Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको छ । तेस्रो अधिवेशनको सातौँ बैठकमा मंगलवार सभामुख भीम भण्डारीले अनिश्चितकाल सम्मको लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक स्थगित हुनु अघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल भएको थियो ।

Read More

धनगढी : नेपाल क्रिकेट संघ क्यानले एक वर्षअघि यू–१९ क्रिकेट टिमका लागि घोषणा गरेको नगद पुरस्कार प्रदान गरेको छ । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको पुगेर घर फर्केको भोलिपल्ट खेलाडीले नगद पुरस्कार पाएका हुन् । पोहोर फागुनमा नेपाल यू–१९ विश्वकपमा छनोट भए लगत्तै सरकारले जनही ३ लाख रुपैयाँ र क्यानले जनही १ लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेका थिए । घोषणाको एक वर्षसम्म पनि नगद पुरस्कार नपाउँदा खेलाडीले आश नै मारिसकेका छन् । ‘क्यानको त आयो अब सरकारको पनि छिट्टै आए हामीलाई सहज हुने थियो’, यू–१९ क्रिकेट टिमका स्पिनर सुवास भण्डारीले बताए । उनले क्यानबाट आएको रकमले…

Read More

डडेल्धुराः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन्। मंगलबार राप्रपा जिल्ला कार्य समिति डडेल्धुराले सदरमुकामको बसपार्कमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले डडेल्धुरामा आफूले सोचेअनुसारको विकास भएको नपाएको बताएका हुन्। पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाप्रति व्यंग गर्दै अध्यक्ष लिङ्देनले डडेल्धुराको सदरमुकाम यहीँ नै हो, कि अर्को सदरमुकाम छ ?’ भन्दै प्रश्न गरे। ‘एउटा मान्छेलाई डडेल्धुराका जनताले पाँचचोटी प्रधानमन्त्री बनाउने काम गरेका छन्। त्यहाँका जनताले त्यसवाफत के पाएका छन् भनेर हेरौँ र सिकौँ भन्ने मनमा थियो र आज डडेल्धुरा आइपुगेँ,’ उनले भने, ‘डडेल्धुराको सदरमुकाम यहीँ हो कि…

Read More

काठमाडौं : नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान शुरू गरेको छ। लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गैरकानूनीरूपमा ऋण लिएर बचत हिनामिना गरेको भन्दै पूरक जाहेरी दिएका छन्। ऋण लिएर सहकारीको रकम हिनामिना गरेको भनेर नेपालमै पहिलोपटक जाहेरी परेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले बताए। उनका अनुसार प्रहरीले अहिले उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। प्रहरीले रविले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालेको छ।

Read More

धनगढी : जिल्ला अदालत डडेल्धुरामा कार्यरत न्यायाधीश दयाराम ढकालको चितवन सरुवा भएको छ। न्याय परिषद्को आज बसेको बैठकले ढकालसहित उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको हो। प्राप्त विवरणअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरुवा भएका छन्। त्यस्तै, काजीबहादुर राई सुर्खेतबाट विराटनगर र विष्णुप्रसाद अर्याललाई तुलसीपुर, बुटवल इजलासबाट तुलसीपुर पुर्याइएको छ। जिल्ला अदालतका न्यायाधीशहरुमध्ये ऋषिराम आचार्य कास्कीबाट ललितपुर सरुवा भएका छन्। हरिप्रसाद कोइराला सुनसरीबाट कास्की, अवनी मैनाली भट्टराई कास्कीबाट मकवानपुर र प्रमेश पोखरेललाई तेह्रथुमबाट पर्सा लगिएको छ। तेजबहादुर खड्कालाई रौतहटबाट झापा र भीमबहादुर निरौलालाई झापाबाट तेह्रथुम पठाइएको छ। त्यसैगरी, दयाराम…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन्। हिजो (सोमबार) बसेको प्रदेश सभाको बैठकमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका हुन्। सांसदहरुले चरम असन्तष्टी प्रकट गरेपछि सभामुखले ७ दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ समेत गरेका छन्। प्रदेश सभा सदस्यहरुका लागि सभामुख भीमबहादुर भण्डारीले सुन्य समय उपलब्ध गराएका थिए। नेकपा माओवादी केन्द्रका उप–नेता अक्कल रावलले सरकारले सदनमा गरेका बाचाहरू पूरा नगरेको अरोप लगाए। नेकपा माओवादी केन्द्र सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दुई जना मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा छ। नागरिक उन्मुक्ति पार्टीका संसदीय…

Read More

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत सह(लेखापाल बिजय कुमार बिष्टलाई धम्क्याएर मध्यराति चेक काट्न लगाएको घटना बाहिरिएको छ। नगरपालिकामा कार्यरत इन्जनियर योेगेशसिहं धामी र सब इन्जनियर सुनिल रावल सहितको समूहले मध्यराति लेखापाल बिष्टको घरमा गएर धम्काएका हुन्। घटना गत पुस २८ गतेको हो। सो दिन मध्यराति मदिरा सेवन गरेर इन्जिनियर धामी र उनका केही सहयोगीहरु लेखापाल बिष्ट बस्ने घरमा छिरेका थिए। उनीहरुले राति नै कार्यालयमा गएर भ्रमण बिल र मोटरसाइकल मर्मतको रकम भुक्तानी गर्न धम्काएका थिए। कार्यालय प्रमुखले तोक लगाएको जुनसुकै बिल भरपाईहरु तुरुन्तै पास हुनुपर्ने भन्दै उनीहरुले राति कार्यलयमा गएर चेक काट्न दबाव दिएका थिए। शाखाको काम रोकिएको खण्डमा…

Read More

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई मोसो दलिएपछि कर्मचारीहरू आन्दोलित भएका छन्। आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका हुन्। हिजो (सोमवार) अधिकृत न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरुले कालोमोसो दलेका थिए। ‘संविधानको मर्म र भावनालाई आत्मसात गर्दै दिन रात सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढदै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको छ। उक्त घटनाले हामी सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको र निर्धक्क भई सेवा प्रवाह गर्ने कार्यमा कठनाई भएको महसुस गरेका छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘कर्मचारीमाथि दुर्व्यवहार गर्ने दोषीमाथि कारवाही नहुँदासम्म यस्ता अराजक घटनाहरु बढ्दै जाने देखिन्छ। घटना घटाएको जिम्मा समेत…

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ। नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो। नगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाट खरिद गरी उद्योगमा प्रशोधन गरी उपभोक्ताको घरघरमा तोरीको तेल पुर्याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको छ। उद्योग सञ्चालनमा आएपछि तोरी बिक्रीका लागि किसानलाई सहज हुने भएको छ। बजारमा पाउने मिसावट भएको तेललाई विस्थापित गरी उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याई नगरपालिकाले आफ्नो छुट्टै पहिचान भएको तोरीको तेल ब्राण्डिङ गरेर बजारमा ल्याई बिक्रीवितरण गर्ने…

Read More

काठमाडौं : कञ्चनपुर प्रहरीले प्रहरीका विषयमा समाचार लेखे कारबाही गरिने चेतावनी दिएको छ। केही दिनयता महेन्द्रनगरपोष्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत ‘विवादित’ इन्सपेक्टर बिनु शाहीले गरेको ज्यादतिका बारेमा शृङ्खलावद्ध रुपमा फ्लोअप गरिरहेको छ। उनै शाहीलाई जोगाउने उद्देश्यका साथ कञ्चनपुर प्रहरीले हिजो(सोमबार) विज्ञप्ति जारी गरेको थियो। जिल्ला प्रहरीले पीडित भनिएका प्रहरी जवानसँग सोधपुछ गरि घटनाबारे अनुसन्धान गर्नुपर्नेमा बिनुको बचाउ गर्दै विज्ञप्ति नै जारी गरेको हो। तर, त्यो विज्ञप्तिले कञ्चनपुर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनबारे उजागर गरिदिएको छ। सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै…

Read More