Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्च नजिकै एक पुरुषको शव फेला परेको छ। आज (मंगलबार) खुलामञ्च पछाडि रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार शवको सनाखत हुन सकेको छैन। त्यहाँ अहिले प्रहरी गएको छ भने उक्त शव अन्दाजी ३५/३६ वर्षीय पुरुषको हुनसक्ने अनुमान गरिएको छ। आज स्थानीयले सडेको लास गन्हाएपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

Read More

धनगढी : सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त खुलेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै यसअघि स्थगित दुवै विश्वविद्यालयको दरखास्तसम्बन्धी प्रक्रिया पुनः शुरु गरेको हो । ‘उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको मिति २०८०/११/०६ गतेको निर्णयानुसार दरखास्तसम्बन्धी प्रक्रिया स्थगन गरिएकोमा समितिको मिति २०८०/१२/१२ गतेको निर्णयबाट उपकुलपति छनोट प्रक्रियालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेभित्र कार्यालय समयभित्र दरखास्त दिन भनिएको छ । त्यस्तै, यसअघि गत माघ २५ गते प्रकाशित सूचनाको आधारमा समितिमा दर्ता भएका दरखास्तहरुलाई…

Read More

धनगढी : डोटीमा एक जना घट्ट भित्र मृत फेला परेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीया दुर्गा घर्तीमगर घट्ट भित्र मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्‍ट भित्र मृत फेला परेकी छन्। उनी सोमवार घरबाट घट्ट गएका थिए। घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको हो।

Read More

धनगढी : कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म वेपत्ता छन् । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले शाहीको खोजी भइरहेको बताएका छन् । उनका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । पछि उनीहरु…

Read More

काठमाडौं : आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले मंगलबार आइरिस टोलीमाथि शानदार जीत हात पार्‍यो ।आयरल्यान्ड ‘ए’ले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रन जोड्यो । आइरिस टोलीलाई अन्तिम ५ ओभरमा ९१ रन आवश्यक थियो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे । त्यसअघि उनले ब्याटिङमा १३ बलमा ३४ रन जोडेका थिए । सोमपाल कामीले पनि २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कुशल भुर्तेल, विवेक यादव र करण…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालककी छोरी बेपत्ता भएकी छन्। हिजो (सोमबार) बाट मेयर हमालकी छोरी आरती हमाल बेपत्ता भएकी हुन्। मेयर हमालले भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट आफ्नी जेठी छोरी हराएको बताएका छन्। यस्तै मेयर हमालले सामाजिक सञ्जालमार्फत आफ्नी बेपत्ता भएकी छोरी ओशो साधक भएको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको जनाएका छन्। यस्तै हमालले आफ्नी छोरीको खोजीमा सघाउन अपीलसमेत गरेका छन्।

Read More

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ। कैलारी गाउँपालिका ७ हुलाकी सडक स्थित २ वटा राँगा गाडामा सालको गोलिया २ थान अबैंध काठ र सोही ठाउँको साहारा सामुदायिक वन भित्र लुकाई–छिपाई राखेको अवस्थामा सालको गोलिया २ थान सोमवार बरामद गरिएको हो। ईलाका प्रहरी कार्यालय रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारि राँगा गाढा र उक्त काठ आवश्यक कारवाहीको लागि इलाका वन कार्यालय बसन्ताको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : भारतको बेङ्गलोरमा ग्यास पड्किदा बझाङका चार जना घाइते भएका छन्। घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन्। राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्यास जलाउदा उक्त घटना घटेको स्थानीय दिपेश दमाइले बताए। घाइतेहरूको व्याङलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

Read More

धनगढी : कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ । डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो । डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले बेहोस् बनाएर खोरमा हाल्ने क्रममा थापामाथि चितुवाले आक्रमण गरेको बताउँदै उनको अवस्था समान्य रहेको जानकारी दिए । कडेलकाअनुसार चितुवालाई डाट हानेर बेहोस् बनाएर खोरमा हाल्ने गरिन्छ । सोमबार पनि चितुवालाई डाट हानिएको थियो । बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो । तत्कालै अर्को डाट हानेर बेहोस बनाइएको थियो । चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ…

Read More

काठमाडौं: पछिल्लोसमय एकपछि अर्को व्यक्तिसँग विवादित सम्बन्धका कारण नाम जोडिदै चर्चामा आएकी धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-७ स्थायी घर भएकी जानुका पाठक उर्फ ‘शोभा’को अर्को खेलोमेलो सतहमा आएको छ। शोभाले आफ्नो नाम र सम्बन्ध महेश बस्नेतसँग जोडेर उनलाई फसाई छाड्ने भन्दै भनिरहेका बेला थप अर्को खेलोमेलोको कुरा बाहिरिएको हो। उसो त बस्नेत निकट स्रोतका अनुसार परिचालन भएर सोभाले सबै गरिरहेको बताइएको थियो। शोभाको समूह अर्थात् उनका आफ्नै (बहिनी ज्वाइँ) नातापर्ने तनहु स्थायी घर भएका दिपक लामिछानेसहितले तत्कालीन गृहमन्त्री तथा हालका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजीसँग बार्गेनिङ गर्ने तयारी गरेको कुरा बाहिरिएको हो। उनै लामिछानेले महेश बस्नेतसँग पनि बार्गेनिङ गर्न लगाएको बताइन्छ।…

Read More