Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरीले एकसाथ तीन स्थान सुधार गरेका छन्। यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैठौँ स्थान पाएका हुन्। यसपटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन्। नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ। यसअघि ३५औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा छन्। यस्तै कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गरेका छन्। यसअघि ६६औँ स्थानमा रहेका रोहितले ११ स्थान सुधार गर्दै ५५औँ स्थानमा आइपुगेका हुन्। गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा…

Read More

काठमाडौं : संघीय संसद् भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आफैले बोकेको राइफलले निधारमा गोली हानेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको हो। प्रहरी स्रोतका अनुसार गोलेले विदेशमा रहेकी प्रेमिकाले धोका दिएपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा निधारमा गोलीको शवअवस्थामा भेटिएको थियो । उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए। अहिले गोलेको शव पोष्टमार्टमा लागि टिचिङ अस्पताल…

Read More

काठमाडौं : पत्रकार अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ । दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधबार पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महारजगंजमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरुको तदर्थ कमिटी गठन गरेको हो । दानीको नेतृत्वमा गठन भएको कमिटीमा शिवम मिश्र, प्रिंयका कामत, संजिव कुमार झा, शान्ति घतराज (बराइली), चत्र, प्रसाद पोखरेल, प्रत्युष लगुन, नरेन्द्र बिष्ट, दिपक बिसी, अतित पोखरेल, सुशान्त घिमिरे, पंकज मिश्र, अनुसा सिजापति, आनन्द शर्मा, चंदन प्रसाद पटेल, आरती ठाकुर, सन्दिप शर्मा, मदन शाही, ऋषी वाग्ले, शम्भुप्रसाद थारु, जीवन डंगोल, नरेश चौधरी,…

Read More

धनगढी : दार्चुलाका भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई पत्र पठाएर भरतको सहभागिता निश्चित गरेको हो । भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा  प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने  छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए । दार्चुला अपी हिमाल गाउँपालिका-६ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण…

Read More

काठमाडौं: नेपालको संघीय संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएको कारण आत्महत्या गरेको खुलेको छ। प्रेमिकासँग खटपट भएपछि उनले आफैंलाई गोली प्रहार गरेको खुलेको हो। गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए। अहिले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार घटनास्थलमा ठड्याएको अवस्थामा गोलेको मोबाइल बरामद भएको थियो। स्रोतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलबाटै गोलेले आफ्नी प्रेमिकाले…

Read More

काठमाडौं : कैलालीमा कुलोमा डुबेर युवकको ज्यान गएको छ। गर्मी छल्न कुलोमा नुहाउने क्रममा लम्कीचुहा नगरपालिका-५ थापापुरका १८ वर्षीय कैलाश विष्टको मृत्यु भएको हो । जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा उनी मंगलबार दिउँसो पानीमा डुबेका हुन्। सात जना सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार उनलाई साँझ ५ बजेतिर फेला पारिएको थियो। प्रहरीका अनुसार विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन्।

Read More

काठमाडौं : नेपाली बजारमा सुन तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हप्ताको पहिलो दिन आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

धनगढी : बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन्। घटनापछि फरार अटो चालक पाटन नगरपालिका-१ का आशिष पहरीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुपाल थापाका अनुसार पाटन नगरपालिका–७ स्थित जंगलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि डडेल्धुराबाट पक्राउ परेका पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईले पहरीले आफूहरूलाई वीरभानसिंहको शव व्यवस्थापनका लागि बोलाएको बयान दिएका थिए। प्रहरी नियन्त्रणमा रहेकी शिक्षिका भागरथी विष्टले शव व्यवस्थापनमा राजेन्द्र, किशोर र आशिषले सघाएको भनेपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको हो।…

Read More

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रही उनी संसद…

Read More

काठमाडौँ : संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More