Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :  प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर नाराबाजी गरेको थियो ।

Read More

काठमाडौँ : न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेघराज खड्का (रुकुमपश्चिम), सङ्गीता खड्का (काठमाडौँ), डा.मधुसुधन न्यौपाने (काठमाडौँ), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुली) को उम्मेदवारी परेको छ । समितिको अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो । सोही सूूचनाबमोजिम दरखास्त माग गरिएकामा उनीहरूले दरखास्त दिएका थिए । सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीका अनुसार उनीहरूको दरखास्त स्वीकृत भएको छ । श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति…

Read More

काठमाडौँ : पछिल्लो केहिदिन यता देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना…

Read More

कैलाली : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका…

Read More

काठमाडौ : काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ। मोरङ घर भई  बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए। प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। उनका अनुसार घटना आपसी विवादकाे कारण हुन सक्छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

Read More

धनगढी: कैलालीमा प्रहरीमाथि नै तस्करको समूहहरुले निगरानी राख्ने गरेको पाइएको छ। कैलालीका विभिन्न सीमानाकाबाट तस्करी गर्नेहरुले प्रहरीमाथि निगरानी राख्ने गरेको पाइएको हो। आज शनिबारमात्रै एक जना प्रहरीमाथि निगरानी राख्ने तस्करका खुफिया पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका-७ मनेहरा बस्ने बुद्दीराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधीको बारेमा अवैध रुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचना गरेको खुलेको हो। यस्तै उनले सूचना दिएबाफत प्रति सूचना रु.५०० का दरले लिने गरेको बताइएको…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्यायको अनुभूति…

Read More

धनगढी: धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा हानेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानाको टोलीले स्पाहरुमा छापा हानेको हो। शनिबार प्रहरीले धनगढीका सबैजसो स्पामा छापा हानेको थियो। प्रहरी स्रोतका अनुसार ८ ओटा स्पामा छापा हानेकोमा धनगढी उप-महानगरपालिका-४ चौराहास्थित सुदूरपश्चिम स्पा नाम गरेको मसाज सेन्टरमा भने कैफियत भेटिएको छ। उक्त मसाज सेन्टरमा अनैतिक गतिविधि भएको थाहा भएपछि प्रहरीले सो स्पाका सञ्चालक र त्यहाँ कार्यरत ४ युवतीसहित ६ जनालाई पनि पक्राउ गरेको छ। छापाका क्रममा प्रहरीले सो स्पाको डस्टबिनमा कण्डमहरु फेला पारेको थियो। यस्तै त्यहाँ प्रहरीले युवतीसहितलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाएको छ।

Read More

काठ्माडौं : दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहार गरी हत्या गरिएको दाङ प्रहरीले बताएको छ । दाङ प्रमुख एसपी रामबहादुर केसीका अनुसार अटो चालक टेकबहादुर घर्तीले बञ्चरोले हानेर ती दुई महिलाको हत्या गरेका हुन् । घोराही १७ का घर्तीले विगत २ वर्षदेखि मृतक जुपलीलाई अटोमा घरमा लग्ने र ल्याउने गर्दै आएको प्रहरीले जनाएको छ । संगीता जुपलीको घरमा श्रीमानसहित भाडामा बस्दै आएकी थिइन् । टेकबहादुरले आज अपरान्ह जुपलीको भान्सा कोठामा दुईको हत्या गरेका हुन् । प्रहरीले टेकबहादुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि…

Read More

डोटीः डोेटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन्। जिल्लाको जोरायल गाउँपालिका–४ बाँजिलेककी ३१ वर्षीया पार्वतीदेबि बोहरा चट्याङ लागेर घाइते भएकी हुन्। आज (शनिवार) बिहान घरमा बसिरहेको बेला हावाहुरी सहित घरमा परेको चट्याङले बोहरा घाइते भएकी हुन्। चट्याङबाट बोहराको घरमा क्षेती पुग्नुको साथै गोठमा रहेको १ बाख्रा समेत मरेको इलाक प्रहरी कर्यालय जोरायलले जनाएको छ। घाइते बोहराको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More