए। फेला पर्नेमा १० पुरुष र ३ महिला रहेका छन्। अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने बताइएको छ। सोमबार गोदावरी नगरपालिकामा पर्ने फुल्चोकीमा उनीहरू घुम्न गएका थिए। आजकल फुल्चोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गरेको छ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसद पदबाट निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत आइतबार पठाएको पत्रअनुसार संघीय संसद्‍ सचिवालयले सोमबार निलम्बनसम्बन्धी सूचना प्रकाशित गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै रवि सांसद पदबाट निलम्बनमा परेका हुन्। निलम्बनबारेको पत्र प्रहरीले पठाएपछि सभामुख देवराज घिमिरेले सोमबार दिनभर कानुनी परमार्श गरेका थिए। जसअनुसार उनले बीचको बाटो प्रयोग गरेर लामिछाने निलम्बित भएको सूचना निकालेका हुन्। लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वत: निलम्बनमा पर्ने सम्भावना देखिएको थियो। तर सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा लागेका…

Read More

काठमाडौं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो। शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन्। आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो। भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख…

Read More