Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका २ वाणी शिविरस्थित मामाको घरमा बस्दै आएका २८ वर्षीय भरत बिष्टको मृत्यु भएको हो । बैतडीको डिलासैनी गाउँपालिका २ घरभएका बिष्ट कृष्णपुरका घर निमार्णको काम गर्थे । घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । करेन्ट लागि गम्भीर घाइते भएका बिष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रमणसामु भारतका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन र मुसिर खान २२ रनमा आउट भए । मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२, कप्तान उदय सहारन ८, सचिन दास र प्रियान्शु मोलियाले ९/९ रन बनाए । अष्ट्रेलियाका माहली…

Read More

काठमाडौं : गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राति गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो । वालिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ भने प्रहरीले थप अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

Read More

डडेल्धुरा : नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका-१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरी शनिबार पक्राउ गरेको थियो । उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत हुन । धनबहादुरले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए। उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएको बुझिएको छ । बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनि बझाङ गएको डीएसपीले दिपककुमार कार्कीले बताए। अपरिचित…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–८ बडयापुरका सन्दिप किशोर र सोहि पालिकाको–९ शंकरपुरका जनक सापकोटा १३।०६ ग्राम लागुऔषधसति पक्राउ परेका हुन्। उनीहरुलाई बेलौरी नगरपालिका–७ पौलाहबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

Read More

धनगढी : डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो र चप्पलको माला लगाइएको छ । आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई मोसो दलेको प्रहरीले जनाएको छ । महेन्द्रनगर पोष्टलाई प्राप्त भिडियोमा मोसो दल्नेहरूले भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन, दलालहरूलाई यस्तै हुन्छ, कारबाही हुन्छ भनेर भनेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायकले पीडित महर सम्पर्कमा आएको र अज्ञात व्यक्तिहरू एक्कासि आएर मोसो दलेको जानकारी दिएको बताए। उनले मोसो दल्नेलाई आफूले नचिनेको जानकारी दिएको बताए।

Read More

धनगढी : बझाङको बुगंल नगरपालिकाले जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । बुगंलले पहिलोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । केदारस्युँ गाउँपालिका–९ झोतामा आइतबार सम्पन्न प्रतियोगितामा सर्वाधिक १३ स्वर्ण, २ रजतसहित बुगंलले शिल्ड उचालेको हो । प्रतियोगितामा विभिन्न खेलमा १३ स्वर्ण, २ रजतसहित जम्मा १५ पदक जितेको नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिए । स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय…

Read More

धनगढी : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला अदालत काठमाण्डौंका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा पर्ने भएका छन् । उनलाई न्याय परिषद्ले कारबाही गर्ने भएको हो । गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीशको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए । व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए । अनुसन्धान नसकिँदै रिहा…

Read More

धनगढी : कञ्चनपुरमा विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ परेका पत्रकारद्वयलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालयले शनिबार विद्युतीय अपराधको मुद्दामा दुवै जनालाई पक्राउ गरेको थियो । प्रहरीविरूद्व लेखेकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ लगायतका पेशागत संगठनले विरोध जनाएका थिए ।

Read More

धनगढी : नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् । जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि जिल्ला कमिटी बैठकले अध्यक्ष पदमा भरत बहादुर थापालाई सर्वसम्मत निर्णय गरेको हो । उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा, सचिवमा कार्यालय सचिव काशी बहादुर विकलाई समेत सर्वसम्मतबाट जिल्ला कमिटीले निर्णय गरेको छ । भरत थापाको अध्यक्षमा बसेको बैठकले अगामी जिल्ला अधिवेशन चैत्र १६ र १७ मार्तडीमा गर्ने समेत निर्णय गरेको छ ।

Read More