Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो। स्थायी दरबन्दीको लागि विभिन्न पद गरी कुल ११२ जना कर्मचारी माग गरिएको छ। योग्यता पुगेका नागरिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ। तोकिएको दस्तुर तिरेर चैत १ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर भने थप एक सातासम्म आवेदन दिन सकिने छ।

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो। दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

Read More

धनगढी : कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणको अनुसन्धानका लागि आएको सिआइबीको टोली फिर्ता गएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)को टोली सो घटनाको अनुसन्धान गर्नभन्दै सुदूरपश्चिम आएको थियो । काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेश जैसीको नेतृत्वमा आएको टोली अघिल्लो सातातिर काठमाडौं फर्किएको बताइएको छ। अपराध अनुसन्धानमा काबिल अफिसर मानिएका सिआइबीका इन्सपेक्टर जैसी उक्त टोली घटनाको भने पुरा अनुसन्धान नगरी काठमाडौं फर्किएका हुन । अहिले पनि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । पक्राउ परेका ६ जना छुटे देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना छुटेका छन् । सरकारी…

Read More

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका १ शान्तिनगरबाट भन्सार छलीको सामान बरामद गरिएको छ। भन्सार छली ल्याएका अन्दाजी ३३ हजार ६ सय मुल्य बराबरको ४२ पिस सुट बरामद गरिएको छ। यस्तै धनगढीकै ३ नम्बर वडाको भन्सार रोड स्थित त्रिनगरबाट अन्दाजी ८० हजार मुल्य बराबरको प्रतिबन्धित बिष्फोटक पदार्थ ६ बोरा पटका र आतीसबाजी बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : धनगढीका समाजसेबी युवा ब्यवसायी मिलन कुवँरले अभिनेता पूर्णविक्रम (पल) शाहको जन्मदिन मनाएका छन् । ब्यवसायी कुवँरले कैलालीको बौनियामा रहेको साहारा घरमा रहेका असहायलाई खाना खुवाएर अभिनेता शाहको जन्मदिन मनाएका हुन् । साहारा घरमा एकछाक खाना खुवाएर जन्मदिन मनाएको व्यवसायी कुवँरले बताए । उनले भने जन्मदिनमा असहायहरुको सेवा गर्न पाउँदा खुशी लागेको बताए ।

Read More

धनगढीः बाजुरामा एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स बिहिवार वडा नम्बर ३ मा बिहान दुर्घटना भएको हो। स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्ड अन्तर्गत रिब्डा खोलामा दुर्घटना भएको छ। सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट करिब १० मिटर तल खसेको हो। एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहेका छन्। दुर्घटनाबाट मानवीय क्षति नभए पनि एम्बुलेन्स सामान्य रूपमा क्षतिग्रस्त भएको बाजुरा प्रहरीले बताएको छ। वर्षातले सडक चिप्लो भएर एम्बुलेन्स सडक छेउको रुखमा अड्किएको हो।

Read More

काठमाडौँ : बाँके राष्ट्रिय निकुञ्जमा तस्कर र नेपाली सेनाबीच गोली हानाहान भएको छ। राप्तीसोनारी १, राजकोटस्थित निकुञ्ज क्षेत्रभित्र बुधबार तस्कर र सेनाबीच गोली हानाहान भएको हो। सेनाका अनुसार निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी चोरीसिकारमा संलग्न व्यक्तिहरुले पहिले दुई राउण्ड गोली लुकीछिपी चलाएका थिए। त्यसपछि सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चार राउण्ड जबाफी फायरिङ गरेको सेनाले जनाएको छ। सो ठाउँबाट बाह्रबोर हतियार १ नाल, भरुवा बन्दुक १ नाल, त्यसमा प्रयोग हुने गोली, खुकुरीका साथै बन्दोबस्तीका सामानहरू बरामद गरिएको सेनाले जनाएको छ।

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो । सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए । भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित मानिसलाई पक्राउ गरिएको एसएसपी शर्माले बताए । ‘शंकाको आधारमा सर्च गर्दा सुन भेटिएको थियो’, उनले भने । थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुन र आरोपीलाई बुझाउने एसएसपी शर्माले बताए ।

Read More

धनगढी : नेकपा एमाले कैलालीको सुखडमा भइरहेको जिल्ला अधिवेशन जारी छ। अधिवेशनमा आकांक्षी धेरै भएपछि पटकपटक निर्वाचन समितिले तालिका संसोधित गरिरहेको छ। यसैबीच, सदस्य पदका आकांक्षी भरत शाहको चर्चा भने चुलिएको छ । शाह सदस्य पदका उम्मेदवार हुन्। उनी युवा राजनीतिका अभिभावकका रूपमा परिचित छन् । धनगढी उपमहानगरपालिका भूगोल युवामा उम्मेदवारी दिएका शाह अधिवेशन भरि चर्चामा छन्। कोरोन कहरका समयमा सामाझ कार्यक्रममा निकै सक्रिय रहेका उनको भूकम्पको विपत्तिको समयको योगदानको कारण उनको जित सुनिश्चित रहेको एमाले वृत्तमा चर्चा छ। उनी परिवर्तनको लागि युवा नाराका साथ अधिवेशनमा होमिएको बताउँछन्। पार्टी बलियो बनाउन युवाको अहम् भूमिका हुने भएकोले आफूले उम्मेदवारी दिएको उनको…

Read More

धनगढी : आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयासमा कारागार चलान भएका धनगढीका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सई जेलमुक्त भएका छन्। जिल्ला अदालत कैलालीद्वारा पुर्पक्षका लागि कारागार चलान भएका अन्दाजी ५० वर्षीय पन्त थरी रिटायर्ड सईले सफाई पाएर जेलमुक्त भएका हुन्। अदालत स्रोतकाअनुसार फागुन ८ गते न्यायाधीश प्रदीप कुमार उपाध्यायको इजलासले उनलाई सफाई दिएको हो। पीडित पक्षले भने आफूलाई नबुझिकन उनलाई सफाई दिएर जेलमुक्त गरेको आरोप लगाएको छ। यस्तै उक्त मुद्दामा पीडित पक्षको सरकारी वकिलले पनि लापरबाही गरेको आरोप छ। अब पीडित पक्षले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको बताएको छ। गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ती रिटायर्ड सईले करणी…

Read More