Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् । माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।

Read More

धनगढी : नक्कली टिकट बिक्री गरेको आरोपमा कैलालीको एक जनप्रतिनिधिका स्वकीय सचिव र अर्का एक जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अत्तरियामा भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव, २०८०’ को नक्कली टिकट बिक्रीवितरण गरेको आरोपमा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका स्वकीय सचिव दिलिपकुमार साउद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध पकाउ पूर्जी जारी भएको छ । गत पुस २६ देखि माघ ७ गतेसम्म सञ्चालित महोत्सवमा नक्कली टिकट बरामद भएपछि अत्तरिया उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी दिएको थियो । प्रशासनले जिल्ला प्रहरी कार्यालय, कैलालीलाई छानबिनको जिम्मा दिएको हो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुको संलग्नता पाएपछि जाहेरी दिइएको…

Read More

धनगढी : नेकपा एमालेकी केन्द्रीय सदस्य कमला बोहराले नारदमुनी रानाको खुट्टा भाच्ने धम्की दिएकी छिन्। धनगढी घर भएका एमाले नेता, पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्जसमेत रहेका रानालाई पार्टी हेडक्वार्टरभित्रै बोहराले खुट्टा भाच्ने धम्की दिएकी हुन्। स्रोतका अनुसार रानासहित एमाले महासचिव शंकर पोखरेलको कार्यकक्षमा मंसिर पहिलो सातातिर बसेको बैठ्कमा बोहराले त्यसरी धम्काएपछि महासचिव पोखरेल र राना चुपचाप लागेका थिए। सो बैठकमा एमाले कञ्चनपुरका अन्य नेता पनि सहभागि थिए। जिल्लामा युवा संघको अधिवेशनमा भएको विवाद काण्डमा आफू निकट कार्यकर्तालाई कारबाही गरेको र उनीहरुको कारबाही फुकुवा नहुदाँ बोहराले रानालाई धम्काएको बताइएको छ। सो धम्की काण्डपछि राना त रिसाए नै केपी शर्मा ओली…

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–१० को तुलसीपुर सामुदायिक वनमा विद्युतीय धरापमा परेर धनबहादुर शाहको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–४ गणेशपुरका मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र विश्वकर्माले बताए। उनकाअनुसार चौधरीले जंगलमा जनावरका लागि विद्युतीय धराप थापेका थिए। सोही धरापमा परेर शाहको मृत्यु भएपछि उनलाई अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएको डीएसपी विश्वकर्माले बताए । चौधरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । यही माघ १० गते सामुदायिक वनमा थापेको विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको…

Read More

बाजुरा : जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए । एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो । अत्याधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण…

Read More

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वनविज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्रीको अभाव छ। विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो। विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए। ‘प्रयोगात्मक सामग्री अभाव हुँदा विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने कार्यमा अप्ठेरो परिरहेको छ’, उनले भने, ‘निकै लामो समयदेखि माग गर्दै आए पनि व्यवस्था हुन सकेको छैन।’ उनका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्य सिकाउनका लागि रेन गेज, साभेल, माइक्रोस्कोप, ओभन, क्लिनोमिटर, चेनस, पोलि हाउस, चेन, ट्री क्यालिपर, डाइमिटर टेप, स्पिडो मिटर, स्पिडे, स्नोभेल, वाइनाकुलरलगायत सामग्रीको अभाव छ। विद्यालयसँग फरूवा, कोदालो,…

Read More

कैलाली : अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणमा जिल्ला अदालतले दुईजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उक्त प्रकरणको छानविनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य संघले टिकट व्यवस्थापनको जिम्मा पाएका सचीव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध किटानी जाहेरी दिएको थियो। किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले बताए। दुवै जनालाई पक्राउ गर्न प्रहरीले खोजिरहेको उनले बताए। अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए। 

Read More

काठमाडौं : दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ। सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो। नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ। तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक मात्र हुन्छ भने भारत र पाकिस्तानले ६/६ अंक जोडिसकेकाले नेपाल अब सुपर सिक्स खेलेर घर फर्कनुपर्ने भएको हो। सुपरसिक्सको एउटा समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन्। नेपाल रहेको समूह एबाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो छ। उनीहरूले तीन/तीन खेल जितेर ६/६ अंक बनाएका छन्। बंगलादेशले २ खेलबाट २…

Read More

धनगढी ! कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-६ जालीस्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटर पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्कुटर र चालक धनगढी उपमहानगरपालिका-५ जाईका २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू(भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा…

Read More