Author: महेन्द्रनगर पोष्ट

धनगढी : डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका २ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो । गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए ।

Read More

धनगढी : भारतको दिल्लीमा ६५ वर्षीय डाक्टर योगेशचन्द्र पालको हत्या गरेर चार नेपाली फरार भएका छन् । डाक्टर पालको मे १० मा दिल्लीको जंगपुरास्थित आफ्नै घरमा घाँटी थिचेर हत्या गरिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार उक्त हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार हत्यामा ७ जनाको संलग्नता रहेको छ । जसमध्ये ४ जना नेपाली नागरिक रहेका छन् । चारै जना नेपाली नागरिक नेपाल भागेको आशंका गरिएको छ । हत्याको मुख्य योजनाकार डाक्टर पालकी कर्मचारी बसन्ती हुन्, जो २४ वर्षदेखि मृतक डाक्टरको घरमा कार्यरत थिए । २४ वर्षसम्म घरमा राखेकी महिलालाई सबै थोक दिने परिवारले कल्पना…

Read More

काठमाडौं : सरकारलाई इन्टरनेट सेवा प्रदायक संस्थाबाट रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुनबमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिंक कम्युनिकेसनले दायर गरेका आठवटा रिट खारेज भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ । यो फैसलासँगै सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुनबमोजिम असुलीको बाटो खुलेको हो । महालेखापरीक्षकले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदनदेखि हरेक वर्ष निरन्तररूपमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी राजस्व प्राप्त नभएकाले कानुनबमोजिम असुलउपर गर्नुपर्ने बेरुजु भनेर औँल्याउँदै आएको थियो । यस विषयमा…

Read More

काठ्माडौं : गत बिहीबार एकाबिहानै सप्तरी प्रहरीमा बैंकका एक सुरक्षागार्डको हत्या भएको खबर आयो । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो । प्रहरी टोलीले सीसीटीभी नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । सीसीटीभीअनुसार बिहीबार बिहान ३ बजेर १८ मिनेटमा फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको पुष्टि भयो । प्रहरीलाई यो घटना लुटपाटका लागि भएको पनि सीसीटीभी फुटेजबाट नै स्पष्ट भयो । किनकि लुटेराले बैंकमा लुटपाटको प्रयासमा गार्डको हत्या गरेको थियो । उसले बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरे पनि सफल हुन सकेन । त्यसपछि लुटेरा फर्किएको सप्तरीका प्रहरी…

Read More

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ । स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको कलिलै उमेरमा मृत्यु भएको क्याम्पस परिवारले जनाएको छ । विद्यालयले प्रितीको मृत्यु भएपछिभोली जेठ ३१ गते शोक विदा दिएको छ । उनको मृत्युको कारण भने खुलाइएको छैन् ।

Read More

काठमाडौं : गौशालाबाट ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई सुनसहित पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौं कुमारागाल नयाँ बस्ती बस्ने ३२ वर्षीय जीवन बस्नेत छन्। उनीबाट ५० ग्राम सुन, चार वटा फोन र १ लाख ६० हजार नगद बरामद गरेको हो। गत बिहीबार कार्यालयको टोलीले कतारबाट सुन ल्याएको भन्ने सूचना पाएको थियो। उक्त सूचनापछि प्रहरीले धरानका विजयकुमार लिम्बुलाई ५० ग्राम सुनसहित पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गरी प्रहरीले शुक्रबार बस्नेतलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाउने…

Read More

-शिव अवतार आद्य जगदगुरू अनन्तश्री शंकराचार्य। विभिन्न चलन, मत, पन्थ र पूजा पद्धतिमा विभाजित भएको हाम्रो सनातन समाजलाई एउटै वैदिक एकता सूत्रमा आवद्ध गरेर सनातन सभ्यताको एकीकरण गर्ने महान सूत्रधार थिए उनी। उनीद्वारा प्रणीत अद्वैत वेदान्त दर्शनलाई सनातन हिन्दु धर्मको मुटु, रक्त सञ्चार र प्राण मानिन्छ। कलियुग लागेपछि समयक्रममा मृतप्राय: हुँदै गएको वैदिक ज्ञानलाई पुनर्जीवित गरि हाम्रो ज्ञान परम्पराको अभ्युदय गर्ने यी महात्मा युधिष्ठिर संवत् २६३१ को वैशाख शुक्ल पञ्चमी तिथिमा द्रविड भूमिको दक्षिण पश्चिम पुछारमा पर्ने कालडीमा प्रकट भएका थिए। कोजीकोड राज्यका राजा सुधन्वाले कालडीमा स्थापित गरेको “शंकर दिग्विजय कीर्ति स्तम्भ”मा यही मिति अंकित गरिएको छ। युधिष्ठीर संवत् ईश्वी…

Read More

धनगढीः कञ्चनपुरका विभिन्न तीन ठाउँबाट अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो। करिब दुई लाख पैसठ्ठी हजार मुल्यको लेडिज सुट, टिसर्ट, रुमाल, कपडा, चुडी, मेहेन्दी, सुर्ती, बिडी, सुपारी, पेय पदार्थ, चिनी र प्याज बरामद गरि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्। काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताए। उनले भने, ‘आफूहरु बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन।’ विगत नौ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बापतको भत्ता र प्रयोगशालामा काम गरेको बापतको जोखिम भत्ताको…

Read More

धनगढी : कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताए । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा…

Read More