Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोमबार जिल्लाको भजनी नगरपालिका-२ मोहनपुरस्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरोसे चौधरीको शौचालयमा नामथर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

कञ्चनपुर : अस्ति(माघ २० गते) कञ्चनपुरको बेलौरीस्थित सीमावर्ती बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नेपाली महिलालाई कुटेको खबर बाहिर आएको छ। भारतीय बजार खजुरियाबाट सामान ल्याउने क्रममा क्यारिङ गर्ने बेलौरी नगरपालिका–६ रिछाहाकी शान्ती रानामाथि पिल्लर नम्बर ८ र ७ को बीचमा कुटपिट भएको खुलेको हो। स्थानीय व्यापारीको भनाइमा रानामाथि गालीगलौज गर्दै एसएसबीले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट रानाको पिठ्यु, कम्मर र खुट्टामा निनडाम बसेको छ। उनीसँगै रहेका अन्य १४ जना महिला क्यारिङकर्तामाथि पनि एसएसबीले दुव्र्यवहार गर्दै समान जफत गरेको व्यवसायीले बताएका छन्। उक्त घटनालाई उद्योग वाणिज्य संघ बेलौरी, खजुरीया व्यापार मण्डली र दुई देशका सुरक्षा निकायका प्रतिनिधि बसेर…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी : निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ। २०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको हो । सुदूरपश्चिममा स्‍थानीय र प्रदेश सभामा गरि ५ पद रिक्त छन्। प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा परी निधन भएको थियो। यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष, डोटीको पुर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पद रिक्त छन् । रिक्त रहेका ठाउँमा पदपूर्तिका लागि आयोगले सरकारसँग परामर्श गरी उपनिर्वाचनको…

Read More

धनगढी : राजीनामा फिर्तापछि प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दलाई सरुवा गरिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख समेत रहेका डीआईजी चन्दले राजीनामा दिएका थिए। तर उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको छ । गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि नै त्यहाँबाट अन्यत्र जान चाहेका थिए। उनको इच्छा प्रदेश प्रमुख भएर जाने थियो। तर सरकारले गत महिना सबै प्रदेश प्रमुख हेरफेर गर्दा पनि चन्द परेनन्। त्यसपछि असन्तुष्ट रहेका चन्दलाई थप दुई वटा घटनाले निराश बनाएको थियो। विमानस्थल…

Read More

धनगढी : नाई पसलमा काम गर्ने एक युवकले सँगै दुई युवती भगाएको घट्ना बाहिरीएको छ । घट्ना भारतको धार्चुला जौलजिवीको हो । बरेली घर भएका नाई पसलमा काम गर्ने इरफान नामका युवकले दुवै युवतीलाई प्रलोभनमा पारेर बरेली लिएका थिए । इरफानले उमेरले नाबालिक रहेकी दुई युवतीलाई सँगै धार्चुलाबाट भगाएर फरार भएका थिए । यसबारे जानकारी पाएलगत्तै आक्रोशित स्थानियहरूले आरोपीलाई पक्राउ गर्न माग गर्दै धार्चुला बजार बन्द गरेका छन् । सो क्रममा स्थानियहरुले जुलुस निकालेर प्रदर्शन समेत गरेका थिए । प्रहरीले दुवै युवतीलाई पक्राउ गरेको छ भने आरोपितलाई पक्राउ गर्न टोली पठाइएको छ । धार्चुलाको एक गाउँका उच्च माध्यमिक विद्यालयमा अध्ययनर…

Read More

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ। दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। ‘यदि यो अवधिमा पनि अनुसन्धान नसकिएमा हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न आदेश भएको छ’, जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सीपी पन्थीले भने।

Read More

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत गौरिकान्त न्यौपानेलाई कालो मोसो छ्यापेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताहरुले शिक्षा अधिकृतलाई कालो मोसो छ्यापेका हुन् । उनिहरुले शिक्षा अधिकृत न्यौपानेलाई विभिन्न ६ ओटा आरोप लगाएका छन् । नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुसंग अभद्र व्यवहार गरेको,शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिशन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन् ।

Read More

धनगढी : बैतडीस्थित जिल्ला अस्पतालभित्र अध्यक्षका नातेदार (भदाहरु) ले बबाल मच्चाएको पाइएको छ। बैतडी जिल्ला अस्पताल विकास समितिकी अध्यक्ष एवं एमाले नेतृ पार्वती भट्टका २ भदाले केही दिन अगाडि अस्पतालमा बबाल मच्चाएको जिप्रका बैतडीका डीएसपी दिपक गिरीले जानकारी दिए। उनीहरुले राति साढे ९ बजे अस्पतालको पहिलो तल्लामा हङ्गामा मच्चाएका हुन्। डीएसपीका अनुसार पार्वतीका भदाहरु मेलौली नगरपालिका–२, सलेनानिवासी कपिल भट्ट र पारस भट्टले मदिरा सेवन गरेको अवस्थामा बबाल मच्चाएका हुन्। कपिल कैलाली बहुमुखी क्याम्पस धनगढीको पनि स्ववियु सदस्यसमेत हुन्। भट्टद्वयले मदिराको नशामा लठ्ठिएर अस्पतालमा सो दिन प्रहरी नै गएको थियो। जसको भिडिओसमेत महेन्द्रनगरपोष्टलाई प्राप्त भएको छ, जसमा एक जना वरिष्ठ सईले…

Read More

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ। भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको सोमबार एक कार्यक्रमका बीच प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले उद्घाटन गरे। विशिष्ट अथितिको रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, उपप्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की रहेका थिए। उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा लोक डेउडा गायक रमेश मल्ल, सुधीर जैरू, डेउडा तथा हास्य कलाकार जेआर भट्ट, मोडेल डान्सर…

Read More