काठमाडौं : नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ। एमाले सचेतक महेश बर्तौलाले अहिले केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए। उनका अनुसार, बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ र त्यसको विरोधका लागि समय माग गरिएको छ। फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो। ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएकोछ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ । निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।
नयाँ दिल्ली : पञ्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)को योजना दुई दिनका लागि स्थगित गरेका छन् । वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरूबीचको झडपमा एक किसानको मृत्यु भएपछि यो निर्णय लिइएको हो । किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ । टाउकोमा गहिरो चोट लागेर बल्लो गाउँका चरणजित सिंहका छोरा शुभकरण सिंहको मृत्यु भएको छ भने खनौरी र शम्भु नाकाका दर्जनौं किसान घाइते भएका छन् । शुभ करण सिंहलाई लगिएको पटियालास्थित अस्पतालका डाक्टरले उनलाई गोली लागेको बताएका छन् । अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण…
कैलाली: कैलालीको सुखडमा जारी नेकपा एमालेको नवौं अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन कमिटीले बुधबार दिउँसो २ बजे मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो तर मनोनयन दर्ता, उम्मेदवारी नामावली प्रकाशन, दाबी विरोधमा समय लागेका कारण मतदान आजलाई सारिएको हो। प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार बिहान ८ बजेपछि मतदानको समय तय गरिएको छ। एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन्।
डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव यहि फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ। उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिने भएको छ। यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको संघका कार्यबहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।
डडेल्धुरा : कार्यसम्पादन मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा आएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये अमरगढी नगरपालिका पहिलो बनेको हो। देशभर भने अमरगढी ११ औं स्थानमा रहेको छ। आयोगले सार्वजनिक गरेको विवरणअनुसार अमरगढी नगरपालिकाले ४८ दशमलव ९९ प्रतिशत अङ्क प्राप्त गरेको छ। यस्तै डडेल्धुरा जिल्लामा भने गन्यापधुरा गाउँपालिका दोस्रो स्थानमा छ। उसले ४१.९१ अंक पाएको छ। यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाकाले ३४.६०. अजयमेरु गाउँपालिकाले २८.७४, भागेश्वर गाउँपालिकाले ३६.४८, परशुराम नगरपालिकाले ३८.२८, आलिताल गाउँपालिकाले २१.८३ प्रतिशत अंक पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ। कार्यसम्पादन मूल्याङ्कन गर्न…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ महायज्ञ उद्घाटन गर्दैछन्। साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि यहि फागुन २५ गते (शिवरात्रीको दिन) सम्म सञ्चालन हुने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल आज त्यसतर्फ प्रस्ताहन गर्न लागेका छन्। कोटीहोम मुल आयोजक समितिका अनुसार राष्ट्रपति पौडेलले आज बिहान ११ वजे कोटिहोम महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ। वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातक…
कैलाली : कैलालीको टीकापुरका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका-१ स्थित एयरपोर्टबाट ९८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका २३ वर्षीय आरोन थापा बुधवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट ४४० मिलिग्राम खैरो हेरोइनसहित भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बस्ने २१ वर्षीय बिरेन्द्र कठायतलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनसहित भारतबाट नेपालतर्फ आउदै गरेका बैतडी पाटन नगरपालिका-६ बस्ने २६ वर्षीय कमल भण्डारीलाई बुधबार साँझ पक्राउ गरेको हो। यी दुवैजनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं: प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको धनगढी-३ घर भएका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्र सिंह ठगुन्नासहित एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका छन्। उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ।