Author: महेन्द्रनगर पोष्ट

कैलालीः कैलालीमा ज्यान मार्ने उद्योगका दोषीसहित तीन जना पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष पाँच महिना तीन दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१६ का २७ वर्षीय धर्मसिंह बोहरालाइ बुधबार प्रहरीले पक्राउ गरेको हो। त्यस्तै, चोरी मुद्दामा १ महिना कैद सजाय र ४५ हजार ८ सय जरिवाना तोकिएका गोदावरी नगरपालिका–८ का ३५ वर्षीय गंगाराम चौधरी र चोरी मुद्दामै २३ दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१का २५ वर्षीय बिनित बडुलाइ बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौँः लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ। बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो । आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिइन्। निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ…

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले डडेल्धुरा दुर्घटनाका घाइतेहरूको उपचारमा ध्यान दिन सम्बन्धित सबै पक्षसँग माग गरेको छ। एमाले प्रदेश कमिटी सचिव रणबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारको विषयमा ध्यान दिन आग्रह गरेको जनाएका छन्। ‘मृतकजनहरुको परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित यथाशीघ्र उपचारमा ध्यान दिन सम्बन्धित सम्पूर्ण सरोकारवाला र सरकारसँग जोडदार माग गर्दछौँ’ सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मंगलबार राती महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । एमाले प्रदेश कमिटीले बस दुर्घटना प्रति दुख व्यक्त…

Read More

डडेल्धुरा: डडेल्धुरामा पनि ६९औं प्रहरी दिवस मनाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख अतिथ्यतामा ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ डडेल्धुरामा प्रहरी दिवस मनाइएको हो। प्रमुख अतिथि खड्का, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने लगायत अतिथिहरूले प्रहरी स्मारकमा पुष्पहार र पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। यस्तै सो अवसरमा डडेल्धुरामा कार्यरत २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। उत्कृष्ट अनुसन्धानतर्फ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमसहित ६ जना प्रहरी पुरस्कृत भएका छन् । असोज २५ गते अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया आरती भट्टराईको हत्या घटनाको अनुसन्धानमा उत्कृष्ट काम गरेबापत उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको…

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत हुँदै बाजुरा आउने भएका छन्। बाजुरा जिल्लाको प्रसिद्ध धार्मिकस्थल बडिमालिका माताको दर्शनका लागि उनी त्यता प्रस्थान गरेका हुन्। राष्ट्रपति पौडेलसहित १० जनाको टोली गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर बेसबाट सेनाको एनए-०६७ असस्ता हेलीमा अपराह्न सवा ३ बजे सुर्खेत उडेको बताइएको छ। टोलीमा प्रथम महिला सविता पौडेल, राष्ट्रपतिपुत्री सर्मिला खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे सहभागी छन्।  त्यस्तै, राष्ट्रपतिका स्वकीय सचिव अवज्ञा पौडेल, सेनाको सुरक्षा तथा व्यवस्था प्रमुख सहायक रथी मनोज वैदवार, मुख्य सुरक्षा अधिकृत महासेनानी अच्युतम भण्डारी, राष्ट्रपतिका निजि चिकित्सक डा. निरज थापा, पार्श्ववती प्रमुख सेनानी बालमुकुन्द विष्ट र सुरक्षा अधिकृत सेनानी दिनेश…

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको उनको भनाइ छ। प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र बर्षौ बर्ष देखीका हाम्रा अपेक्षाहरू पुरा हुने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गर्नु भएका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको…

Read More

डडेल्धुरा: डडेल्धुरामा मंगलबार राती बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो। मृतकमध्ये चार थिए, बैतडीको पुर्चौंडी नगरपालिका–३ तोलीगाउँकी २० वर्षीया कमला बोहरा, २२ वर्षीय सहदेव बोहरा, ४५ वर्षीया जैमती बोहरा र एक नाबालक। नाबालक कमलाका छोरा हुन् भने सहदेव श्रीमान र जैमती आमा हुन्। कमलाले सोमबार मात्रै छोरालाई जन्म दिएकी थिइन्। धनगढीको सेती प्रादेशिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएपछि कमलासंगै उनका श्रीमान सहदेव र उनकी आमा जैमती दंग थिए। सहदेव र जैमती पनि २४ असोजमा कमलासंगै धनगढी पुगेका थिए। आमा र छोराको स्वास्थ्यमा कुनै समस्या नभएपछि अस्पतालले मंगलबार नै बिदा दिएको थियो। उनीहरुले सोही दिन घर फर्किनेका लागि…

Read More

काठमाडौं: नेपाल प्रहरीका डीआईजी कुबेर कडायतलाई प्रहरी ब्याटन प्रदान गरिएको छ। प्रहरी दिवसको अवसरमा यो वर्षको प्रहरी ब्याटन पुरस्कार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कडायतलाई प्रदान गरिएको हो। ६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्याटन प्रदान गरेका हुन्। एआइजी सुदीप गिरी नेतृत्वको टोलीले लुम्बिनी प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेपछि उनी पुरस्कृत भएका हुन्। त्यस्तै, अवकाशप्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

Read More

महेन्द्रनगर: उत्तराखण्डस्थित चम्पावत प्रहरी र मातहत प्रहरीले अपरेसन स्माइल अभियान सुरु गरेको छ। प्रहरी महानिरीक्षक, अपराध तथा कानून व्यवस्था, उत्तराखण्ड, प्रहरी उपरीक्षक, चम्पावत र प्रहरी नायब उपरीक्षक, टनकपुर/चम्पावतको निरीक्षणमा सो अभियान थालिएको हो। सो अभियान २ महिनासम्मको हुनेछ। सो अभियानले बेपत्ता भएका या पारिएका नेपाली तथा भारतीय नागरिकको खोजी गर्ने छ। सीमानाकामा बेपत्ता भएका मानिसको सो अभियानबाट खोजी हुने जनाइएको छ। अभियान यस्तो हुनेछ१: अपरेशन स्माइल अभियान अन्तर्गत सन् २०१७ देखि अभियानको अन्त्यसम्म हराएका सबै बालबालिका, पुरुष र महिलाको उद्धारका लागि खोजी गर्ने २: दर्ता बेपत्ता विशेष गरी महिला र नाबालिग केटाकेटीहरूमा विशेष ध्यान दिइने ३: प्रदेश र सीमावर्ती प्रदेशमा…

Read More

धनगढी: नेपाल प्रहरीका इन्सपेक्टर दिपक धामीलाई कदरपत्र प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर धामीलाई प्रहरी प्रधान कार्यालय नक्सालद्वारा प्रदान गरिएको कदरपत्र दिइएको हो। नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी धामीले रचना गरेको नारालाई उत्कृष्ट ठहर गर्दै उनलाई कदरपत्र दिइएको हो। उनले “नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भुमिका” शिर्षकमा रचित उत्कृष्ठ नारा “आँधी हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिवद्ध नेपाल प्रहरी” लाई उत्कृष्ट ठहर गरिएको थियो। सोही नाराबापत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित प्रहरी दिवस कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरिएको हो।

Read More