Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) तिलकप्रसाद कलाैनीको बढुवा भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत कलाैनीको इन्सपेक्टरमा बढुवा भएको हो। उनी जिप्रका डडेल्धुराको सञ्चार शाखामा कार्यरत थिए। आज (आइतबार) प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले उनलाई बधाई तथा शुभकामनासहित दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। बैतडी घर भएका उनी निकट भविष्यमै  अनिवार्य अवकाशमा जादैछन्।

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले जिम्मेवारी सम्हालेका छन्। आज (आइतबार) रजौरेले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका हुन्। एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गरेको बताइएको छ। काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनको दाबी छ। रजौरे उनै विवादित प्रहरी अधिकारी हुन्, जसमाथि धनुषा प्रहरीको प्रमुख (एसपी) हुँदा कारबाही भएको थियो। आर्थिक अनुशासन कायम नराखेकोमा उनले कारबाही भोगेका थिए।

Read More

धनगढी: बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा मतगणना जारी छ। पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता फराकिलो पार्दै जाँदा काँग्रेसका अभिषेक सिंह तेस्रो स्थानमा झरेका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट गणना भएकोमा शुरुबाटै अग्रता लिइरहेका भण्डारीले १८०६ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा १२७४ मतसहित दोस्रो छन्। तेस्रो स्थानमा रहेका काँग्रेसका सिंहले ११२८ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार ७२१ मतसहित चौथो स्थानमा छन्। यहाँ अन्य उम्मेदवार भने प्रतिस्पर्धामा देखिएका छैनन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

काठमाडौं: नेपाल प्रहरीका एआईजी दीपक थापाद्वारा डिआईजी दुर्गा सिंह चन्दको बिदाई गरिएको छ। काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालयको निर्णयानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की, प्रमुखको रुपमा सरुवा भई कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लागेकी डीआईजी चन्दको बिदाई गरिएको हो। आइतबार बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उनलाई कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न शुभकामना दिए। साथै संगठनको हितमा काम गर्नसमेत थापाले निर्देशन दिए। हालै डीआइजी चन्दको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। र, यो पनि: गण्डकी प्रदेश प्रहरीको हाकिममा चन्द

Read More

धनगढी: नेपाल प्रहरीका वरिष्ठ सई सोभान सिंह कार्कीको बढुवा गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत कार्कीको इन्सपेक्टरमा बढुवा भएको हो। उनी निकट भविष्यमै अनिवार्य अवकाशमा जादैछ्न्। बैतडी घर भएका उनी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका हुन्।

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारी अग्र स्थानमा छन् भने अविशेक सिंह (काँग्रेस) ले उनलाई पछ्याउँदै छ। यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेकोमा नेकपा एकीकृत समाजवादी पुछारमा छ। एमाले उम्मेदवारले सुरुदेखि अग्रता लिएकोमा अहिलेसम्म कायमै राखेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो। बझाङ प्रदेश सभा (१) २८२२ मत गणना एमाले (दमन भण्डारी) : १३०३कांग्रेस (अभिषेक सिंह) :६५६माओवादी केन्द्र (जनक बुढा) : ४६१राप्रपा (किशोर खड्का) :१८एकीकृत समाजवादी (दिलबहादुर सिंह) :३६९

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारी अग्र स्थानमा छन् भने अविशेक सिंह (काँग्रेस) ले उनलाई पछ्याउँदै छ। यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेकोमा नेकपा एकीकृत समाजवादी पुछारमा छ। एमाले उम्मेदवारले सुरुदेखि अग्रता लिएकोमा अहिलेसम्म कायमै राखेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो। यस्तो छ अहिलेसम्मको मतपरिणामसूर्य: १२६२रूख : ६३६हँसिया हथौड़ा : ३५२कलम : ३१६

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारी अग्र स्थानमा छन् भने अविशेक सिंह (काँग्रेस) ले उनलाई पछ्याउँदै छ। यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेकोमा नेकपा एकीकृत समाजवादी पुछारमा छ। एमाले उम्मेदवारले सुरुदेखि अग्रता लिएकोमा अहिलेसम्म कायमै राखेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो। यस्तो छ अहिलेसम्मको मतपरिणामदमन भण्डारी (एमाले)-७५७अविशेक सिंह (काँग्रेस)-३८०जनक बुढा (माओवादी)-२२६दिल बहादुर सिंह (समाजवादी)-११५

Read More

धनगढी: बझाङमा मतगणना सुरु भएको छ। अहिलेसम्मको नतिजामा एमाले अगाडि छ। एमालेका उम्मेदवार दमन भण्डारीले १५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस) ले१३२ मत पाएका छन्। यस्तै माओवादीका जनक बुढाले ४७ मत पाउँदा किशोर खड्का (राप्रपा)ले १ मत र दिल बहादुर सिंह (समाजवादी)५१ पाएका छन्। अहिलेसम्म ४ सय मत गणना भएको बताइएको छ।

Read More

धनगढी: इलाम क्षेत्र नम्बर २ मा मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन्। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो। इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो

Read More