Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सर्वोच्च अदालतले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरेको छ । बुधबार बसेको सर्वोच्चको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको हो । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ (ग) लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका कामकारबाही समेत बदर हुने ठहर्छ ।’ सर्वोच्च अदालतको यो फैसलासँगै झापा बिर्तामोडको गिरी बन्धु…

Read More

धनगढी : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारतिय पक्षले सयौँ बिघा नेपाली भुमि हड्प्न खोजेको भन्दै स्थानियले विरोध गरेका छन् । नेपाल–भारतको संयुक्त टोलिले हराएको पिल्लर खोज्ने बाहानामा नेपाली भुमितर्फ नापजाचँ थालेपछि स्थानियले बिरोध गरेका छन् । माघ ६ गते बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल एसएसबीले हातहतियार सहित सीमा नापजाँच गरिरहेको अवस्थामा स्थानीयले फिर्ता पठाएका थिए । त्यसको केहि दिनपछि उक्त संयुक्त पट्रोलिङ गरेका थिए । करिब दुई हप्तापछि उक्त क्षेत्रमा दुबै देशका सीमा सुरक्षा बलका प्रतिनिधिहरु फेरि सिमाङ्कन गरिरहेकोमा स्थानीयले विरोध जनाएका छन । ‘सशस्त्रलाई जानकारी नगराई करिब १५ दिन अघि नेपालको भूमिमा एकलौटि ढँगले नापनक्सा गरिरहेको अवस्थामा उनिहरुलाई…

Read More

धनगढी : अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटिले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । लुम्बिनी प्रदेशमा आयोजना हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि हुने सुदूरपीश्चमको टिमलाई खेल पोशाक सहयोग गरेको हो । खेलाडी र प्रशिक्षक सहितको टोलीलाई आवश्यक ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायतका पोसाक प्रदान प्रदान गरिएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राईले जानकारी दिए ।

Read More

अछामः अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंकीत बुडा र झङ्करे बुढाका नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको हो। खरले छाएको ढुङ्गा र काठको गोठमा आज (बुधवार) ६ बजेतिर आगलागी भएको थियो। उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

धनगढी : काठमाडौँ किर्तिपुर नगरपालिका वडा नम्बर १ कलंकी नापी कार्यालयमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । कलंकी नापी कार्यालयमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । सर्भेक्षक चौलागाई र लेखापढी पोखरेलले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ।

Read More

धनगढी : अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ। उनलाई मंगलवार (हिजो) बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगर पालिकाले आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई पनि शुल्क पर्ने गरी ठेक्का सम्झौता आह्वान गरेको छ । उपमहानगरपालिकाको दक्षिण क्षेत्र तर्फको मूल गेट बाहिरको खाली क्षेत्रमा सवारी पार्किङ शुल्क लगाउँदा सेवाग्राही पनि मारमा पर्ने देखिएको छ । गेट बाहिरको दायाँ पट्टी निशुल्क राखेर बायाँ पट्टी शुल्क निर्धारण गर्ने गरी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेको हो । माघ १७ गते ठेक्काका लागि बोलपत्र आह्वान गरिएको ठेक्काको न्यूनतम मूल्य दुई लाख तोकिएको छ । सूचनाका अनुसार ठेक्का कबुल गरेको संस्थाले प्रति शौचालयमा पिसाब गरेको प्रतिव्यक्ति पाँच रुपैयाँ, शौच गरेको प्रतिव्यक्ति १० रुपैयाँ, मोटरसाइकल पार्किङका गरेको प्रति घण्टा १० रुपैयाँ, तिन…

Read More

धनगढीः कैलालीको गोदावरीमा नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कैलालीका अनुसार नदीजन्य पदार्थ अबैध रुपमा उत्खननमा प्रयोग भएका गाडी जरिबाना तोकेर छाड्ने निर्णय भएको हो। प्रति सवारी तीन हजारदेखि ५० हजारसम्म जरिबाना भराउने गरि गाडी छोड्ने निर्णय भएको जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख खगराज भुसालले बताए। आइतबार जिल्लास्तरीय अनुगमन समितिको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट १९ वटा ढुवानीका साधन नियन्त्रणमा लिएको थियो। नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली तीनवटै नदीको अनुगमन गरेको थियो। जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल…

Read More

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा रहेको समैजी माध्यामिक विद्यालयका एक विद्यार्थीमाथि सोहि विद्यालयका एक शिक्षकले कुटपिट गरेका छन्। कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्कामाथि सोही विद्यालयका शिक्षक लोकबहादुर खड्काले कुटपिट गरेका हुन्। उक्त घटना माघ २२ गते (सोमबार) भएको थियो। विद्यालयमा टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोकबहादुरको घरमा पुगेकी थिइन्। त्यहाँ पुगेपछि एलिसाले काँप्दै मेरो मन्दिर किन भत्काएको भन्न थालेपछि शिक्षक लोकबहादुरले (धामी) आएको भन्दै कुटपिट गरेको स्थानीयले बताएका छन् । विद्यार्थीमाथि कुटपिट भएपछि विद्यार्थी आन्दोलित भएका थिए। उनीहरूले घटनालाई थामथुम पार्न नगरपालिका, शिक्षक, प्रहरी सबै लागेको भन्दै मंगलवार नगरपालिका पुगेरै विरोध समेत…

Read More

काठमाडौं : बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर क्षेत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष क्षेत्रीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। वडाध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको सूचना अख्तियारले पाएको थियो। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सूचनापश्चात खटिएको टोलीले वडाध्यक्ष क्षेत्रीलाई पाँच लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दपा ३ को उपदफा १ बमोजिम कैद सजाय र पाँच लाख रूपैयाँ बिगो दाबी गरिएको छ।

Read More