Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका मेयर खडक रावत घाइते भएका छन्। मंगलबार राति घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो। घाइते प्रमुख रावतको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ। चोट लागेको ठाउँमा चार टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले बताए। अचानक लडेका रावतलाई स्थानीयले घोडाघोडी अस्पतालमा पुगाएका थिए। नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन्।

Read More

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

Read More

कञ्चनपुर : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान  सडकबाट दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । मृतकको विवरण  आइसकेको छैन। कार्यालयका एसपी नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका र ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: कञ्चनपुर प्रहरीले विद्युतीय अपराध सम्बन्धी मुद्दा चलाएर समातेका २ पत्रकार रिहा भएका छन्। प्रहरी स्रोतका अनुसार (बुधबार) मध्यरातमा पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई मध्यरातमा थुनामुक्त गरिएको हो। पत्रकारद्वयका अधिवक्ता बिनोद भट्टले उनीहरुलाई रिहा गराएको पुष्टि गरे। यस अगाडि हिजो (मङ्गलबार) र आज (बुधबार) समेत पक्राउ परेका ४ जना पनि आजै रिहा भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार आज समातिएका माओवादी केन्द्रका प्रदेश सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्व प्रहरी हवल्दार भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक पनि छुटेका थिए। अनुसन्धानका बखत…

Read More

काठमाडौँ : कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ । परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुनेछ । ओरेन्टेशन र बायो–मेट्रिक भेरिफिकेशन…

Read More

धनगढी : दुर्गम जिल्ला रहेको बाजुराले कृषि बस्तु निर्यातको सूरुवाती गरेको छ । कृषकहरुले अनुदान पाउन थालेपछी उत्पादनमा बृद्धि भएर निर्यात हुन थालेको हो । जसमा बाजुरा जिल्लाबाट २०८०र८१ को आर्थिक बर्षमा मात्रै ६ करोड भन्दा बढिको कृषि वस्तु निर्यात गरेको तथ्याकं रहेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को साउनदेखि माघ मसान्तसम्म रु ६ करोड ७३ लाख बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताएका छन । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफुल निर्यात भएको पाईन्छ । चालु वर्षको १० महिनामा मात्रै ३ करोड बराबरको कोदो, २० लाख बराबारको स्याउ, १६ लाख बराबारका…

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ए टिम घोषणा गरेको छ । यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो । १६ सदस्यीय टोलीमा आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव छन् । यस्तै प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया पनि टोलीमा छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् ।

Read More

धनगढी : कञ्चनपुरमा प्रहरीले ६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १७ मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार रुपैष बराबरको कपाल बाध्ने रबर, लालझाँडी गाउपालिका १ डाडा बिछुवाबाट अन्दाजी मूल्य ५ लाख ६७ हजार रुपैया बराबरको प्याज, ३ थान मोटरसाईकल बरामद गरेको छ । यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर १, २ बैजुडाडा र भैसोरबाट अन्दाजी २९ हजार ५ सय ५ रुपैया बराबरको खाने तेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामानहरु गरि जम्मा ६ लाख १ हजार ५ सय ५ रुपैया बराबरको सामानहरु प्रहरी गस्ती…

Read More

धनगढी : धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) ले वक्तृत्वकला प्रतियोतिा सम्पन्न गरेको छ । स्ववियुले सरस्वती पुजाको अवसर पारेर बुधबार क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा ४३ जना विद्यार्थी सहभागी रहेकोमा किरण पनेरु प्रथम भएका छन् भने रमिता बोहरा र कमला ओझा क्रमशः द्धितिय र तृतिय भए । स्ववियु सभापति कुवेर खड्काले वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीलाई नगद ३ हजार, दुई हजार र एक हजार रुपैयाँ र प्रमाणपत्र दिइएको बताए । खड्काको अध्यक्षतामा आयोजना गरिएको प्रतियोगितामा प्रमुख अतिथि अनेरास्ववियु सुदूरपश्चिम प्रदेशका अध्यक्ष मनोज राई रहेका थिए भने सहायक क्याम्पस प्रमुख नरेश पन्त…

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख खडक रावत टाउकोमा चोट लागेको छ । मंगलबार राती घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो । उनको अनुहार र आँखाको परेलामा चोट लागेका उनको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ । घाउँ भएको ठाउँमा चार वटा टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले जनाकारी दिएका छन् । हिड्दा हिड्दैको अवस्थामा अचानक लडेका रावतलाई स्थानीय घोडाघोडी अस्पतालमा पुगाएका थिए । नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन । उनले भने ‘अचानक चक्कर आए जस्तो भो ? त्यही लडे छु ! ब्लड धेरै बगेको रहेछ ।’ चोटकै कारण बुधबारका लागि…

Read More