Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल स्टेशन को प्रमुखको रूपमा सुब्रत दास आउने भएका छन्। राघवप्रसाद भट्नागर कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेसँगै नयाँ प्रमुखका रूपमा दास नेपाल आउन लागेका हुन्। दास यसअघि भुटान प्रमुख थिए। हाल बंगलादेशमा रहेका उनलाई काठमाडौं ल्याउन लागिएको स्रोतले बतायो। भट्नागर जिम्मेवारी सम्हाल्न तीन वर्षअघि २०७७ माघ ३० गते नेपाल आएका थिए। विशालनगरस्थित उनको निवासमा आइतबार राति बिदाइ पार्टीको आयोजना गरिसकिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नेपाल भ्रमण गर्ने सम्भावना बढेको छ। उच्च स्रोतका अनुसार आगामी अप्रिल र मे महिनामा हुने भारतीय लोकसभा निर्वाचनअघि उनले आशिर्वादका लागि पशुपतिनाथको दर्शन गर्न खोजेको बताइएको…

Read More

काठमाडाैं: निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी रिक्त २३ स्थानमा निर्वाचन हुने भएकाले यसअघि नाम छुटेका वा उमेर पुगेका नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो। २०७९ साल वैशाख १० गते स्थानीय तह र २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी २३ पद रिक्त रहेको आयोगले जनाएको छ। आयोगले रिक्त पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक…

Read More

काठमाडाैं : गोपाल दियालले बिहे गरेको एक वर्ष मात्रै भएको छ । लगनगाँठो कसेपछि श्रीमती पुनमसँग छुट्टिएर उनी रोजगारीका लागि विदेश गए । तर, बिहे गरेर कतार गएका उनी आज घर फर्किदैछन् । किनकी उनको घरमा ठुलो बज्रपात परेको छ । उनले आमा र श्रीमतीलाई सँगै गुमाएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१ मालममा उक्त दुःखद घटना भएको हो । महिनावारी भएकी २६ वर्षीय पुनम हिजो राति घरको तल्लो कोठामा सुतेकी थिइन् । उनलाई एक्लै बसाउनु हुन्न भन्ने सोचेर ६० वर्षीया सासु धौलीदेवी दियाल उनको कुरुवा बसिन् । डडेल्धुराको चिसोलाई छल्न उनीहरुले कोठामा आगो बालेका थिए । तर, उनीहरुले थोरै झ्याल…

Read More

कञ्चनपुर : थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । “अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भने, “पुराना काठका घर विस्थापित हुँदैछन् ।” काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन् । धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन…

Read More

कञ्चनपुरः कञ्चनपुरमा दुई महिलासहित कुटपिट घटनाका ५ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले कुटपिट घटनाका ५ फरार प्रतिवादीलाई पक्राउ गरेको हो। जिल्ला अदालतबाट कुटपिट घटनामा कसुरदार ठहर भई हालसम्म फरार रहेका माला लखेरा , तरूण लखेरा, हिमांशु लखेरा, आनन्द लखेरा, संगिता लखेरालाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। यी पाँचै जनालाई अदालतले ५ हजार जरीवाना तोकेको थियो। पाँचै जनालाई कञ्चनपुर अदालतमा पेश गरिएको डाँगीले बताए।

Read More

बैतडी : बैतडीमा जीप दुर्घटनामा हुदाँ दुई जना घाइते भएका छन्। पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जीप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन्। घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए। खोडपेबाट बोहोरीगाउँतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो। उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ। घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ। चालक बिष्टको डडेल्धुरामा उपचार…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सरकार परिवर्तन हुनु स्वभाविक भएको बताउँदै हल्ला गर्न आवश्वक नरहेको बताएकी छिन्। सोमबार धनगढीमा पत्रकारसँग अन्तरक्रिया गर्दै उनले अहिलेका प्रधामन्त्रीको कार्यकाल विनाचुनौतीको रहेको उल्लेख गर्दै यस्तो बताएकी हुन्। उनले हालका मन्त्रीले काम गरेन भनेर बाहिर हल्ला गर्दै हतोत्साहित गर्ने काम भइरहेको बताएकी छिन्। ‘सरकार परिवर्तन हुने कुरा सामान्य रुपमा लिनुपर्छ । यसको मतलब हल्ला गरेर मन्त्रीहरुको बेइज्जत गरेर सरकार परिवर्तन गर्नुहुन्न’ उनले भनिन् ‘मन्त्रीहरुलाई हतोत्साहित हुनेगरि, काम गर्ने जाँगर नलाग्ने गरि बाहिर चर्चा गर्नु राम्रो होइन। पूर्व मन्त्रीसमेत रहेकी झाँक्रीले अरबौं लगानस् लगाएर निर्माण गरिएका पूर्वाधारबाट…

Read More

काठमाडौं : डडेल्धुरामा दुईजना मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका- १ मालम बस्ने वर्ष ६० कि धौली देवी दियाल र २६ वर्षीय पुनम दियाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको उनले बताए। बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै नातामा सासुबुहारी रहेको बताइएको छ।

Read More

कैलाली : कञ्चनपुरमा भारतबाट अवैधरुपमा भित्राइएका बोइलर कुखुरा बरामद गरिएको छ । आज(सोमबार) बिहान बेलौरी नगरपालीका-२ स्थित दिनापुर स्कुल नजिकबाट मोटरसाइकलसहित ३ क्विन्टल कुखुरा बरामद गरिएको हो। प्रदेश अनुसन्धान समूह (आरआइटी) र प्रहरी चौक्स टेडुवाको टोलीले मोटरसाइकलसहित वेवारिसे अवस्थामा रहेको अवस्थामा रहेका कुखुरा बरामद गरेको बताइएको छ। से४ प १९१३ नम्बरको मोटरसाइकल र बरामद ३ क्विन्टल कुखुराको अन्दाजी मुल्री १ लाख ४५ हजार रहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली :  कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २८ वर्षीय बिपिन मल्ल र धनगढी-३ का ३२ वर्षीय रुपेश बिक आइतबार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाइकलको डिग्गीमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेलापारी मोटरसाइकल १ थानसहित दुवै जनालाई पक्राउ गरेको हो। यस्तै, जानकी गाउँपालिका-१ मिलनचोकबाट १३० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाँउ बस्ने २४ वर्षीय पदम खत्री पनि आइतबार दिउँसो पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट उक्त पदार्थ फेला पारी खत्रीलाई पक्राउ…

Read More