Author: महेन्द्रनगर पोष्ट

धनगढी : सोमबार अपरान्ह्र ४ बजेतिर कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भीषण आगलागी भएको छ । पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ट्रकमा एक्कासी आगलागी भएपछि स्थानियले प्रहरीलाई खरब गरेका थिए । ट्रकमा आगलागी भएको खबर आएपछि प्रहरीले तुरुन्तै ट्रक चालक र सह-चालकको उद्धार गरेको इन्सपेक्टर हरिराम डाँगीले बताए । ट्रकले लाइटर बोकेको कारण आगो अझै नियन्त्रणमा नआइसकेको उनले जानकारी दिए । लम्कीचुहा नगरपालिकाको दमकलमा पानी सक्कीएको र बर्दीयाबाट अर्को दमकल आइरहेको छ । ट्रकबाट निस्केको आगोले पुलको पूर्वतर्फका ८ देखी १० वटा तारमा क्षती भएको छ । बिच पुलमा आगलागी भएको कारण आवतजावत…

Read More

धनगढी : कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गईरहेको बुझिएको छ । लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Read More

धनगढी : कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ। ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार पाँच करोड विनियोजन गरिएको थियो। तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो। सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का…

Read More

धनगढी : धनगढीमा युवकको कुटपिटबाट मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए। अहिले रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ। मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी…

Read More

धनगढी : घुससहित महोत्तरीबाट प्रहरी सहायक निरीक्षक र वरिष्ठ हवलदार नै पक्राउ परेका छन्। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र सोही चौकीका वरिष्ठ हवलदार मन्जित कुमार झालाई २० हजार घुससहित पक्राउ गरेको हो। अदालतको फैसलाको कार्यान्वयन नगराई छलफलबाट मुद्दा मिलाई दिने भन्दै प्रहरीले सेवाग्राहीसँग घुस मागिरहेको जानकारी अख्तियारमा आएपछि बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित गैरीटोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन् । । नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने तय भएको स्रोतले बताएको छ । मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनुवा कक्षमा रहेका एक थुनुवा भागेर भारततिर पुगेकोमा अहिले नियन्त्रणमा लिइएको छ। आज (सोमबार) दिउँसो जिल्ला प्रहरी कार्यालय पछाडिबाट हाम फालेर महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भागेका थिए। उनी दार्चुलास्थित महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए। त्यसपछि महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ। तर, कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवान भिरबाट खसेका छन्। खसेर गम्भीर घाइते भएका कैलालीको कैलारी घर भएका जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको हो। उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले…

Read More

बैतडी: आजदेखि नेकपा एमाले बैतडीको अधिवेशन सुरु भएको छ ।  आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् । १ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ । अधिवेशनकै लागि नेकपा  एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन् ।   आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५जनाले आकांक्ष देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका…

Read More

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए ।   फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

Read More

बैतडी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको बताएका छन्। एमाले जिल्ला अधिवेशनका लागि बैतडी पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पाटनमा प्रेस चौतारी बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले देशभित्र र बाहिरका केही शक्तिले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपवित्र गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रूपमा लिएको पनि बताएका छन्। सम्मेलनमा बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गरेका थिए। वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्‍याउने लक्ष्यसहित अघि बढाएको…

Read More