Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङ जिल्ला सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका ७ माल्लालाग्ने भिर नजिकै सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो। आज दिउँसो ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पन्छ्याउन जेसिवि परिचालन गरिएको भएपनि पहिरो ठुलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना छैन ।

Read More

धनगढी : सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा विक्री गरिएको नक्कली टीकट ठेलीको घटनालाई मिलापत्र गर्न खोजिएको भिडिओ संवाद बाहिर आएको छ। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले महासचिव शंकर बोहरालाई रातिको समयमा फोन गरेर मिलापत्र गर्नुपर्ने भन्दै गरिएको संवाद बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय, धनगढीमा बुधवार महासचिव बोहरासहितका चार जनाका विरुद्ध जाहेरी दर्ताका लागि पुगेका बोहराले राति उनै महासचिवलाई फोन गरेर मिलापत्र गर्नुपर्ने बताए। फोनमार्फत अध्यक्ष कल्याण बोहराले भनेका छन्, ‘तिमि पनि केही नगर, मिलाउनुपर्छ, यसलाई, अन्यथा नलिनु, सेफ ल्यान्डीङ्का लागि गरेको हो।’ अध्यक्ष बोहराले पार्टीको केन्द्रबाट फोन आएको बताएका छन्। उनले अत्तरिया उद्योग वाणिज्य संघलाई बचाउन मिलापत्र गर्नुपर्ने समेत…

Read More

धनगढी: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएकाे छ। मूलपानीमा आज भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ७८ रनले हरायो। पुलिसले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७ ओभर १ बलमा १ सय २० रनमा अल आउट भयो। सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४७ ओभर ५ बलमा १ सय ९८ रन बनाउँदा अल आउट भयो। पुलिसका शङ्कर रानाले ४६ र दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए। सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए। प्रतियोगितामा पुलिसको यो लगातार नवौँ जित हो। पुलिस यसअघि नै…

Read More

कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐर रहेका छन्। २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी बुधवार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। उनीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

Read More

बझाङ : बझाङमा ट्रक दुर्घटना भएको छ। बाग्थला बिजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट आधा किलोमिटर अगाडी सेतो पहिरोमा ट्रक चिप्लेर दुर्घटनामा परेको हो। ट्रक चालकले भने हाम फालेर ज्यान गुमाएको स्थानीय विकास मल्लले बताए। सडक सतह चिप्लो भएका कारण चिप्लेको ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको उनको भनाइ छ। आज दिउँसो करिब १ बजेतिर इन्धन, सिमेन्ट, सरिया, प्लाइउड, जस्ता लगायतका सामान बोकेर बाग्थलाबाट बुङ्गल तर्फ गइरहेको भे १ ख ३७९३ नम्बर ट्रक सडकबाट चिप्लिदा सामानसँगै ट्रकमा क्षति हुन पुगेको छ।

Read More

काठमाडौं : सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन्। स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चाैधरीलाई समेत पक्राउ गर्न खोजिरहेको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोदले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ। स्रोतका अनुसार अरुणको मात्रै नभएर विनोदकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ। उनीहरूले पञ्चायत कालदेखि नै जग्गा हडपेका हुन्। चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ। विनोदले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलन सरेको छ। आउँदो फागुन २३ र २४ गते हुने भनिएको लगानी तथा विकास सम्मेलनको तयारी नपुग्ने भन्दै मिति सारिएको हो। सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो। तर, सो निर्णय भने प्रदेश सरकारले हालसम्म सार्वजनिक नगरेको पाइएको हो। एक कार्यक्रममा मुख्यमन्त्री शाहले आउँदो वर्ष २०८१ असोज २१ र २२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए। पछिल्लो समय लगानी सम्मेलनको विरोध हुँदै आएको थियो। प्रदेश सभामा पनि सांसदहरुले सम्मेलनको विरोध गर्दै आएका थिए।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले जति काम गरेपनि वावाही नपाउने गरेको दुखेसो गरेका छन्। आज (बिहीबार) धनगढीमा न्यूज २४ टीभीले आयोजना गरेको ‘सीधाकुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा उनले सो कुरा बताएका हुन्। कुनै पनि मान्छेलाई समस्या पर्दा जनप्रतिनिधले राहत दिने निर्णय गर्दा वावाही हुने भएपनि बझाङमा भूकम्प आएको तेस्रो दिनमै पीडितको घरमा पुग्दा समेत आफूले वावाही नपाएको उनी बताउँछन्। उनी भन्छन्, ‘कुनै पनि मान्छेलाई समस्या पर्दा जनप्रतिनिधले राहत दिने निर्णय गर्दा वावाही हुन्छ। सबैले राम्रो काम गयो भन्छन्। तर, मुख्यमन्त्री बझाङमा भूकम्प आएको तेस्रो दिनमै पीडितको घरमा पुग्दा वावाही पाउँदैन।’ बझाङमा भूकम्प परी ज्यान गुमाएका मृतकका परिवारलाई संघीय सरकारभन्दा अगाडि दुई…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ। बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात भइरहेको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनका अनुसार दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात भइरहेको छ। डोटीको खप्तड क्षेत्र, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, ढोल्यामोड, अनारखोली, डडेल्धुराको साहुखर्क, दार्चुलाको सितापुल र बझाङका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जानकारी आएको छ। हेर्नुहोस् खप्तड क्षेत्रमा हिमपात : तस्वीर सौजन्य : दीपक खड्का

Read More

काठमाडाैं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगी–व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ। स्रोतका अनुसार, उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न (आज) बिहीबार दिउँसो पक्राउ गरिएको हो। अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको आरोप छ। त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।

Read More