Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका युवा नेता ऐन महर परस्त्रीसँग लागेपछि पार्टीबाट कारबाहीमा परिसकेका छन्। ऐनले काठमाडौंको नेवार समुदायकी चेलीसँग विवाह गरेका थिए। स्नातकोत्तर गरेकी महरपत्नी विभिन्न कलेजमा पढाउँछिन्। तर, जेठी पत्नी हुँदाहुदैन अर्कीसँग लागेको कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको थियो। महरले बझाङकै रश्मिला धामीसँग अनैतिक सम्बन्ध राख्दै उनैसँग बिहे गर्नेसम्म बाचा गरेका थिए। तर, पटक–पटक अन्तरंग सम्बन्ध राखेपछि महर टाढिन खोजे। ऐनले धोका दिन थालेपछि आफ्नो जीवनमाथि खेलबाड भएको भन्दै रश्मिला विभिन्न ठाउँमा पुगिन्। त्यसपछि महिलाले ऐनसँगको दुई घण्टा ३७ मीनेट १७ लामो अडियो सार्वजनिक गरिदिइन्। त्यो अडियो अध्यक्ष ओलीको…

Read More

कैलाली : कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-२ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका-१ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राति मृत्यु भएको हो। ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पताल टिकापुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियले जनाएको छ। उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाएर भागेको थियो। घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। मनिरामको अवस्था गम्भिर रहेकाले प्रहरीले जनाएको छ। दुवै…

Read More

कैलाली : कैलालीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। हिजो(शुक्रबार) जिल्लाको गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्। आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा उनी पासोमा परेको बताइएको छ। सोही झुलामा लट्पटिएर घाटीमा पासो लागि उनको मृत्यु भएको हुनसक्ने प्रहरीके बताएको छ। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौँ: काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट हिजो राति ११:४५ मा उद्धार गरेको हो। बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन्। विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन्। शुक्रबार काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर…

Read More

कैलाली : नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्। ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याएका छन्। अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जाेशीले ६३ मत पाए। अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए। यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लाेकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए। उपाध्यक्षका उम्मेदवार विष्णु चाैधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन्। सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

धनगढी : कैलालीको अत्तरिया-मोहना ६ लेन सडकखण्ड अन्तर्गत गेटामा स्कुटर दुर्घटना भएको छ । अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको सु.प.प्र. ०१ ००१ प ५३२६ नम्बरको स्कुटर बिहीवार राति ११ बजेतिर स्कुटर दुर्घटना भएको हो । स्कुटरमा सवार एक महिला गम्भीर घाइते भएकी छिन् भने उनको स्थानीयहरुले उद्वारगरी धनगढी अस्पताल लगिएको छ ।

Read More

धनगढी : बास नेपालले कैलालीको धनगढी उपमहानगरपालिकाका २ जनालाई सम्मान गरेको छ । बालविवाह रोक्नुका साथै न्युनीकरणमा भुमिका निर्वाह गरेको भन्दै धनगढी-१ कि मेनका वड र नियमित खोपका बारेमा समुदायमा जनचेतना जगाउनुका साथै गर्भवती चेकजाँच,सुत्केरी चेकजाँचमा नियमितता गरेकोले मुस्लीम समुदायकी महिला शेख अजिमा बेगम सम्मानित भएका हुन । सम्मानित कार्यक्रममा बोल्दै धनगढी उपमहागरपालिका १ का वडाध्यक्ष सन्तोष मुडभरीले सम्मानित हुने व्यक्तिहरुको जिम्मेवारी थपिएको बताए । उनले धनगढीको मुस्लीम समुदायमा नियमित खोपमा ठुलो समस्या रहेको भन्दै बास नेपालले गरेको कामको प्रसंशा गरे । उनले स्वास्थ्य क्षेत्रको सुधारको सामाजिक व्यवहार परिर्वतनको जरुरी रहेको बताए । कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले…

Read More

काठमाडौं : साना तथा मझौला आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी सुरु भएको नेपाली एप ‘कारोबार’ले अष्ट्रियाको प्रतिष्ठित वर्ल्ड समिट अवार्ड (डब्लूएसए) पुरस्कार पाएको छ ।  तीन वर्षअघि विकास भएको यो एपले डब्लूएसए अन्तर्गत योङ इनोभेटर्स अवार्ड २०२३ प्राप्त गरेको हो । २००३ देखि वितरण हुँदै आएको वर्ल्ड समिट अवार्ड हालसम्म ५५० कम्पनीले पाइसकेका छन् । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याउने डिजिटल समाधानलाई यो पुरस्कार दिँदै आइएको छ । २६ वर्ष मुनिका व्यक्तिले विकास गरेको उत्कृष्ट समाधानलाई योङ इनोभेटर्स अवार्ड दिइने गरिन्छ । बाइटकेयर सफ्टवेयर कम्पनीका संस्थापक एवं कारोबार एपका सञ्चालक समिर फुँयालले यो अवार्डले करोबार एप अब डब्लूएसएको कम्युनिटीको हिस्सा भएको बताएका छन् । साथै कारोबार…

Read More

जनकपुरधाम : भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी शुक्रबार भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रीत थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार हुने बोर्डर बन्द जस्ता विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए । उनका अनुसार सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण र नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी समेत भएको प्रजिअ पाण्डेको…

Read More