Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : तीव्र गतिका बलर जितेन्द्र मुखियाको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै फाइनल नजिक पुगेको छ। छैटौं जित निकाल्दै आर्मी १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि २६३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४१.१ ओभरमा १६५ रनमा अल आउट भयो। सुदूरका लागि किरण ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए। अन्य कुनै पनि सुदूरका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर खडक बोहरा डक, कप्तान राजु रिजाल ६, नरेन भट्ट १८, प्रकाश पाण्डे ११, गजेन्द्र बोहरा १२, नारायण जोशी १३ र शेर मल्ल…

Read More

काठमाडौं : आफूलाई राजावादी अभियन्ता बताउने दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। राजतन्त्र फर्काउने भन्दै अभियान चलाइरहेका प्रसाईंले शाहसँग भेट गरेको तस्वीर फेसबुकमा सार्वजनिक गरेका छन्। तस्वीरसँगै प्रसाईंले भनेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताट प्रताडित देशले छिट्टै निकास पाउनेछ। धैर्य गर्नुहोला।’ यसअघि प्रसाईं र अभिनेत्री मनिषा कोइरालाबीच पनि भेट भएको थियो।

Read More

डडेल्धुरा: डडेल्धुरा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता टुँडिखेल मैदानमा हुने भएको छ। प्रतियोगिता व्यवस्थापनरनिर्देशन समिति डडेल्धुराको सोमबार बसेको बैठकले यसवर्षको जिल्लास्तरीय रनिङ शिल्ड अमरगढी नगरपालिका–४ टुँडिखेलमा गर्ने निणर्य गरेको हो। प्रतियोगिता यहीँ माघ २६ र २७ गते टुँडिखेल मैदानमा आयोजना सञ्चालन गरिने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिए। जिल्ला खेलकुद समितिले सोमबार एक सूचना जारी गर्दै आ–आफनो पालिकाका खेलाडी टिमहरू सहभागी गराइदिन जिल्लाका सातवटै स्थानीय तहलाई आग्रह गरेको छ। कार्यालय प्रमुख भण्डारीका अनुसार प्रतियोगिताको माघ २६ गते बिहान साढे ८ बजे उद्घाटन गरिने छ। खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा हुनुपर्ने तथा सातवटै स्थानीय तहले…

Read More

धनगढी : कैलालीको अत्तरिया महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ। ‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ ले आज (सोमबार) देखि अत्तरिया बसपार्कबाट हस्ताक्षर अभियान सुरु गरेको हो। नक्कली टिकट ठेली प्रकरणलाई थामथुम पार्ने प्रयास भएकाले दवाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका संयोजक गणेश बहादुर बलायरले बताए। संघर्ष समितिले आइतबार नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको थियो । अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए। नक्कली…

Read More

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-४ सिप्टी परगैरा बस्ने अन्दाजी ३५ वर्षीया थुचा धामीको भिरबाट लडेर ज्यान गएको हो। उनी मृत अवस्थामा भेटिएको नौगाड ४ का वडाध्यक्ष कृष्ण धामीले जानकारी दिए। घटना आज (सोमबार) विहानको भएको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा एक जना पक्राउ परेकी छन्। पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीय सरस्वती खड्का रहेकी छन्। खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

बागलुङ: शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके। सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाले । ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोश पोखे। ‘हामीले धुलो कहिलेसम्म खाने मुख्यमन्त्री ज्यू ?,’ काठेखोला–६ का वडाध्यक्ष वृहस्पती शर्माले भने, ‘अन्य सडक दुई वर्षमा कालोपत्र हुन्छ, बिहुँको सडक किन यस्तो भयो, यहाँका जनता आजित भए।’ मुख्यमन्त्री पाण्डे मध्यपहाडी पुष्पलाल लोकमार्ग अयोजना, निर्माण व्यवसायी र बिहुँका स्थानीयलाई राखेर कुरा गर्ने आश्वासन दिएर आफ्नो गन्तव्यतर्फ लागे। राष्ट्रिय…

Read More

काठमाडौं : जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ। अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए। ‘हत्कडीसहित भागेलगत्तै उनीहरुसँग फोन सम्पर्क भएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका…

Read More

धनगढी : त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेश विरुद्ध बलियो योगफल खडा गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा समेटियो। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए। उनी ६७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै भोजराज भट्टको बलमा आउट भएका थिए। ८८-६ को अवस्थामा क्रिज पुगेका कुशलले सातौं विकेटका लागि बसिर अहमदसंग ११३ रनको साझेदारी गरेका थिए। बसिर ६३ बलमा ३६ रन बनाएर नरेन साउदको बलमा आउट भएका थिए। ओपनर इमरान शेखको इनिङ ९ रनको मात्र रहन पुग्यो। उनलाई पाचौं ओभरमा भोजराज…

Read More

कञ्चनपुर: कञ्चनपुरमा जारी मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ। आज (सोमबार) महेन्द्रनगरको खुला मञ्चमा भएको प्रतियोगितामा आर्मीले कोशी प्रदेशलाई पराजित गरेको हो। आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। आर्मीले हिजो बागमती प्रदेशलाई हराएको थियो भने कोशीको यो आज पहिलो खेल हो। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको प्रतियोगितामा ३ विभागीय गरि १० टिमको सहभागिता रहको छ।

Read More