Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले शुक्रबार राजीनामा दिए। व्यक्तिगत कारणले भन्दै चन्दले राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो। प्रहरी स्रोतका अनुसार, उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझायो। तर, डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै हिजो (सोमबार) राजीनामा पत्र फिर्ता गराइएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको छ। विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए। गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि…

Read More

धनगढी : कैलालीको धनगढीमा भारतबाट भन्सार छलेर ल्याइएका सामान बरामद गरिएको छ । सोमबार राति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले मिलनचोकबाट अन्दाजी ५० हजार मूल्य बराबरका कपडा बरामद गरेको हो । बरामद भएका सामान जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ ।

Read More

बेलायत : बेलायतका ७४ वर्षीय राजा चार्ल्स तृतीयलाई  क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो । चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन ।

Read More

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा सोमबार राति निधन भएको बताइएको छ।  बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए।  पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन्।

Read More

कञ्चनपुरः कञ्चनपुरमा गाँजासहित एक किशोर पक्राउ परेका छन्। बेदकोट नगरपालिका-५ धरमपुरबाट ४.१८ ग्राम लागुऔषध गाँजासहित सोही ठाँउ बस्ने १९वर्षीय किशोर चेतन बोहरा सोमवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बोहराको साथबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : कैलालीको धनगढीमा चोरी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ का २० वर्षीय बिक्की भनिने बलराम राना र २१ वर्षीय नरेश राना पक्राउ परेका हुन्। दुवै जनालाई अदालतले २०७९ भाद्र २८ गते ५ महिना ४ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो। उनीहरु सोहि दिनबाटै फरार रहेका थिए। दुवै जनालाई पक्राउ गरि अदालत पठाएको कैलाली प्रहरीले जनाएको छ।

Read More

सर्लाही : सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालयका प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, सर्लाहीको…

Read More

कैलाली : कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोमबार जिल्लाको भजनी नगरपालिका-२ मोहनपुरस्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरोसे चौधरीको शौचालयमा नामथर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

कञ्चनपुर : अस्ति(माघ २० गते) कञ्चनपुरको बेलौरीस्थित सीमावर्ती बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नेपाली महिलालाई कुटेको खबर बाहिर आएको छ। भारतीय बजार खजुरियाबाट सामान ल्याउने क्रममा क्यारिङ गर्ने बेलौरी नगरपालिका–६ रिछाहाकी शान्ती रानामाथि पिल्लर नम्बर ८ र ७ को बीचमा कुटपिट भएको खुलेको हो। स्थानीय व्यापारीको भनाइमा रानामाथि गालीगलौज गर्दै एसएसबीले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट रानाको पिठ्यु, कम्मर र खुट्टामा निनडाम बसेको छ। उनीसँगै रहेका अन्य १४ जना महिला क्यारिङकर्तामाथि पनि एसएसबीले दुव्र्यवहार गर्दै समान जफत गरेको व्यवसायीले बताएका छन्। उक्त घटनालाई उद्योग वाणिज्य संघ बेलौरी, खजुरीया व्यापार मण्डली र दुई देशका सुरक्षा निकायका प्रतिनिधि बसेर…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More