Author: महेन्द्रनगर पोष्ट

रुपन्देही : रुपन्देहीमा नेपाल प्रहरीका एकजना हवल्दार मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन् । पुस २९ गते बुटवल उपमहानगरपालिका-७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव सडिकसको अवस्था भेटिएको रुपन्देही प्रहरीले जनाएको छ । ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको बताइएको छ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले २७ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । नेपालका कुशल भुर्तेल, अनिल शाह र आशिफ शेख आउट भइसकेका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । नेपालका भुर्तेल शुन्य, शाह ८ आशिफ ४ रनमा आउट हुँदा रोहित पौडेल १ रनमा आउट भएका हुन् । अहिले भीम सार्की र कुशल मल्ल क्रिजमा छन् ।

Read More

कपिलवस्तु: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन्। मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कञ्चनपुर पुनर्वासकी विमलादेवी भट्ट, भीमदत्त-२ का…

Read More

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जना मृत्यु भएकाे छ। मृतकमध्ये ६ जनाको पहिचान खुलेको  छ।  मृतकमध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको छ।  त्यस्तै भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त- ४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापाको दुर्घटनास्थलमै मृत्यु भएको छ।  राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको…

Read More

डोटी : डोटीको एक घरमा आगलागी भएको छ। पूर्वीचौकी गाउँपालिका-२ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधवार आगलागी भएको हो। आगलागी हुँदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्रा जलेर मरेका छन्। गोठमा रहेको पराल, काठ लगायतका सामान गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएके छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै गए राति करिब १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा ३० जना घाइते भएका छन्। मृतकमध्ये रौतहट औराही- ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदावादका सकिल मुसलमानको सनाखत भइसकेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। यस्तै प्रहरीले घाइते हुने ३० जनाको विवरण दिएको छ। यी हुन् घाइते: १. जि.ओखलढंगा घर भई रुध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको…

Read More

कैलाली : कपिलवस्तुमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटना परी मृत्यु भएका १० जनामध्ये तीन जनाको सनाखत भएको छ। मृतकमध्ये रौतहट औराही- ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदावादका सकिल मुसलमानको सनाखत भइसकेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै गए राति करिब १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली  यातायातको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। यस्तै धेरै घाइते भएका छन्। घाइते हुनेमा चालक पूर्णचन्द्र, सहचालक अर्जुन कार्की, केशव हमाल, मनोज विक, नविन…

Read More

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका एक पूर्व वडाअध्यक्षले शिक्षक सेवा आयोगमा नाम निकालेका छन्। अमरगढी नगरपालिका वडा नम्बर १० का पूर्व वडाअध्यक्ष विष्णुराज भट्टले दार्चुलाबाट आयाेगमा नाम निकालेका हुन्। लिखित परिक्षामा प्रावि तहमा नाम निकालेका भट्ट २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। भट्टलाई शुभकामना दिंदै अमरगढीका पूर्व मेयर विशेश्वर प्रसाद ओझा ‘विपिन’ले याेग्य र सक्षम व्यक्तित्व जुनसुकै ठाँउमा पनि अब्बल रुपमा उभिन सक्छ भन्ने उदाहरण उनले दिएको बताएका छन्। ‘सम्भवत: उहाँकाे नेतृत्वमा रहेका बेला वडा नं १० गत कार्यकालमा शुसासन, जनसेवा, नागरिक विश्वास तथा भाैतिक विकासका दृष्टिकोणले ११ वटै वडामध्ये अब्बल रुपमा रहेकाे मैले…

Read More

काठमाडौं : आइसीसी  क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलको सिरिज आजदेखि सुरु हुँदै छ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो। आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग- २ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। आईसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्। क्रिकेट विश्वकप लिग-२ को २०२३- २०२७ साइकलको…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेश बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। ​सुदूरपश्चिमले उपाधिका लागि भोलि (बिहीवार) कोहलपुर मेयर–११ सँग भिड्नेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहे तापनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको –०.४९२ रह्यो। लिग चरणका सबै ४ खेल जित्दै ८ अंकसहित कोहलपुर मेयर–११ अंकतालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का ग¥यो। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई पराजित ग¥यो। सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित…

Read More