Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ। महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमान्दारिताका साथ निरन्तर क्रियाशील बन्ने प्रण गरेको जारी विज्ञप्तिमा जनाइएको छ। कांग्रेसको महासमिति बैठकमा यस एजेन्डा प्रवेश गराएर निर्णय गराउने महाअभियानको तयारी रहेको महाअभियानका सदस्य रामचन्द्र तिवारीले जानकारी दिए। ‘२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२/६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दूराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकटरुपमा भएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेसजस्तो व्यापक जन आधारमूलक…

Read More

अछामः क्यान्सरलाई जित्न नसकेर अछामकी एक महिलाले संसार छोडेकी छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटी घर भएकी क्यान्सर पीडित सब–ईन्जिनियर रमिता रावलको निधन भएको हो। नेपालगन्ज महानगरपालिकामा कार्यरत रावलको क्यान्सरका कारण मृत्यु भएको हो। उनी लामो समयसम्म क्यान्सर रोगबाट पीडित थिइन्। माध्यमीक शिक्षा गाउँकै नवज्वति माध्यमिक विद्यालयबाट पूरा गरेर नेपालगन्जमा थप अध्ययन गरी जागिर सुरु गरेकी रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो। उनको मृत्युले जन्मस्थान पञ्चदेवल विनायक नगरपालिका र उनी जन्मिएको गाउँ शोकमा छ। नगरपालिकाको ऊर्जावान् युवाको मृत्युले नगरलाई अपूरणीय क्षति भएको छ। उनको मृत्युको खबरले नगरप्रमुख अम्बिका चलाउनेले सामाजिक सञ्जाल दुख व्यक्त गरेकी छन्। उनले लेखेकी छन् ‘यस्तो खबर…

Read More

धनगढी : कञ्चनपुरकी विवादित प्रहरी हुन्, इन्सपेक्टर बिनु शाही। बेला बेलामा विवादमा आइरहने कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु अहिले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि दिएको चरम यातनाका कारण विवादमा छिन्। इन्सपेक्टर बिनुले आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवालाई यातना दिने गरेका प्रशस्त घटना बाहिर आइसके। तर, घटना बाहिरिए पनि उनीमाथि कारबाही भने हुँदैन्। हाकिमसँग राम्रो सम्बन्ध भएका कारण बिनुलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाइ छ। इन्सपेक्टर बिनु यसअघि पनि विभागीय कारबाहीमा परेकी थिइन्। उनलाई यस अगाडि पत्रकार कुटपिटको घटनामा नसिहत दिइएको थियो। कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै…

Read More

धनगढी : नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले शुक्रबार राजीनामा दिए। व्यक्तिगत कारणले भन्दै चन्दले राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो। प्रहरी स्रोतका अनुसार, उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझायो। तर, डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै हिजो (सोमबार) राजीनामा पत्र फिर्ता गराइएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको छ। विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए। गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि…

Read More

धनगढी : कैलालीको धनगढीमा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको छ । सोमबार राति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले मिलनचोकबाट अन्दाजी ५० हजार मूल्य बराबरका कपडा बरामद गरेको हो । बरामद भएका सामान जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ ।

Read More

बेलायत : बेलायतका ७४ वर्षीय राजा चार्ल्स तृतीयलाई  क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो । चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा सोमबार राति निधन भएको बताइएको छ।  बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए।  पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन्।

Read More

कञ्चनपुरः कञ्चनपुरमा गाँजासहित एक किशोर पक्राउ परेका छन्। बेदकोट नगरपालिका-५ धरमपुरबाट ४.१८ ग्राम लागुऔषध गाँजासहित सोही ठाँउ बस्ने १९वर्षीय किशोर चेतन बोहरा सोमवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बोहराको साथबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कैलालीको धनगढीमा चोरी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेका हुन्। दुवै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो। उनीहरु सोहि दिनबाटै फरार रहेका थिए। दुवै जनालाई पक्राउ गरि अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ।

Read More

सर्लाही : सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, सर्लाहीको…

Read More