Author: महेन्द्रनगर पोष्ट

कैलाली : सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले लगाउने लोगो चौथोपटक फेरिने भएको छ। गत वर्षको पुस १५ गते पाँच लाख ५० हजार रुपैयाँ खर्चेर लोगो तयार गरिएको थियो। त्यो लोगोको स्वरूप ठिक नभएको भन्दै अर्काे तयार गर्न थालिएको हो। नयाँ लोगो तयार गर्नको लागि नेपाली कांग्रेसका पदम शाहीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। बुधवारको प्रदेश सभा बैठकमा उक्त समितिले लोगोको स्वरूप सहितको प्रतिवेदन प्रस्तुत गरेको छ।  जेठ २ गते बसेको प्रदेश सभा बैठकले शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो।  दोस्रो कार्यकालको पहिलो वर्ष पुगे लगत्तै प्रदेश सभा सदस्यको लागि चौथो पटक लोगो बनाउन लागिएको हो। यसअघि सुरुमा धातुको…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा   सो यन्त्र जडान गरिएको हो। जडान गरिएको यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले जानकारी दिए। ‘बर्सेनि बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने सुरुआत गरेका छौँ’, उनले भने, ‘अन्य बाढीबाट प्रभावित हुने क्षेत्रमा पूर्वसूचना यन्त्र थप्दै लैजान्छौँ।’ प्रमुख शाहले जडान गरिएको यन्त्रले १०–१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने बताए। उनका अनुसार यन्त्रले…

Read More

-आभूषण तिम्सिना बजार तातेको छ। विषय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमन प्रमुखले ड्युटिमा खटिएको प्रहरी जवानलाई कुनै विषयमा कुरो नमिलेपछि आवेशमा आएर लात्तीले हाने त्यसको प्रतिकृया स्वरुप त्यहाँ खटिएका सबै मध्ये केही वर्दीधारी प्रहरीहरुले अध्यागमन अधिकृतलाई रामधुलाई गरे। यो विषयमा अनेक मत मतान्तर देखापरेका छन्। कसैले प्रहरीले सहि गरेको हो भनेका छन्, कसैले के सँधै प्रहरीले मात्रै हेपाइ सहेर बस्नुपर्ने? कुटाइ सहेर बस्नुपर्ने ? अध्यागमन अधिकृतले चाहि आफ्नो पदीय मर्यादा बिर्सेर ड्युटिमा बसेको प्रहरी जवानलाई लात्ताले हान्न पाइने ? प्रहरीले जे गर्यो ठिक गर्यो। एका दुई पत्रकारहरुले त सामाजिक सञ्जालमै गोली ठोक्नुपर्थ्यो कुटेछन् मात्रै भन्ने खालका अभिव्यक्ति पनि दिएको देखिन्छ। यो…

Read More

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका मेयर डिल्लीराज जोशीले नगरपालिकाको आवास छोडेर भाइको घरमा बसाई सारेका छन्। पालिकाको आफ्नै आवास हुँदाहुँदै मेयर जोशीले भाइको घरमा बसाई सरेर पालिकाबाट भाडा तिरिरहेको खुलेको छ। उनले आफ्नो भाइको घरमा वार्षिक ४ लाख ९९ हजार ५ सय भाडा तिर्नेगरी सम्झौता गरेका छन्। यसरी जोशीले अधिकारको दुरुपयोग गर्दै पालिकाको बजेट अपचलन गरिरहेका हुन्। पालिकाको निवास छोडेर भाइको घरमा बस्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले नगरकै आवास मर्मत गरेर बस्न सुझाएका थिए। तर, मेयर जोशीले मानेका थिएनन्। प्रमुख प्रशासकीय भने नगरकै आवासमा बस्दै आएका छन्। उनले भाइको घर रंगरोगन तथा मर्मतको लागि समेत पालिकाबाट लाखौं रूपैयाँ…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका केही स्थानहरूमा हुस्सु  लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको हातपात भएको घटनाको छानबिन सकिएको छ। बुधबार सहसचिव एवं छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन्। उक्त समितिले विमानस्थलमा कार्यरत असई संजय तामाङलाई निलम्बनको सिफारिस गरेको छ। यसबारे प्रहरी प्रधान कार्यालय नक्सालले प्रक्रिया अघि बढाउने तयारी छ। त्यस्तै अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ। उनलाई त्यहाँबाट हटाएर गृह मन्त्रालयमा तान्ने र आचरणको कारबाही समेत गर्न सिफारिस गरिएको स्रोतले बतायो। उनीमाथि कुटपिट गरेको आरोप लागेका प्रहरी जवानद्वय रवि रञ्जन गुप्तान र राजकुमार महतोलाई विभागीय कारबाहीका लागि सिफारिस समेत भएको छ। त्यसैगरी कमान्ड राम्ररी नगरेको भन्दै…

Read More

धनगढी : नेपाल आयल निगमले मध्यरातदेखि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ बढाउने भएको छ । आज राति १२ बजेपछि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय भएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँ भाउ बढाउन लागिएको हो । नयाँ भाउअनुसार काठमाडौं र वरपरका जिल्लामा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर एक हजार ९१५ रुपैयाँ तोकिएको छ ।

Read More

धनगढी : स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट भएको छ । आदर्श गाउँपालिकाले ९५.५ प्रतिशत अंक दाबी गर्दै प्रदेशकै उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले १० बिषयक्षेत्रमा संस्थागत स्व–मुल्याङ्कन गर्नु पर्ने व्यवस्था रहेको छ । यस अनुसार आदर्श गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन र भौतिक पूर्वाधारमा शत प्रतिशत अंक दावी गरेको छ । यस्तै, समन्वय तथा सहकार्यमा ९१.६७ प्रतिशत, बार्षिक वजेट तथा योजना व्यवस्थापन प्रतिशत, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१, सामाजिक समावेशीकरणमा ९० प्रतिशत र बातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताएका छन् । भूमि व्यवस्था मन्त्रालय र ह्याविटेट फर ह्युमानिटी नेपालको आयोजनामा धनगढीमा बुधबार भएको प्रदेश स्तरीय भूमि आवास तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेश स्तरीय नीतिगत संवादमा बोल्दै मन्त्री चौधरीले जग्गा वर्गीकरणको जिम्मा पालिकालाई दिइएकाले पालिकाले ती काम कुशलतापूर्वक पूरा गर्नुपर्ने बताएका हुन्। उनले कैलालीमा प्राकृतिक तालतलैयाको उपयोग गर्दे जैविक विविधतालाई कायम राखेर माछा पालन गरेर समेत भू–उपयोग गर्नुपर्ने बताए । खेतीयोग्य जमिन मासिँदै गएपछि खाद्यान्नमा परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको बाँझो जग्गालाई उपयोग गर्नुपर्ने…

Read More

धनगढी : बझाङको बुङ्गल नगरपालिकामा सात बर्षपछि सार्वजनिक सुनुवाइ भएको छ । जिल्लामा कहिल्यै सार्वजनिक सुनुवाइ गर्ने पालिकाको रुपमा रहेको बुङ्गलले बुधबार पहिलोपटक सार्वजनिक सुनुवाई गरेको हो । नगरपालिकाले पहिलो पटक सार्वजनिक स्थानमा नै आफ्नो सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि भएको प्रगति समीक्षा एवं आगामी दिनमा कस्तो काम गर्नु पर्छ त भन्ने विषयमा सार्वजनिक रूपमा नै नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको हो । सार्वजनिक सुनुवाइमा सहजिकरण पत्रकार महासंघ जिल्ला शाखा बझाङले गरेको छ । लामो समयसम्म नगरपालिकामा सार्वजनिक सुनुवाइ नभएपछि स्थानियहरुले सार्वजनिक सुनुवाइ आवाज उठाउदै आएका थिए । बुधबार नरपालिकाले खुल्ला चौरमा सार्वजनिक सुनुवाइ गरेपछि नेकपा…

Read More