Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहले प्रदेश सरकारले अनुपयुक्त नीति तथा कार्यक्रम आएको दाबी गरेका छन् । आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वतमान मुख्यमन्त्री समेत रहेका शाहले नीति तथा कार्यक्रम गलत रहेको र उक्त नीति तथा कार्यक्रम अनुसारको बजेट आए प्रतिवाद गर्ने बताए। ‘यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन । यसलाई सुधार गरेर लैजानु पर्छ ’ उनले भने, ‘नीति तथा कार्यक्रम अनुसारको बजेट आए हामी प्रतिवाद गर्छौ । ’उनले बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने बताए । ‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ…

Read More

धनगढी : कैलालीको एक सुधार केन्द्रमा युवकको हत्या प्रकरणमा पक्राउ परेका १७ जनामध्ये १२ जना कारागार चलान भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो । सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका १७ जनामध्य ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छ । सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन् । यस्तै १ जनालाई आफन्तको जिम्मा…

Read More

धनगढी : नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम प्रदेश सभाका संसदीय दलका नेता मान बहादुर धामीलाई कारबाही  हुने भएको छ । संसदीय दलमा निर्णय नै नगरी सरकारमा मन्त्री नियुक्तिका लागि सिफारिस गरेको भन्दै  संसदीय दलका नेता  धामीलाई अनुशासनको कारबाही गर्ने सोही दलका सदस्यहरुले बताएका छन् । संसदीय दलको बैठकमा छलफल र निर्णय नै नगरी मन्त्री नियुक्तिको सिफारिस गरिएको संसदीय दलका पाँच जना सदस्यको यसमा गम्भीर असहमती छ, नेकपा माओवादी केन्द्रका संसदीय दलका सदस्य शिवसिंह ओलीले भने, एकलौटी र आफूखुशी सिफारिस गर्ने संसदीय दलका नेता धामीमाथि अनुशासनको कारबाही हुन्छ । कारबाहीका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रदेश ईञ्चार्ज गिरिराजमणी पोखरेललाई आग्रह…

Read More

नयाँदिल्ली : भारतमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे बुझन भारत पुगेका छन्। महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। उनको अवस्था सुधारोन्मुख छ। भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन । एक साता दिल्ली बसाइका क्रममा नेता महर नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले सन् १९७६ मा स्थापना गरेको नेपाली जनसम्पर्क समिति भारतको ४८औं स्थापना दिवसका अवसरमा जनसम्पर्क समिति भारतले जुन १२…

Read More

काठमाडौँ : नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी)को निकास थुन्नेलाई काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना तिराएको छ । जरिवानाबाट उठेको रकमले ढुङगेधाराको पुनरुत्थानकाे काम सुरु भएको छ । अहिले पानीको निकास खोलिएको छ । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ३ वटा मुख्य समस्या महानगरले पहिचान गरेको थियो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको कामले ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुने छ । पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको भेटिएको थियो । ‘स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई…

Read More

पोखरा : एक करोड भन्दा बढी मूल्यका सामान चोरी गर्ने दुई युवक प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२२ घर भई हाल मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई हाल पोखरा-४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर छन् । उनीहरु यसअघि विभिन्न आपराधिक क्रियाकलाप पनि संलग्न रहँदै आएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । साथै उनीहरुले पाेखरामै श्रृंखलाबद्ध चोरी गरेका थिए । उनीहरुले पछिल्लो समय यही जेठ ११ गते राति पोखरा १७ घारीपाटनस्थित कृष्णजी पौडेलको घरबाट सुनका गरगहना ४२ तोला, मोवाइल, ल्यापटप, क्यामेराका साथै नगद तीन…

Read More

वीरगञ्ज : वीरगञ्जमा एक जनाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका-११ रानिघाट नजैकै सिर्सिया नदीमा सोमबार दिउँसो एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी ५० वर्षजस्तो देखिने पुरुषको शव नदीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा शवको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

Read More

काठमाडौँ : राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९–०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची…

Read More

काठमाडौँ : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल शुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विभिन्न शिर्षकमाथि छलफल हुने तालिका रहेको छ । त्यस्तै आज विनियोजन विधेयक अन्तर्गत विभिन्न सांसदहरुले राखेका पाँच खर्च घाउने प्रस्ताव समेत पेश हुने तालिका रहेको छ । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

Read More

काठमाडौँ : पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ । पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपति बाहेक नौ जना सवार थिए । रिपोर्टका अनुसार विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको थियो । मजुजु मलावीको उत्तरी क्षेत्रमा स्थित छ ।

Read More