धनगढी : कैलालीको एक सुधार केन्द्रमा युवकको हत्या प्रकरणमा पक्राउ परेका १७ जनामध्ये १२ जना कारागार चलान भएका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा वैशाख २५ गते राति २५ वर्षीय सुनिल शाहीको हत्या भएको थियो ।
सोही प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका १७ जनामध्य ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छ । सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन् ।
यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ र अर्का एक जनालाई उमेर नपुगेको कारण सुधार केन्द्रमा राखिएको छ ।
बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी,सुमन भट्ट, कृष्ण तिमलसिना पुर्पक्षका लागी कारागार चलान भएका छन्। कमल रिजाल, गौरव आचार्य,विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भए।
यस्तै समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख सञ्चालक खत्री ७ लाख र दिनेश मन्नि ३ लाख धरौटी तिरेर छुटेका छन्।
मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने रोशन पानाडीको उमेर नपुगेको कारण सुधार गृहमा राखिएको छ ।