डडेल्धुरा: डडेल्धुरा घर भइ हाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले एक मृर्गौला पीडितलाई सहयोग गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका–७ का मृर्गौला पीडित राम कैनीलाई उनले नगद १२ हजार सहयोग गरेका हुन्।
यसका साथै मल्लले बेथस्दा बाल गृह लगायत ९ जनालाई विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका छन्। उनले खगेन्द्र ठकुराठी र कृतीबहादुर ऐरको समन्वय तथा वडासदस्य राम परियार र शारदा ओझाको रहोबरमा चामल, दाल, तेल, साबुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेका हुन्।
समाजसेवी मल्ल डडेल्धुराका दुखी, पीडित, गरिब, विपन्न वर्ग साथै विद्यालयलाई सहयोग गर्दै आएका छन्। उनले हालसम्म १ करोड भन्दा बढीको सेवा गरिसकेका छन्। उनले डडेल्धुराका विद्यालयमा छात्रवृद्धिका लागि अक्षयकोष समेत स्थापना समेत गरेका छन्।
उनले युवालाई सीप सिकाएर जापानमा रोजगारीको अवसर समेत दिँदै आएका छन्।