Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–४ मा दुई मोटरसाईकल एकआपसमा ठोक्किएका हुन्। पश्चिमबाट पूर्वतर्फ जादै गरेकोे घोडाघोडी नगरपालिका १ बस्ने २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका–१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे र दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार रहेका छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप…

Read More

काठमाडौंः प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको निकाल्ने तयारीमा लागेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार हप्ता दिनभित्रै बढुवा निकाल्ने गरी तयारी भइरहेको हो। गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए। त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको थियो। एक साता अघिमात्रै अर्का एसपी रमेश बस्नेत समेत एसएसपीमा बढुवा भएसँगै रिक्त सख्या आठ पुगेको हो। जसका लागि १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन्। एसपी बन्न प्रतिस्पर्धामा रहेका १२ डीएसपीमा पहिलो नम्बरमा प्रदीप क्षेत्री छन्। दोस्रोमा अंगुर जीसी, तेस्रोमा ढकेन्द्र खतिवडा छन्। त्यसपछि क्रमशः यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू,…

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी–२० फ्रेञ्चाइज लिग आइएल टी–२० खेल्ने भएका छन्। उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। यसअघि उनले क्यानडाको ग्लोबल टी–२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो। युएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ। सम्झौतापछि ऐरीले गल्फ जायन्ट्समा आबद्ध हुँदा खुसी लागेको बताए। उनी गल्फ जायन्ट्सको हिस्सा हुन पाउँदा सम्मानित भएको बताउँछन्। ‘यो एक ठूलो अवसर…

Read More

धनगढीः टीकापुरको ललिता निवास भनेर चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ। आज (बिहीबार) बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो। अख्तियारको निर्णयअनुसार उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ। टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सयभन्दा धेरैजनालाई प्रतिवादी बनाउने निर्णय भएको अख्तियारका एकजना अधिकारीले जानकारी दिए। अख्तियारले काठमाडौंको ललिता निवासभन्दा ठूलो मानिएको यो घोटाला प्रकरणमा मुद्दा चलाउने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि लिएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसमेत तानिने बुझिएको छ। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका…

Read More

धनगढी : पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको समाचार बाहिरीएपछि जोशीले स्पष्टीकरण दिएका छन्। जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रहरीले आफ्नो घरमा छापा नमारेको प्रष्ट पारेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको समाचार बाहिरीएपछि जोशीले निजी निवासमा नभएर शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्तिमा छापा मारेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘मेरो परिवार, साथीभाइ र शुभचिन्तकहरूलाई। अनलाइन समाचार पोर्टलहरूमा भर्खरै प्रकाशित समाचारहरूको लागि यो स्पष्टीकरण हो। लेखमा उल्लेख गरिएको घर मेरो निजी निवास होइन। यो शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्ति हो।’ नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर…

Read More

काठमाडौंः प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको भएपनि विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा रोकीएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो। प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिइएको छ। तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन्। झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो। उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो। मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ,…

Read More

धनगढी : एकजना मुस्लिम महिलाले नेपालमा पहिलो पटक संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी छन्। नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी हुन्। सिद्धिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी हुन्।

Read More

काठमाडौं : क्यानडाविरुद्धको तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आरिफ शेख पनि ३८ रन बनाएर पेभेलियन फर्केका छन्। ३९ ओभरको पाचौँ बलमा ५० बलमा ४ चौका हानेका आरिफ उदय भगवानको बलमा बोल्ड आउट भए। त्यसअघि कुशल मल्ल २० रन बनाएर क्याच आउट भए। ३२ बलमा १ चौका र १ छक्का हानेका कुशल मल्ल क्याच आउट भए। नेपालले चौथो विकेटका रुपमा भिम सार्कीलाई गुमायो। २३ ओभरको तेस्रो बलमा भिम साद विन जफरको बलमा एलबीडब्लु धरापमा परे। २६ बलमा २ चौका हानेका भिम १७ रनमा बनाउँदै पेभेलियन फर्के। १९ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ६२ रन बनाउँदै आउट भएका थिए। ५७…

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो। महासंघका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौं : प्रहरीले ललितपुरको चाँगाथलीबाट लागुपदार्थ कारोबारीहरुलाई पक्रेको छ। गोलीसहितको पेस्तोल बोकेर महालक्ष्मी नगरपालिका–७ मा रहेको लायोक कङ्दङ्वा (लिम्बू) को घरमा ब्राउन सुगरको कारोबार गरिरहेका चार जनालाई रंगेहात पक्राउ गरिएको बताइएको छ। प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले उनीहरुको साथबाट झण्डै १७ ग्राम ब्राउनसुगर, दुई राउण्ड ९ एमएमको गोली, पेस्तोल, फलामको रड, एटीएम कार्डहरु बरामद गरेको छ। हिजो साँझदेखि प्रहरी बृत्त सात दोबाटोमा राखिएकामा स्थानीय ३१ वर्षीय सुरेश उप्रेती, घरबेटी लिम्बू, प्युठान घर भई भक्तपुरको सिरुटार बस्ने २५ वर्षे मनोज थापा र भारतको मधुवनी काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता हुन्।

Read More